Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२२जेठ। मकालु हिमालमा फहराइएको सन्देशमुलक ब्यानर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ। विश्वको पाँचौ अग्लो मकालु हिमालमा दोलखाकी दाबुटी शेर्पाले सन् २०२५ मे २९ मा सफलतापूर्वक आरोहरण गर्दै शिखरमा ब्यानर फहराएकी थिइन्। बिहीवार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी टेकबहादुर तामाङले उक्त ब्यानर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका हुन्। ‘ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको हो । मकालु हिमाल आरोही शेर्पाले उक्त ब्यानर एआईजी तामाङलाई हस्तान्तरण गरेकी थिइन्।

Read More

काठमाडौं,२२जेठ। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ । यसअघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। अब थापालाई सहप्रवक्ता एवं सूचना अधिकारी बनाइएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।

Read More

काठमाडौं,२२जेठ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ। मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएई (दुबई) स्थित दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए। उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए। युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने बताइएको छ। ‘युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो।…

Read More

काठमाडौं,२२जेठ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको दावी गरेका छन्। बिहीवार अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टी केन्द्रिय कार्यालयमा पत्रकारहरुसँगको कुराकानीमा उनले आफूले कुनैपनि भ्रष्टाचार नगरेको भन्दै राजनीतिक प्रतिशोधका रुपमा मुद्दा चलाइएको बताए। उनले भने ‘न बिराउनु, नडराउनु। मैले करप्शन गरेको छैन, चुनौतिका साथ भन्छु, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे’।

Read More

भैरहवा,२२जेठ। भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा व्यवसायिक घराना भाटभटेनी समूह भित्रिएको छ। भाटभटेनीका सुपर मार्केटका अध्यक्ष एवं प्रबन्धक निर्देशक मीनबहादुर गुरुङ,उमेश श्रेष्ठसहितको समूहले डेढ अर्ब लगानीमा संचालन हुने गार्मेन्ट उद्योग निर्माणका लागि भूमि पुजन तथा शिलान्यास गरिएको छ। उक्त उद्योगको क्षेत्रफल १ विगाह १३ कट्ठा रहेको छ। उद्योगको शिलान्यास गर्दै अध्यक्ष गुरुङले नेपालमा केही हुँदैन भन्ने भ्रम तोड्नका लागि औद्योगिक क्षेत्रमा लगानी विस्तार गरेको र मुलुकमा लगानीको वातावरण रहेको बताए। नौ महिना भित्र उद्योग सञ्चालनमा ल्याउने तयारीसहित काम सुरु गरिएको उनले जनाए। उनका अनुसार उद्योगमा १ हजार २ सय बढीले रोजगारी पाउने र ९८ प्रतिशत बढी स्थानीय तथा नेपालकै…

Read More

काठमाडौं,२२जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीवार पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो जरिवाना र सजाय मागदाबी सहित विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। अन्यको हकमा भने विगो रकम फरक फरक छ ।पूर्वप्रधानमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो पटक हो। भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियारले नेपालसहित तत्कालीन कानुन तथा न्याय मन्त्री संयोजक प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ,…

Read More

मोरङ,२१जेठ। जिल्ला अदालत मोरङले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको झन्डै डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा तीन जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई सहकारीको बचत अपचलनमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार उनीहरुलाई दोषी ठहर गरिए पनि दण्ड सजाय निर्धारण भने भोली (बिहीबार) को सुनुवाइमा हुनेछ।इजलासले सहकारीका सञ्चालकहरु आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ। मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर बचतकर्ताको १ अर्ब ४५…

Read More

काठमाडौं,२१जेठ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन्। उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे। दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक प्रभावित भएको छ। मंगलबारदेखि बजेटमाथि छलफल हुने कार्यसूची भएपनि आजसम्म बैठक बस्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने विपक्षी…

Read More

परासी,२१जेठ। पश्चिम नवलपरासी प्रहरीले साढे ३० लाख बराबरको मूर्तिसहित को सामग्री बरामद गरेको छ। नवलपरासीको बर्दघाटतर्फ लैजान राखिएको अवस्थामा उक्त सामान बर्दघाट नगरपालिका–६ बेतहानीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्तिको बरामद भएको छ। त्यस्तै १५ लाख बराबरको मोबाइल ग्लास, ८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेका छन्। विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरुमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ। उक्त सामानलाई प्रहरीले बेबारिसे देखाउँदै सडक किनारमा प्लाष्टिकमा राखेको अवस्थामा बरामद भएको जनाएको…

Read More

दाङ,२१जेठ। प्रहरीले बलात्कारको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबई गाउँपालिका-४ हस्नापुरका २७ वर्षीय भूपेन्द्र खत्री रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका खत्रीले १६ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More