Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, १ साउन । रुपन्देही प्रहरीले गत आर्थिक वर्षमा अवैध रुपमा भन्सार छलेर भित्राइएको १२ करोड ६७ लाख ७१ हजार बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ। वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा जेठमा २ करोड ९७ लाख बढी र असारमा २ करोड ३८ लाख बढी मूल्यका सामग्री बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको वार्षिक कार्य प्रगतीमा विवरणमा उल्लेख छ। गत बैशाख २२ गते रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्री जिल्लामा आएपछि प्रहरी आक्रमक रुपमा उत्रिएको छ। उनी आएदेखि जिल्लामा ठूला तस्करी ठप्प छ भने लुकिछिपि भित्र्याउने गरिएको सामानहरु पनि बरामद गर्न थालिएको छ। जिल्लामा एसपी क्षेत्रीको कमाण्डिङका…

Read More

काठमाडौं,३२असार। संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय बीस जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद अल-अदाहको अवसरमा विभिन्न कसुरमा युएई (दुबई) को जेलमा रहेका एक सय बीस जना नेपाली नागरिकहरुलाई आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासका अनुसार उनीहरुको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिइएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ। हेर्नुहोस् विज्ञप्तिः

Read More

काठमाडौं,३२असार। सशस्त्र प्रहरीका एसएसपी मनिष थापा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त डीआईजीमा बढुवाका लागि थापालाई सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो। समितिले बढुवामाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सक्‍ने जनाएको छ ।

Read More

मोरङ,३२असार। मोरङ प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ का १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरियाको संयुक्त टोलीले स्थानीय दिनेश मण्डलले भुस राख्न बनाएको टाटी-बेरा र टिनको छाप्रोमा प्लास्टिकले बेरिएको अवस्थामा मेड इन जापान लेखिएको सिक्सर पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले बताइन्। साथै, उक्त स्थानबाट खुकुरी, नक र मोबाइल फोन पनि बरामद भएको छ। घटनामा संग्लन २० वर्षीय मुकेशकुमार महतो फरार छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई युवकविरुद्ध हातहतियार खरखजाना…

Read More

सिरहा,३२असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ गरेको छ। पालिकामा २० लाख बजेटमा निर्माण भएको नालाको उपभोक्ता समितिसँग माग गरेको एक लाख रुपैयाँ घुससहित मेयर साहलाई पक्राउ गरिएको आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले बताए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More

जनकपुर,३२असार। धनुषा प्रहरीले पेस्तोल देखाएर लुटपाट गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्यको मधुवनीका २३ वर्षीय विजय मुखिया रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मुखियाले गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका-१ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर नगद २ लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एक थान एप्पल कम्पनीको आईफोन १६ प्रो मोबाइल लुटपाट गरेका थिए। लुटपाटमा प्रयोग भएको बिआर ३२ एवाई ३९३८ नम्बरको मोटरसाइकल सहित धनुषाको सबैला नगरपालिका-९ ठिल्लाबाट मुखियालाई पक्राउ गरिएको धनुषाका एसपी नरहरि रेग्मीले बताए। उनका अनुसार मुखिया पेशेवर लुटेरा हुन् र भारतमा पनि उनीविरुद्ध…

Read More

काठमाडौं,३२ असार। लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो। बैठकले वार्षिक नीति तथा कार्यक्रम समेत स्वीकृत गरेको छ। उक्त अवसरमा विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइएको थियो। त्यस्तै सभाको बैठकले एकेडेमिक क्रेडिट बैंक स्थापना गर्ने निर्णय गरेको छ। जुनसुकै विश्वविद्यालयमा अध्ययन गरी बीचमै छाडेका विद्यार्थीहरुले आफूले ग्रहण गरेको क्रेडिट बैंकमा जम्मा गरी उपाधिका लागि अपुग रहेको क्रेडिट आवर अध्ययन गरी…

Read More

काठमाडौं,३१असार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति गठन गरेको छ। प्रधानमन्त्रीको ओली स्पेन भ्रमणमा असम्बन्धित व्यक्ति समेत गएको विवाद पछि गृहमन्त्री रमेश लेखकले सरकारी प्रतिनिधिमण्डल बाहेकका व्यक्तिहरुको सहभागिताका विषयमा छानबिन गर्न निर्देशन दिएका थिए। जसपश्चात ब्यूरोका एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति गठन गरिएको हो। ब्यूरोका प्रमुख एआईजी चन्द्रकुवेर खापुङका अनुसार सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन…

Read More

काठमाडौं,३१असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुुससहित मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो । घुस रकम कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। जग्गाको लगतकट्टाका लागि उनीहरुले सेवाग्राहीसँग २४ लाख ५० हजार घुस लिएको अख्तियारले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा राउतले घुस बुझेको आयोगको दाबी छ। आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ। अख्तियारका अनुसार चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर उनीहरुले…

Read More

काठमाडौं,३१असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपाने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्धारा जारी विज्ञप्तिमा न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको उल्लेख छ। मन्त्री राजकुमार गुप्ता घुस डिल विवादमा मुछिएपछि मंगलबार बिहान उनले पदबाट राजीनामा दिएका थिए। लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन् । न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभा सदस्यको रुपमा उनको कार्यकाल आगामी…

Read More