


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
सप्तरी,३०साउन । सप्तरी प्रहरीले स्रोत नखुलेको २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनकुटा सहिदभूमी गाउँपालिका-३ का २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका-१ का २८ वर्षीय आएन राई रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट पक्राउ गरिएको हो । प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा रकमसहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।
काठमाडौं,३० साउन। प्रहरीले ६ करोड रुपैयाँ बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा दुई भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको र उनीहरुको साथबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको छ। साथै, उनीहरुले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएको उनले…
भैरहवा, ३० साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संस्थाहरुलाई आवश्यक कागजातहरु कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको छ। केही संस्थाहरुबाट कानुनले तोकेका बाहेकाका कार्यहरु गरेको उजुरीपछि कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै संस्थाहरुलाई ७ दिन भित्र आवश्यक कागजात कार्यालयमा उपलब्ध गराउन अल्टिमेटम दिएको हो। कार्यालयद्धारा जारी गरिएको सूचनामा भनिएको छ–‘संस्थाहरुबाट प्रशिक्षण र परामर्श गराउनुपर्नेमा केही संस्थाले कानुनले तोकेको कार्यहरु बाहेक भिषा प्रक्रिया, रोजगारीको सुनिश्चितता गर्ने, ट्राभल एजेन्सी र सहकारी संस्थाहरुसँग मिलोमतो गरी नक्कली कागजात बनाउने, मेनपावरले गर्ने काम व्यक्तिगत/संस्थागत रुपमै गर्ने गरेको गुनासो/उजुरीका सम्बन्धमा विवरणहरु अद्यावधिक गरी ७ दिनभित्र कार्यालयमा उपलब्ध गराउनु…।’ दश बुदाँ उल्लेख…
नवलपुर,३० साउन। पूर्वी नवलपरासीमा प्रहरीले श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिनयी-त्रीबेणी गाउँपालिका-३ का ५० वर्षीय महेन्द्र पौडेल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका पौडेलले ४७ वर्षीय श्रीमती गोमा पौडेलको धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्राप्त सूचनापछि उनलाई पक्राउ गरिएको हो । पौडेललाई पक्राउ गरेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
रोल्पा,२९ साउन। प्रहरीले ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा, थवाङ गाउँपालिका-२ दहवाङ का ५२ वर्षीय धुते रोका रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार महिलालाई जबरजस्ती करणी गरेकोको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले रोकालाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं,२९साउन। मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरेका हुन्। सरकारले दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ अनुदान सहायत स्वीकार गर्ने लगायतका निर्णयहरु गरेको छ। हेर्नुहोस् निर्णयहरु:
भैरहवा, २९ साउन। निजी विद्यालयहरुको संस्था प्याब्सन र एनप्याब्सनले सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टी जनाउँदै बिहीवार दुवै संस्थाले संयुक्त रुपमा पालिकाको उपप्रमुख उमा अधिकारी र शिक्षा शाखा प्रमुख चेतनशील लम्साललाई ज्ञापनपत्र बुझाएका हुन्। यसँगै संस्थाहरुले आन्दोलनका कार्यक्रमहरुको घोषणा समेत गरेका छन्। जसअन्तर्गत बिहीवार पालिकामा ज्ञापनपत्र बुझाइएको हो। विधेयकमा निजी विद्यालयहरुलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाइनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गतको भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क…
भैरहवा, २९ साउन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले पार्टीको नाममा लोकतान्त्रिक भएपनि व्यवहारमा लोकतान्त्रिक नभएको र पार्टी विभेदकारी रहेको टिप्पणी गरेका छन् । बिहीवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर उनले प्रदेशमा लोकतान्त्रिक रुपमा मन्त्री चयन गर्नुपर्ने र नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग राख्दा स्पष्टीकरणको मौकासमेत नदिएर पार्टीबाट निष्कासन गरिएको बताए । लोकतान्त्रिक पद्दति अनुरुप नै फरक मत प्रकट गर्दा पार्टीबाट अलोकतान्त्रिक व्यवहार भएको उनको भनाई छ । ‘एउटा युवा (मा.कन्हैया बनिया) लाई यसपटक मौका दिनुपर्छ भनेर आवाज उठाएको हुँ, आवाज उठाउँदा कुनै स्पष्टीकरण नसोधी मलाई पार्टीबाट निष्काशन गरियो’, उनले प्रश्न गर्दै भने, ‘एक–दुई…
काठमाडौं,२९ साउन। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच कार्यगत एकता भएको छ। बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन् । दुवै पार्टीले आगामी दिनमा पार्टी नै एकीकरण गर्ने नीतिसहित कार्यगत एकता गरेको हो। साझा मुद्दा, लक्ष्य र उद्देश्यहरु प्राप्तिका लागि एकता उन्मुक्त कार्यगत एकता गर्न दुई पार्टी सहमत भएको सहमति पत्रमा उल्लेख छ।
भैरहवा,२६साउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले सशस्त्र प्रहरी जवानलाई घुससहित नियन्त्रणमा लिएको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए। उनका अनुसार सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए। जवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।