Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ११ माघ ।रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टिम सहभागी हुने गरी ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १३ गते देखि हुने प्रतियोगितामा भारतका १६ टिम र नेपालका १६ टिम गरी ३२ वटा टिमको सहभागीता रहने आयोजकले बताएका छन् । स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति रुचि जगाउने उद्देश्यले “पडरिया लुम्बिनी प्रिमियर लिग” को नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुने प्रतियोगिताको छैठौं संस्करण हो । प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताए । यस्तै नेपालबाट सिरहा, नेपालगञ्ज लगायतका स्थानबाट टिमहरुले प्रतियोगितामा…

Read More

काठमाडौं, १२ माघ ।सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजस्वमा कमी भएको व्यवसायीहरुले बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यवसायीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए । उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने (तस्करी) बेलुका ट्रकमा गाउँगाउँमा पुर्‍याउने गरिएको बताए । उनीहरुले भन्सारमा आयातकर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको बताए । व्यवसायीहरुले व्यवसायीहरुलाई भन्सारमा सहजता बनाउनको लागि भन्सार प्रणालीलाई पूर्णरुपमा डिजिटलाइज गर्न जरुरी रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले…

Read More

काठमाडौँ, ११ माघ ।पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जीतमान पुन ‘मार्सल’लाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट पक्राउ परेका हुन् । जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठले बताइन् । उनी विरुद्ध २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । २०७२ मा दाङ जिल्ला अदालतले लागुऔषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष…

Read More

काठमाडौँ, ११ माघ ।राष्ट्रिय सभाका १९ सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए । कोशीको निर्वाचनमा धरानका…

Read More

कैलाली,१० माघ । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११:२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए । अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए । शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका…

Read More

काठमाडौँ, १० माघ ।देशका प्रधानमन्त्री र मन्त्रीहरूले मासिक पारिश्रमिक र अन्य सुविधा प्राप्त गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । त्यसबाहेक मासिक ३ सय लिटर पेट्रोल, राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा छ । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था पनि हुन्छ । प्रधानमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार हो, जुन राजधानी बाहिर गएको दिन पाउने व्यवस्था छ । प्रधानमन्त्रीले पाउने उक्त पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार अर्थ मन्त्रालय बजेट महाशाखाबाट २०७७ साल माघ २२ गते स्वीकृत भएको हो । ३० वर्ष अघि र अहिलेका प्रधानमन्त्री…

Read More

भैरहवा, १० माघ ।नेपाल प्रहरी प्रधान कार्यालय लामो समय देखि आफुखुशी कार्यालयमा गैरहाजिर रहेको प्रहरीहलाई सम्पर्कमा आउन ताकेता गरेको छ । प्रहरीको विभिन्न कार्यालयमा कार्यरत २४ जना कर्मचारी सम्पर्कबिहीन रहेको छन् । जसमध्ये तीन जना असई, दुई जना सहायक हवल्दार र अन्य जवानहरु छन् । यी २४ जना प्रहरीहरु गत भदौ २४ गते देखि पुस १ गते समयावधीको बीचमा सम्पर्कबिहीन भएका हुन् । जसमध्ये सबैभन्दा धेरै मंसिर महिनामा सम्पर्कबिहीन भएका छन् । कार्यालयमा गैर हाजिर रहेको र प्रक्रिया बमोजिम खोजतलास गर्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले सात दिन भित्र स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सम्पर्कबिहीन भएका प्रहरी कर्मचारीहरुलाई सूचित गरिएको छ…

Read More

काठमाण्डौँ, ९ माघ ।सरकारले भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ। गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै यस्तो बताएको हो । सरकारले जारी गरेको एडभाइजरीमा भिजिट भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरुसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिमा संलग्न भएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो। पछिल्लो समय भिजिट भिसामा रुस र युक्रेन गई त्यहाँको सेनामा नेपालीहरु भर्ना हुन थालेपछि सरकारले यस्तो बताएको हो।…

Read More

काठमाडौँ, ९ माघ ।सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो । यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो । अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ । भिजिट तथा पर्यटकीय भिसामा यात्रा…

Read More

भैरहवा, ९ माघ ।विगत तीन दिन यता मुलुकमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार देखि सुनको मूल्य स्थित रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम छ भने तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ । गत ५ माघमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार रुपैयाँ रहेको थियो । सोमबार चाँदीको मूल्य भने २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Read More