


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बारा,११ भदौ। शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटनामा प्रहरीले वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा रहेको प्रहरीले जनाएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी-६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट कुटपिट गरेको भीडियो सार्वजनिक भएको थियो । उनी स्मार्ट कोचिङका शिक्षक हुन् । घटना गत २८ साउनको हो । केही व्यक्तिहरुले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ। गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले पीडितले प्रहरी कार्यालयमा जाहेरी दिए पश्चात वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान…
काठमाडौं,११ भदौ। नेपालको स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको छ। यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौं,११ भदौ। बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बुधवार (आज) देखि बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको छ । जसको कुल मूल्य ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबर हुनेछ। आईपीओमा आजदेखि भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक…
काठमाडौं,११ भदौ। काठमाडौंमा महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको सुरुवात थालिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार महिला प्रहरीको योगदानको उच्च मूल्यांकन गर्दै मासिक रुपमा पुरस्कारको थालनी गरिएको हो। जसअनुसार नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमीला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान गरिएको उनले बताए । उनले प्रथम नेपाल प्रहरी महिला सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, सांठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरेको तथा कार्यालयबाट तोकिएका काम कारबाही तदारुकताका निर्वाह गरेको भन्दै कदर…
काठमाडौं,९ भदौ । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ गते (बुधवार) लाई तोकिएको छ । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन बुधबार तोकेको संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनको लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सम्माननीय सभामुखले मिति २०८२ साल भदौ ११ गते बुधबारको दिन तोक्नुभएको बेहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका समिति सभापति रामहरी खतिवडाले…
काठमाडौं,९ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको आलोचना गरेका छन्। सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्नु निर्णयलाई उनले जनतामाथिको अर्को अन्याय र जनभावना विपरीतको कदमको संज्ञा दिएका छन्। ‘तयारी नै नगरी बलजफ्ती रुपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय हो,’उनले एक्समा लेखेका छन्, ‘नागरिकलाई लाइसेन्स वितरण गर्न नसकेको सरकारले अब पुनः पूर्वाधार, प्राविधिक तयारी र नेपाली भाषा-लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावना विपरीत कदम हो।’ सरकारले आगामी असोजदेखि सवारी साधनहरुमा अनिर्वाय रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको छ। जस अनुसार असोज…
हृदयराम गुप्ता मर्चवार,९ भदौ। नेपाली सेनाले मर्चवारका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल (एनसीसी) तालिम प्रदान गर्न सुरु गरेको छ । रुपन्देही कोटहीमाई गाँपालिका-६ स्थित श्री बोगडी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई तालिम प्रदान गर्न सुरु गरिएको हो। विद्यालय स्तरीय उक्त तालिम एक सय दिनको हुनेछ । विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १५ जना छात्र र १५ जना छात्राहरु सिनियर डिभिजनको तालिममा सहभागी भएको बोगडी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा दत्त त्रिपाठीले बताए। उनका अनुसार एक सय दिनको एनसिसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमा र बाँकी २१ दिनको पूर्वी नवलपरसाीको कावासोतीमा तालिम दिइनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र…
धनगढी,९ भदौ। कैलालीको धनगढी उपमहानगरपालिका–१९, मा ६० लाख मूल्य बराबरको मोबाइल पार्ट्सहरु बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, नं. ३४ गण कैलालीले पालिकाको फुलवारी गाउँस्थित घरमा छापा मारेर अवैध रुपमा भण्डारण गरी राखिएको मोबाइल पार्ट्सहरु बरामद भएको जनाएको छ। घरमा मोबाइल पार्ट्स भण्डारण गरेर राखिएको विषयमा सशस्त्र प्रहरी हेडक्वाटरमा सूचना पुगेको थियो। जसपश्चात घरमा छापा मार्दा उक्त सामग्री बरामद भएको हो। बरामद सामग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिकापुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बर्दिया, ९ भदौ। नेपालबाट अवैध रुपमा भारत लैजान थालिएको विद्युतीय (ई-सिगरेट) बरामद गरिएको छ । सशस्त्र प्रहरीले भारततर्फ लैजान थालिएको अवस्थामा बर्दिया जिल्लाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट ४८ लाख बढी मूल्य बराबरको विद्युतीय भेप बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बीओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा टोलीले दुई वटा साईकलमा भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा विद्युतीय भेप बरामद गरेको गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार भेप लैजान थालेका व्यक्तिहरु प्रहरीलाई देखेर फरार भएका छन्।
भैरहवा,९ भदौ। नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समिति, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ। मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर लुम्बिनीमा एसईई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण गरिएको हो । मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले छात्रा विद्यार्थीलाई प्रोत्सहन गर्न साइकल उपलब्ध गराइएको जानकारी दिए। ‘सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भने साइकल उपहार दिएका हौं’,अग्रवालले भने । उनले आगामी दिनमा पनि मैत्री केन्द्रले यस्ता सामाजिक कामलाई निरन्तरता दिने जनाए । नगरपालिकाका अनुसार २०८१ को एसईईमा पालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए…