Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,३०बैशाख। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल विरोधी वर्ग भएको बताएका छन्। सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको बताए। देश आफैंले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने भन्दै नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन उनले आग्रह गरे। उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्सानीप्रति सरकार गम्भीर रहेको बताउँदै ०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिको पुनर्निर्माणमा…

Read More

काठमाडौं,३० बैशाख। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज ओरालो लागेको छ। अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ। सुनको मुल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला चाँदीको भाउ १९ सय ६० रुपैयाँ पुगेको थियो।

Read More

भैरहवा,२९बैशाख। शाान्तिका अग्रदुत गौतमबुद्धको २५६९ औं जयन्तीको अवसरमा युथ क्लब अफ पडसरीले रुपन्देहीको ओमसतिया गाउँपालिकामा दीप प्रज्वलन गरेको छ। मुलुकको साथै विश्वमा शान्तिको कामना गर्दै पालिकाको पडसरी क्षेत्रको सिद्धार्थ राजमार्गमा दीप प्रज्वलन गरिएको क्लबका अध्यक्ष सुरज मिश्रले बताए। क्लबले राजमार्गको पडसरी क्षेत्रमा राखिएको बुद्धको प्रतीमा स्थलहरुमा दीप प्रज्वलन गरेको हो। विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर रहेको क्लबले बुद्धजयन्तीको अवसरमा प्रत्येक वर्ष दीप प्रज्वलन गर्ने गर्दछ। कार्यक्रममा क्लबका अध्यक्ष मिश्र, क्लबका संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह घर्ती (कुमार), सचिव सुष्मा भुजेल, सहसचिव जीवन श्रेष्ठ, कोषाध्यक्ष कपिल कुमार जिटी, सदस्य जितेन्द्र यादव, अच्यूत आचार्य, रामेश्वर सुवेदी, सन्दिप कार्की, शर्मिला थापा, केदार निरौला, विनोद…

Read More

भैरहवा, २९ वैशाख। बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी संग्रहालय परिसरमा संरक्षण प्रयोगशाला (ल्याब) को स्थापना गरिएको छ । संयुक्त राज्य अमेरिका (यु.एस.ए) एम्बेसडर फण्ड फर कल्चरल प्रिजरभेसनको सहयोगमा बुद्ध फाउण्डेशन, लुम्बिनी विकास कोष र पुरातत्व विभागको संयुक्त साझेदारीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। पुरातात्विक वस्तुहरुको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशालाको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बुद्ध जयन्तीको अवसरमा लुम्बिनी संग्राहलय संरक्षण प्रयोगशाला (केन्द्र) को उद्घाटन सबैका लागि अत्यन्तै सान्दर्भिक, ऐतिहासिक र गौरवपूर्ण क्षण भएको बताए। ‘लुम्बिनी कुनै एक धर्म र भुगोलको मात्र विषय होइन’,उनले भने–‘यो सम्पूर्ण मानव…

Read More

बुटवल,२९बैशाख। नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयबीच अन्तक्रिया कार्यक्रम भएको छ। घरेलु तथा साना उद्योगहरुको विकास र बिस्तार अध्ययनका लागि मन्त्रालयको उपसचिव पदम ठकुराठीको नेतृत्वमा ३० सदस्यीय टोली अवलोकन भ्रमणका लागि रुपन्देही आएको हो। जसक्रममा तिलोत्तमा नगरपालिका स्थित होटल मदानीमा आयोजित अन्तरक्रिया कार्यक्रमले महासंघ र मन्त्रालय, प्रदेशका उद्योगी व्यवसायीहरुबीच पारस्परिक सम्बन्धको सुरुवात भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष टंकनाथ अधिकारीले बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही का वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले मन्त्रालयको टोलीलाई रुपन्देहीमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे। अध्यक्ष अधिकारीले यहाँबाट सञ्चालन गरिएका विभिन्न…

Read More

लुम्बिनी,२९बैशाख संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी भएको बताएका छन्। सोमबार २५६९ औं बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले भने,‘लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि हो। बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उनको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ।’ मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रुपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेको बताए। उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गरे। उनले भने ‘हामीबीच रहेका विभिन्न,धर्म,संस्कृति वा भिन्नता भन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानव…

Read More

लक्ष्मण पोखरेललुम्बिनी,२९बैशाख। भारत र पाकिस्तानबीच गोलाबारुद्ध हानाहान भयो। तर,लुम्बिनीमा शान्तिका लागि सयौं दीप प्रज्वलन भए। बुद्ध जयन्तीको पूर्वसन्ध्यामा नेपाल र भारतको बौद्ध सम्पदाको विषयमा गोष्ठी गरियो। भारतीय प्रतिनिधिहरु दीप प्रज्वलनमा सहभागी भए। लुम्बिनीमा हरेक पूर्णिमाका दिन शान्तिको कामना गर्दै हजारौं दीप प्रज्वलन गर्ने गरिन्छ। बुद्धजयन्तीको सन्दर्भमा चिनियाँ मन्दिर लुम्बिनीले बुद्धको बाल्यकालीन मूर्तिनजिकै हजारौं दीपहरु बालेर शान्तिको सन्देश फैलायो। दुई साताअघि मात्रै चिनियाँ संस्कृति प्रबर्धन सोसाइटीले पहिलो बुद्धिस्ट फेस्टिभलको आयोजना गर्यो। जसमा ४० देशका बौद्ध भिक्षु तथा अनुयायीहरुको सहभागिता रह्यो। थाइल्यान्डका थाइविहार र धम्मकाय संस्थाले लुम्बिनीमा ५ सय अल्पकालीन भिक्षुहरुको प्रवज्या सहितको बौद्ध त्रिपिटक उच्चारण कार्यक्रमको आयोजना गरे। अखिल नेपाल भिक्षु…

Read More

लुम्बिनी, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको गुरुयोजना पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले गुरुयोजना अन्र्तगत लुम्बिनीमा पूर्वाधार निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। उनले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती मनाउने घोषणा गरे।उनले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गर्दै आएको बताए। ‘बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्। भारत र पाकिस्तानबीच तनाव उत्पन्न हुँदा हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ ‘, उनले भने, ‘बुद्धका शान्तिका सन्देशहरु अहिले पनि,…

Read More

लुम्बिनी, २९ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आजको दिनले शान्तिको सन्देश विश्वसामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । ‘जनताले मान्दै आएको गौतमबुद्धको दर्शनलाई मार्गदर्शक सिद्धान्तको रुपमा लिएर अगाडि बढिरहेको यस सन्दर्भमा बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको छन’, उनले भने–‘बुद्धको सन्देशलाई हामी सबैले अनुशरण गर्न जरुरी छ। यो पवित्र भूमिमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती मनाउन हामी सबै यहाँ उपस्थित भएका छौं। लुम्बिनी ज्ञान भूमि…

Read More

काठमाडौ,२८बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्याको समाधान गर्न सरकार लागिपरेको बताएका छन्। आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु ‘डेथ ट्र्याप’, ‘डिजिटल ट्र्याप’ र ‘डेप्थ ट्र्याप’को शिकार भइरहेको बताए। उनले परिवार र समाजको अपेक्षा, ऋणको चाप र कामको दबाबले श्रमिकहरु डिप्रेसनको शिकार बन्ने र आत्महत्या गर्ने क्रम समेत बढेको बताए। उनले वैदेशिक रोजगारीका लागि लिइने चर्को ऋणले कामदारहरुलाई आर्थिक चक्रव्युहमा फसाउने गरेको उल्लेख गरे। सरकारले वैदेशिक रोजगारीको नीतिगत सुधार गर्दै म्यानपावर कम्पनीमाथि कडा निगरानी र कामदारहरुको स्वास्थ्य तथा मानसिक समस्यामा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे।

Read More