Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,११जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बुढानीलकण्ठ पदाधिकारी बैठक बोलाएका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्। उनले भने,‘महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ। गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ। यसबारेमा पनि छलफल हुने सक्ने सम्भावना छ।

Read More

भैरहवा,११ जेठ।लुम्बिनी प्रदेश सभाको नवौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्त्वपूर्ण अवसरका रुपमा हेरिएको छ । विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरु र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। यस अघि हिजो बसेको प्रदेश सभाले नीति तथा कार्यक्रम पारित गरेको थियो ।

Read More

काठमाडौं,११जेठ। नेपाल प्रहरी प्रधान कार्यालय लामो समय देखि आफुखुशी कार्यालयमा गैरहाजिर रहेको प्रहरीहलाई सम्पर्कमा आउन ताकेता गरेको छ। प्रहरीको विभिन्न कार्यालयमा कार्यरत २१ जना कर्मचारी सम्पर्कबिहीन रहेको छन् । जसमध्ये दुई जना प्रहरी हवल्दार, चार जना सहायक हवल्दार, १४ जना जवान र एक जना कार्यालय सहयोगी रहका छन् । यी २१ जना प्रहरीहरु गत माघ २३ गते देखि चैत ३१ गते समयावधीको बीचमा सम्पर्कबिहीन भएका हुन्। जसमध्ये सबैभन्दा धेरै चैत महिनामा सम्पर्कबिहीन भएका छन्। कार्यालयमा गैर हाजिर रहेको र प्रक्रिया बमोजिम खोजतलास गर्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले सात दिन भित्र स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सम्पर्कबिहीन भएका प्रहरी कर्मचारीहरुलाई सूचित…

Read More

काठमाडौं,११जेठ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ। प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेरहदका कारण जेठ १० गतेबाट उनको अनिवार्य अवकाश भएको हो। उनी कार्यविभागमा कार्यरत थिए। रिक्त भएको एआईजी पदमा डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ। आचार्यको आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ।

Read More

दाङ, १० जेठ। लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि सभामुखले ध्वनिमतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे। विगत दुई दिनदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल गरिएको थियो। प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत…

Read More

भैरहवा,१०जेठ। बौद्ध अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट (बिआईटिएम) को तेस्रो संस्करणका लागि विदेशी पर्यटन व्यवसायीहरु लुम्बिनी आएका छन्। शान्तिका आग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी र आसपास क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बिआईटिएम कार्यक्रम आयोजना गरिएको छ । जसमा सहभागिता जनाउनका लागि भारत, चिन, श्रीलंका, थाईल्याण्ड, मलेसिया, इन्डोनेशिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्ड, लगायत देशबाट व्यवसायीहरु आएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) का वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बताईन्। उनका अनुसार व्यवसायीहरुसँगै अन्तर्राष्ट्रिय संचारमाध्यम बिबिसी, सिन्ह्वा, अलजजिरा, सिसिटिभी, एपी, नेशनल जिओग्राफी, एपी, एएफपी, रिउटर, सार्क, एनएचके, युरोपियन च्यानल, बुद्धिष्ट म्याग्जीन लगायतका प्रतिनिधिहरु समेत कार्यक्रममा सहभागिताका लागि आएका छन्। बौद्धिष्ट पर्यटनलाई…

Read More

धादिङ,१०जेठ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडक आजदेखि १६ दिन आंशिक रुपमा बन्द भएको छ । नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले यसअघि नै सूचना जारी गरी नागढुंगा–नौबिसे खण्डको नागढुंगा–पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनहरु आवतजावत रोकिने जनाएको थियो। उक्त सडकखण्ड बन्द गरेर आयोजनाले सडक निर्माणको काम थालेको छ। उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिने जनाइएको छ। उक्त अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरु सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग…

Read More

विराटनगर,१० जेठ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबीनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे। उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबीनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए।

Read More

दाङ,१०जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बजेट तर्जुमाको विषयमा प्रदेशसभा सदस्यहरूसँग छलफल गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट निर्माण गर्ने जनाए। ‘अहिलेकै अवस्थामा बजेट वृद्धि हुने सम्भावना छैन। तर, हामीले वास्तविक धरातलमा आधारित बजेट ल्याउनेछौं, जसले प्रदेशलाई लयमा अगाडि बढाउनेछ’,उनले भने, ‘विगतका कमजोरीलाई सच्याउँदै सरकार अगाडि बढ्छ । प्रदेशलाई सही दिशामा लैजान सरकार आँटका साथ अघि बढ्ने प्रयासमा छ ।’ मुख्यमन्त्री आचार्यका…

Read More

भैरहवा, जेठ १० । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित निकालेको छ। कपिलवस्तुले १ सय ९१ रनले पराजित गर्दै पाल्पामाथी सहज जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ३६ रनको बलियो योगफल बनायो। उसका लागि रौनक श्रीवास्तवले ८८ बलमा १६ चौका र १ छक्काको मद्दतले १ सय १० रनको शतकीय इनिङ खेले। यस्तै, मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे। बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कंडेलले २…

Read More