


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२७भैरहवा। नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरको अध्यक्षमा वरिष्ठ अर्थोपेडिक डा.गोपाल प्रसाद ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन्। शनिवार बुटवलमा भएको एसोसिएसन दोस्रो अधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा डा.कपिलमणि केसी, महासचिवमा वरिष्ठ कन्सलटेण्ट अर्थोपेडिक सर्जन डा.आलोक पाण्डे, सहसचिवमा डा.जयराज शर्मा, कोषाध्यक्षमा डा.युधिष्ठिर खड्का र सहकोषाध्यक्षमा डा. मनदिर खत्री सर्वसम्मत निर्वाचित भएको नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरले जनाएको छ। त्यस्तै सदस्यहरुमा डा.योगेन्द्र अग्रहरी, डा.महेशराज घिमिरे, डा.राहुल श्रेष्ठ, डा.राजु जिसी, डा.उत्सव रेग्मी, डा.धना कार्की, डा.विकास न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै साईन्टिफिक कमिटीको संयोजक किशोरमान श्रेष्ठ र सदस्यहरुमा दिपेन्द्रसिह क्षेत्री, डा.आलोक थैव, मदन ज्ञवाली मनोनित भएका छन्। त्यस्तै रिसर्च कमिटीको संयोजक डा.मनिष श्रेष्ठ र सदस्यहरुमा रमेश…
काठमाडौं,२७ बैशाख। भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका छन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो। अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ। अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ। अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा…
काठमाडौं,२७बैशाख। सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथार्थ के हो भन्नेबारे नेपाली जनताले हेर्ने काम कम भइरहेको बताए। उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याई अघि बढ्ने परिपाटी विकसित भइरहेको प्रति चिन्ता व्यक्त गरे। उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए। जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको उनको भनाई छ। जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत…
काठमाडौं,२७बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरु भन्दै लाञ्छना लगाए। त्यस्ताले अझै हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको ओलीको दावी थियो। देश कंगाल बनाउने काम राजाहरुले गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको भन्दै देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए। उनले भने, ‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ, भनेर लाजै मान्दैन। देश…
काठमाडौं,२७बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालीको रोजगारीका लागि जापान उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्। काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) र जापान इन्टरनेशनल लेबर फाउन्डेसन (जेआईएलएफ) को सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै उनले आगामी १० वर्षमा जापानलाई विभिन्न क्षेत्रमा करिब १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यसकारणले जापान नेपालको लागि काम गर्ने उपयुक्त गन्तव्य हुन सक्ने बताएका हुन्। उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मिहेनत गर्ने मुलुक हो। हामीले जापानसँग सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउँछ। जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ।’ मन्त्री भण्डारीले जापानको यथार्थ…
भैरहवा,२७ वैशाख। लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देहीको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ। भेलाले ज्ञान बहादुर पुनको अध्यक्षतामा लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देही गठन गरेको छ। संघको उपाध्यक्षमा प्रितम रौनियार, वसन्त केसी, महासचिवमा किसन आचार्य, उपमहासचिवमा मोहन पाण्डे, सुरेन्द्र यादव, कोषाध्यक्ष चित्र बहादुर श्रेष्ठ र सह–कोषाध्यक्षमा अजय राना रहेका छन्। त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पन्थ, विष्णु कहार, प्रशान्त शर्मा, किसन शाही, अशोक बस्याल, मुख्तार गद्दी, हेमन्त केसी, भुपेन्द्र पाण्डे र सुबोध पाण्डे रहेका छन् । निर्माण व्यवसायी लुम्बिनी प्रदेश संयोजक विश्व कुमार चन्दको अध्यक्षता, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, एक…
भैरहवा, २७ वैशाख। २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ तीन दिन मनाइने भएको छ। शनिवार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरेर वैशाख २८, २९ र ३० गते बुद्ध जयन्ती तथा लुम्बिनी दिवस उत्सवको रुपमा मनाइने बताएको छ । कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ मनाउँदै आएको र यसैदिन लुम्बिनी दिवसका रुपमा समेत मनाउने गरिएको बताए। २५६९ औं जन्म जयन्ती तथा लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कोषका अध्यक्ष बद्री प्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।…
भैरहवा,२७बैशाख। रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर भित्राइएको आठ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ। प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-५ पडरीया र ओमसतिया गाउँपालिका-४ बैकुण्ठपुरबाट लु१९प ७९६१, यूपी५६एस ५६७२ नम्बरको मोटरसाइकलमा अवैध रुपमा भित्राइएको १३५ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले नियन्त्रण लिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले भारतबाट भन्सार छलेर बुटवल उपमनपा-१३ जितगढीस्थित धुव्र श्रेष्ठको जितगढी राईस मिलमा डम्प गरिएको ४ लाख ३० हजार बढी मूल्य बराबरको १२३ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जनाए। यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भन्सार छलेर…
भैरहवा,२७बैशाख। रुपन्देही प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएर कारवाही गराएको छ। गत बैशाख १८ गते इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले सैनामैना नगरपालिका ८ बाट अवैध रुपमा (विना कागजात) नदीजन्य पदार्थ ओसारपसार गरिरहेकोे अवस्थामा लु२ख ३९४२, रा१ख १३३१ र रा१ख १२५१ नम्बरको तीन वटा टिप्पर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार नियन्त्रणका लिइएको उक्त टिप्पर आवश्यक कारवाहीका लागि सैनामैना नगरपालिकाको कार्यालयमा पठाइएको कार्यालयले बिहीवार ७५ हजार जरिवाना कारवाही गरेको छ ।
भैरहवा,२६बैशाख। रुपन्देहीको ओमसतिया गाउँपालिकाको उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले उचालेको छ। शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर २ को टोलीले वडा नम्बर ३ को टोलीलाई २ –० को सेटले पराजित गर्दै उपाधी उचालेको हो । खेलको पहिलो सेट १७–२५ अंकले जितेको वडाले दोश्रो सेट १७–२५ अंकले जित निकालेको हो। उपाधिसँगै वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, ट्रफि र पदक प्राप्त गरेको छ। उपबिजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले ३० हजार रुपैयाँ, ट्रफि र पदक प्राप्त गर्यो। शुक्रवार भएको तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर १ बी टिमले गाउँपालिका कार्यालयको टिमलाई पराजित…