Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१८असार। नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेर बन्द भएको छ। कारोबार साताको तेस्रो दिन मंगलबार २८.९१ अंकले बढेको नेप्से यसदिन ३४.४२ अंकले बढ‍ेर २६९४.८२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.२० प्रतिशतले बढेर ४६२.२७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि ९ अर्ब माथी पुगेको छ।मंगलबार ७ अर्ब ३ करोडको कारोबार भएको थियो। आज ३१६ स्क्रिप्सको २ करोड ९७ लाख ७६ हजार ६०४ कित्ता सेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँमा खरिदबिक्री भए। ग्रीन डेभलपमेन्ट बैंक,नेपाल इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।सिन्धु विकास बैंकको ९.२७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट…

Read More

काठमाडौं,१८असार। नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका कार्य अगाडि बढाउन अनुमति दिएको जनाएको छ। एमसीसी नेपालको कम्प्याक्टलाई निरन्तरता दिनका लागि अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए नेपालले स्वागत गरेको छ। एमसिए–नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति…

Read More

भैरहवा, १८ असार । रुपन्देही–३ मा उपनिर्वाचनको मिति घोषणाभएसँगै क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको बैशाखी टेकेर राप्रपाबाट निर्वाचित दीपक बोहराको निधनपछि संसदीय सिट रिक्त छ । निर्वाचन आयोगको उपनिर्वाचन गराउने निर्णयसँगै क्षेत्रमा उम्मेदवारहरुको चर्चा सुरु भएको छ । नेकपा एमालेबाट खिमलाल भट्टराई उम्मेदवार हुने चर्चा छ । यद्यपी पार्टीले आधिकारिक रुपमा कुनै निर्णय सार्वजनिक गरेको छैन । त्यस्तै ०७९ सालमा डडेलधुरा–१ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएर पराजित भएका सागर ढकालले मंगलबार फेसबुकमा रुपन्देही–३ लाई लक्षित गरी स्ट्याटस लेखेपछि उनले पनि उम्मेदवारी दिन सक्ने यहाँ चर्चा सुरु गरिएको छ । यद्यपी उनले आफुले उम्मेदवारी…

Read More

काठमाडौं,१८असार। नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन्। उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । अभिव्यक्तिपछि पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो। उनको जवाफ आएपछि पार्टीले आवश्यक निर्णय लिने बताइएको छ ।

Read More

धनुषा,१८ असार। धनुषाको जनकपुरधामस्थित हनुमाननगरमा एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले ७० वर्षीय बासुदेवप्रसाद विमललाई घरमै चक्कु प्रहार गरेका हुन्। नातामा दुवैजना ज्वाइँ-ससुरा पर्छन। हत्याको आरोप विमलका ज्वाइँ बेचन महासेठमाथि लागेको छ। घटनापश्चात ज्वाइँ महासेठ फरार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चक्कु प्रहार भएपछि विमलका नातिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्‍याए लग्त्तै चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Read More

काठमाडौं,१८असार। संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ प्रावधानमा हेरफेर भएको आरोपपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ। बैठकमा सांसदहरुले विधेयकको अन्तिम प्रतिवेदन समितिको सहमति विपरीत आएको भन्दै चर्को विरोध जनाएका छन्। नेकपा एमालेका नेता तथा पूर्व कानूनमन्त्री पदम गिरीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन्। नेपाली कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चलखेलमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले हेरफेरमा मुख्यसचिव लगायतको संलग्नता भएरनभएकोबारे…

Read More

काठमाडौं, १८ असार। नेपाल राष्ट्र बैंकले आज (बुधबार) ६० अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। बजारमा तरलता (लगानी योग्य रकम) अधिक भएपछि राष्ट्र बैंकले यो कदम चालेको हो। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो निक्षेप खिच्न लागेको हो। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता देखिएकोले राष्ट्र बैंकले लगातार बजारबाट पैसा खिच्दै आएको छ। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। निक्षेपको यो निरन्तर वृद्धिलाई व्यवस्थापन गर्न अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकले जानकारी गराएअनुसार, आज बोलकबोल…

Read More

काठमाडौं,१७ असार। बुधबार देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरुमा तथा बाँकी भूभागका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

भैरहवा,१७ असार। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले प्रदेश सभाको बैठकमा यसबारे जानकारी गराएका हुन्। यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि समर्थन फिर्ता लिइसकेको छ। मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। तर, प्रमुख विपक्षी माओवादी केन्द्रसहितका दलले बजेटलाई चरम असन्तुलित र असमावेशी भन्दै पुनर्लेखनको माग गर्दै विरोध जनाएका थिए। प्रदेश सभा सचिव दुर्लभकुमार पुनले लोसपा र जसपा नेपालका सांसदहरुको उपस्थिति भएकाले प्रतिपक्षीविहीन नभएकोले बैठक चलाइएको बताएका छन्।

Read More

भैरहवा,१६ असार। रुपन्देहीमा पछिल्लो समय दिनहुँ तस्करीका सामग्री बरामद गर्न थालिएको छ । तस्करीमा प्रयोग भएका सवारीसाधनका साथै संग्लन व्यक्तिहरुलाई पनि पक्राउ गर्ने गरिएको छ। रुपन्देही प्रहरी प्रमुखमा एसपी प्रदीप बहादुर क्षेत्री आएपछि ठूला तस्करी ठप्प भएको छ भने खुल्ला सीमा नाकाका कारण लुकुछिपी भित्राउने गरिएको थोरै मात्राका सामग्रीहरु पनि धमाधम समात्ने गरिएको छ। यस्तै, रुपन्देही प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भित्राइएको १३ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय मझगाँवा, छपिया, धकधई, प्रहरी चौकी मैनिहवा, कालिदह, अस्थायी प्रहरी बिट महिलावारबाट खटिएको टोलीले विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर…

Read More