Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,३० बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताएका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ स्थित ‘द आर्ट अफ लिभिङ’आश्रमको मंगलबार उद्घाटन गर्दै उनले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताए। ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो उनले भने-‘जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु।’ उनले समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियानहरु उपलब्धिपूर्ण हुने धारणा राखे। ‘समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्याउन यस्ता अभियानहरुले महत्त्वपूर्ण भूमिका खेल्नेछन्। हाम्रो जीवन के हो?…

Read More

भैरहवा, ३० बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरेर उनले पार्टीको उपाध्यक्ष पदबाट साथै साधरण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका हुन्। उनीसँगै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ उपाध्यक्षका डा.अमित चर्तुवेदी र राष्ट्रिय प्रजातन्त्र महिला संगठनको जिल्ला सल्लाहकार विनिता गुप्ताले पनि पार्टी परित्यागको घोषणा गरेका छन्। राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गइरहेको अवस्थामा नेतृत्वकर्ता समेतले जनताको गुनासो सम्बोधन गर्न नसकेको उपाध्यक्ष गुप्ताको भनाई छ । उनले कुनै पार्टीको सिद्धान्त, अभियान नराम्रो नभएको भन्दै पार्टीको नेतृत्वकर्ताको कार्यक्षमता राम्रो नभएकोले जनताको निराशा बढेको बताए । ‘पार्टी अध्यक्ष राजेन्द्र…

Read More

काठमाडौं,३०बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आईएसस) का सहभागीले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो। उक्त अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आईएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएका थिए। भेटमा मलेसियाली सांसदहरु दातुक विरा,डा.मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी थिए। यस्तै नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल,नेकपा एमालेका सचेतक सुनिता बराल…

Read More

जनकपुर,३० बैशाख। धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीस्थित विवाहमा खाजा खाँदा एक सय भन्दा बढी सर्वसाधरण बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरी लगायतका अनिय मिष्ठान खाएको केहीपछि पेट दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताएका छन् । उनका अनुसार ६० जनाभन्दा बढीको प्रादेशिक अस्पतालमा र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको छ। केही निको भएर घर फर्किएका छन्। ‘घटनास्थल पुगेर हामीले खाजाको नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छौँं’,उनले भने,‘परिक्षण रिपोर्ट पश्ताच कारण खुल्ला ।’

Read More

सुर्खेत,३० बैशाख। सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् । सुर्खेतमा आयोजिता एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताए। प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उनले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उनले बताए। ‘‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो,’ उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’ मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्ननहुनेमा जोड दिदै सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र…

Read More

दाङ,३०बैशाख। लुम्बिनी प्रदेशसभाको सांसद गीता गुरुङले जनताका आशाका किरणहरु स्वलुप्त भइरहेको भन्दै पदबाट राजीनामा दिएकी छन्। जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी गुरुङले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता उल्लेख गर्दै उनको राजीनामा पत्रमा उल्लेख छ। ‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरु स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले राजीनामा पत्रमा लेखेकी छन्। जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको उनको राजीनामा पत्रमा उल्लेख छ। सांसद गुरुङलाई टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन। संसदीय दलका नेता चन्द्रकेश…

Read More

काठमाडौं,३०बैशाख। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल विरोधी वर्ग भएको बताएका छन्। सोमबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको बताए। देश आफैंले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने भन्दै नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन उनले आग्रह गरे। उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्सानीप्रति सरकार गम्भीर रहेको बताउँदै ०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिको पुनर्निर्माणमा…

Read More

काठमाडौं,३० बैशाख। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज ओरालो लागेको छ। अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ। सुनको मुल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला चाँदीको भाउ १९ सय ६० रुपैयाँ पुगेको थियो।

Read More

भैरहवा,२९बैशाख। शाान्तिका अग्रदुत गौतमबुद्धको २५६९ औं जयन्तीको अवसरमा युथ क्लब अफ पडसरीले रुपन्देहीको ओमसतिया गाउँपालिकामा दीप प्रज्वलन गरेको छ। मुलुकको साथै विश्वमा शान्तिको कामना गर्दै पालिकाको पडसरी क्षेत्रको सिद्धार्थ राजमार्गमा दीप प्रज्वलन गरिएको क्लबका अध्यक्ष सुरज मिश्रले बताए। क्लबले राजमार्गको पडसरी क्षेत्रमा राखिएको बुद्धको प्रतीमा स्थलहरुमा दीप प्रज्वलन गरेको हो। विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर रहेको क्लबले बुद्धजयन्तीको अवसरमा प्रत्येक वर्ष दीप प्रज्वलन गर्ने गर्दछ। कार्यक्रममा क्लबका अध्यक्ष मिश्र, क्लबका संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह घर्ती (कुमार), सचिव सुष्मा भुजेल, सहसचिव जीवन श्रेष्ठ, कोषाध्यक्ष कपिल कुमार जिटी, सदस्य जितेन्द्र यादव, अच्यूत आचार्य, रामेश्वर सुवेदी, सन्दिप कार्की, शर्मिला थापा, केदार निरौला, विनोद…

Read More

भैरहवा, २९ वैशाख। बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी संग्रहालय परिसरमा संरक्षण प्रयोगशाला (ल्याब) को स्थापना गरिएको छ । संयुक्त राज्य अमेरिका (यु.एस.ए) एम्बेसडर फण्ड फर कल्चरल प्रिजरभेसनको सहयोगमा बुद्ध फाउण्डेशन, लुम्बिनी विकास कोष र पुरातत्व विभागको संयुक्त साझेदारीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। पुरातात्विक वस्तुहरुको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशालाको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बुद्ध जयन्तीको अवसरमा लुम्बिनी संग्राहलय संरक्षण प्रयोगशाला (केन्द्र) को उद्घाटन सबैका लागि अत्यन्तै सान्दर्भिक, ऐतिहासिक र गौरवपूर्ण क्षण भएको बताए। ‘लुम्बिनी कुनै एक धर्म र भुगोलको मात्र विषय होइन’,उनले भने–‘यो सम्पूर्ण मानव…

Read More