


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
बुटवल, १६बैशाख । पछिल्लो समय निकै चर्चाको विषय बनेको विद्युतीय सवारी साधनलाई चुनौती भन्दा अवसरको रुपमा लिनुपर्ने सरोकारवालाले बताएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोशिएसन रुपन्देही लुम्बिनीको आयोजनामा बुटवलमा आयोजना भएको बिद्युतीय सवारी साधनका बारेमा कामदारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले उक्त विषयमा जोड दिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष प्रेम बहादुर फौदारले अटो व्यवसायीहरु प्रयोगात्मक शिक्षामार्फत अगाडि बढेको बताउँदै बिद्युतीय सवारी साधनलाई अवसरको रुपमा लिएर काम गर्न आग्रह गरे। उनले यसो गर्न सकेमा अटो क्षेत्रका व्यवसाय थपिएका प्रविधिहरुमा प्रतिस्पर्धा गर्न अब्बल हुनेमा जोड दिए। बिद्युतीय सवारीको बारेमा भ्रमहरु रहेको भन्दै सकारात्मक पक्षहरुको बारेमा जानकारी दिन आवश्यक रहेको…
काठमाडौं,१६ बैशाख। सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमान विपरीत गएर अनियमितता गरेको अभियोगमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध सात लाख ७९ हजार २ सय पाँच रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नं ६ का वडाअध्यक्ष…
काठमाडौं,१६बैशाख। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार पक्राउ परेका आरोपीहरुले १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध कारोबार गरेको प्राराम्भिक अनुसन्धान पाइएको छ। पक्राउ पर्नेहरुमा मोरङका वीरेन्द्र साह र दीपेन्द्र शाह, महोत्तरीका श्रवणकुमार शाह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महत्तो, धनुषाका निरोजकुमार महत्तो, सञ्जिवकुमार महतो र अलितादेवी महतो, प्रकाश सिंह, पर्साका अरुणकुमार साह, नवलपरासीका राजकमल लोनिया र भीमकुमारी गुरुङ रहेका छन्। त्यस्तै सप्तरीका रामविलास साह तेली, पर्साका विकर्ष जङ्ग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमारी शाह, चितवनका…
लुम्बिनी,१६बैशाख। लुम्बिनी विकास कोषमा विद्युतीय सवारीसाधनको दुरुपयोग बढ्दै गएको छ। लुम्बिनीको पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटकको सहजताका लागि कोषमा १४ वटा भ्यान र पाँच वटा विद्युतीय बस ल्याइएको थियो। तर, उक्त विद्युतीय गाडीहरु पर्यटकहरुका लागि कहिले संचालनमा आउने कुनै ठेगान छैन । कोषका पदाधिकारीहरुले कानुनी अड्चन रहेको भन्दै संचालन टारेको टारै छन् । तर, सोही गाडीहरु कोषका पदाधिकारी र कर्मचारीले व्यक्तिगत कामका लागि समेत प्रयोग गर्दै आएका छन्। गत वैशाख १३ गते लु १ झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा दुर्घटना हुँदा गाडीमा क्षति भएको छ। ०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर…
विराटनगर,१६बैशाख। सुनसरीको धरानस्थित बरगाछीबाट चोरी भएको बस विराटनगरमा फेला परेको छ। गत बैशाख १२ गते व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस चोरी भएको थियो। विराटनगर–१२ स्थित मंगलबारे चोक नजिक बसको पाटपुर्जा टुक्रयाउँदै कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा बस फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री बरामद भएको छ।। बस विराटनगर-१२ मा राखिएको छ। कवाडी पसलको संचालक गीतादेवी साह फरार भएको र घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भैरहवा,१४बैशाख। नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षकस्तरीय निर्णयले सोमबार उनीहरुको सरुवा/काज भएको हो। सरुवा सूची अनुसार कोशी प्रदेश प्रहरी गण विराटनगर मोरंगमा कार्यरत एसपी प्रदीप बहादुर क्षेत्रीको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत एसपी रंजितसिंह राठौरलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाईएको छ। त्यस्तै एसपी खड्गबहादुर खत्रीलाई जिल्ला प्रहरी कंचनपुर, मित्रबन्धु शर्मालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मेवारी दिईएको छ। हेर्नुहोस् सूची :
काठमाडौं,१५बैशाख। आन्दोलनरत शिक्षकहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आन्दोलनस्थलबाट फर्काएका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनमा सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु ऐक्यबद्धता जनाउनका लागि पुगेका थिए। शिक्षकहरूले उल्टै नेताहरुविरुद्ध नाराबाजी गरेपछि उनीहरु मन्तव्य नै नराखी फर्किनुपरेको छ। उनीहरुले आफूहरूको आन्दोलनलाई राजनीतिकरण हुन नदिने भन्दै नेताहरुलाई फर्किन सुझाव दिएका थिए। आफूहरुलाई समर्थन गर्न बानेश्वर आउनुभन्दा संसदबाट ऐन पारितका लागि पहल गर्न आग्रह गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने शिक्षकहरूले सोमबार २७ औं दिन पनि आन्दोलनलाई जारी राखेका हुन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नबनेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। मन्त्रीस्तरीय निर्णय,…
काठमाडौं,१५बैशाख। नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत् आपूर्तिमा लोडसेडिङ नरहेको दावी गरेको छ। माग र आपुर्तिबीचको सन्तुलन कायम गर्न भारतबाट विजुली आयात गरिरहेको प्राधिरकणले जनाएको छ। विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचनालाई प्राधिकरणले भ्रमको संज्ञा दिएको छ। भारतबाट बिजुली आयात गर्दा १० भारतीय रुपैयाँ भन्दा बढि नतिरेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ। जसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २१ सय ४९ मेगावाट रहेका छन्। हाल आन्तरिक उत्पादन औसतमा १ हजार…
परासी,१५बैशाख। नवलपरासी पश्चिमका सात वटै पालिकाले जिल्ला वन डिभिजन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत (डिएफओ) लाई कारवाहीको माग गरेका छन्। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकमा नआउने र आएपनि हस्ताक्षर नगरी जाने गरेकोले डिएफओ जिवन पंगेनीलाई कारवाहीका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयसँग माग गरेको हुन्। जिल्लामा गठित ढुगाँ,गिट्टी, बालुवा,उत्खनन विक्रि वितरण तथा ब्यवस्थापन समितिले निर्णय गरेर राष्टपति चुरे संरक्षण कार्यालयमा पठाउने र पछि उक्त कार्यालयले अनुगमन गरे पश्चात मात्र जिल्लाका नदीबाट निकासी गर्न पाउने प्रवाधान छ। उक्त समितिको सदस्यमा डिभिजन बन कार्यालय पनि पदनीय सदस्य छ । वन कार्यालयका प्रतिनिधिले सहमति…
काठमाडौं,१५बैशाख। पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई र रक्षामन्त्री सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको अध्यक्ष भट्टराईको निजी सचिवालयले जनाएको छ। भेटमा डा. भट्टराईले कश्मिरको पहलगाम क्षेत्रमा भएको आंतकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा रहेका छन् ।