


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १०बैशाख। लुम्बिनी प्रेस क्लब रुपन्देहीले पत्रकार राधेश्याम विश्वकर्मालाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत बैशाख ८ गते मर्चवारमा समाचार संकलनका लगि जाने क्रममा तस्करी भइरहेको भीडियो खिच्ने क्रममा पत्रकार विश्वकर्मामाथि दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउनेका साथै दुव्र्यहार गरेका थिए। उनी क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्र्तगतका एपी वान टेलिभिजनमा कार्यरत छन् । घटनामा संलग्न यादवलाई पक्राउ गरी प्रहरी नियन्त्रणबाटै भगाइएको भन्दै बुधवार बसेको प्रेस क्लब बैठकले प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। क्लबले उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी…
भैरहवा,१०बैशाख। नेपालको स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको सुन आज ७ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै मंगलबार १० रुपैयाँ वृद्धि भएको चाँदी आज ५ रुपैयाँले घटेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
भैरहवा,१०बैशाख। मुलुकबाट वस्तु निर्यात हुनेमा भैरहवा नाकामा पाँचौं नम्बरमा रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) अवधिमा भैरहवा भन्सार नाकाबाट १४ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो मुलुकबाट कुल निर्यातको ७.५६ प्रतिशत हो। उक्त अवधिमा मुलुकबाट कुल १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षमा मुलुकको पाँच भन्सार नाका वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,मेची र भैरहवाबाट अधिक वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ। जसमध्ये वीरगञ्ज भन्सारबाट ६५ अर्ब ५१ करोड बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३४.८१…
काठमाडौं,१०बैशाख। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताएको छ। आफूहरुको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरुलाई पनि काठमाडौंमा आउन महासंघले आह्वान समेत गरेको छ । आफूहरुसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। महासंघले अनुशाासित,मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ । शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ।
भैरहवा, १० वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताएका छन्। बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै उनले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरुको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए। पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उनको भनाइ छ। बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै उनले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए। ‘प्रदेश स्थापना भएदेखि नै मैले क्यान्सर रोगका बिरामीलाई सहयोगको विषयमा निरन्तर संसदमा छलफल गरे।…
भैरहवा,१०बैशाख। भारतको जम्मु-कश्मिरमा मंगलबार अपरान्ह भएको आतंकवादी आक्रमणमा बुटवलको युवाको पनि मत्यु भएको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले पहलगाममा भएको आतंकवादी आक्रमणमा २७ वर्षीय सुदिप न्यौपानेको मृत्यु भएको पुष्टि गरेका हुन्। उनका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मिर घुम्न गएका थिए। सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। परिवारका अन्य सदस्य भने सकुशल रहेका छन्। बैसरन उपत्यका क्षेत्रमा उक्त आतंकवादी आक्रमणमा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। घटनामा अन्य धेरैजना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबासँग जोडिएको टीआरएफ समूहले लिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । पहलगाम आक्रमणमा मृत्यु…
काठमाडौं,९ बैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरुसँग पटक पटक धोका भएकोले आन्दोलनलाई जारी राख्न अपील गरेका छन्। ‘शिक्षक साथीहरुलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु’,मंगलबार आयोजित एक कार्यक्रममा उनले भने,‘तपाईँहरुले पटक-पटक आन्दोलन गर्नुभएको छ। पटक-पटक धोका भएको छ। यसपटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्नुको सट्टा अपमान गरेको बताए। उनले प्रधानमन्त्री ओली शिक्षकहरुको मागलाई बेवास्ता गरेको आरोप लगाए। ‘यो सरकारले एक दिन पनि सरकारमा बस्ने हैसियत गुमाइसकेको छ। दुई हप्तादेखि शिक्षकहरु आन्दोलरत छन्। तर, सरकारको नेतृत्वको गरेको प्रधानमन्त्रीले उनीहरुको मागप्रति गम्भीर हुनुको साटो उल्टै…
काठमाडौं,९बैशाख। प्रहरीले ठगीको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी आरोपमा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ का २७ वर्षीय उमेश भोलोनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएपछि उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं, ९बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारबाट आएको उजुरी पत्रबारेको प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गिरीलाई अख्तियारले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा गिरीले अख्तियारमा परेको उजुरीको जवाफको पत्र आएको र उजुरीसँग सम्बन्धित प्रमाण मेटाइ उजुरी फरकफरक गर्न आवश्यक कार्य गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ। उनीविरुद्ध २५ हजार बिगो र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार…
काठमाडौं,९बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसमेत तीनजनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, लेखापाल हासिम मियाँ अन्सारी र केएस मल्टिप्रपोज तथा उक्त कम्पनीका अध्यक्ष कमल कुमार उपाध्यायविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरु विरुद्ध सार्वजनिक ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिता गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष ०७७/०७८ मा सञ्चालन भएका…