


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१५ जेठ। सरकारले वृद्धभत्ता अब ७० वर्षको उमेरदेखि मात्र उपलब्ध गराउने भएको छ। यस अघि ६८ वर्षको उमेरदेखि दिइँदै आएको भत्ता अब उमेर बढाएर ७० वर्ष पुर्याइएको छ। ‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु’, आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने , ‘हाल प्राप्त गरिरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर यथावत् राखेको छु।’ योसँगै अब ७० वर्षको उमेरदेखि मात्रै वृद्धभत्ता पाइने भएको छ ।
काठमाडौं,१५ जेठ। सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा जग्गाको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँमा झारेको छ। बिहीवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेजको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट झारेर ५ रुपैयाँ कायम गर्ने घोषणा गरेका छन्। उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति प्राप्त गर्ने उद्योगलाई सुरुका ३ वर्ष भाडा छुट दिइने पनि बताए। औद्योगिक क्षेत्रका उद्योगले उत्पादन गरेका वस्तु उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रसरह सुविधा दिने उनले उल्लेख गरे ।
भैरहवा,१४जेठ। रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देहीसँगै दाङ पनि फाइनलमा पुगेको छ। बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको समूह ‘बी’ अन्र्तगत खेलमा दाङले बाँकेलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। यसअघि रुपन्देही समूह ‘ए’ को फाइनल पुगिसकेको छ। यी दुई टीमबीच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ । टस जितेर ब्याटिङ रोजेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन बनायो। उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रनको योगदान दिए। बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान…
काठमाडौं,१४जेठ। यो वर्ष मनसुन छिट्टै भित्रिने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा जेठ ३० गते आसपास पूर्वी भागबाट देशमा भित्रिने मनसुन यस वर्ष छिट्टै भित्रिने सम्भावना रहेको बताए। जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बङ्गलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको छ । उनका अनुसारभूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा नेपाल भित्रिसक्ने देखिएको छ। यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ।
काठमाडौं,१४जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य छन् । त्यस्तै मुद्दामा वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नं. ५ का पूर्ववडाध्यक्ष मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवलाई प्रतिवादी बनाइएको छ। ७ लाख ७५ हजार ४३६…
भैरहवा, १४ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ। रोहिणी–३ स्थित धकधईमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका लागि अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रातदिन खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद व्यक्त गरे। उनले महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने विषयमा गाउँपालिका गम्भिर रहेको बताए।…
काठमाडौं,१४जेठ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधवार सुन प्रतितोला १ हजार ६०० रुपैयाँले १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५ रुपैयाँ पुगेको छ।
भैरहवा, १४जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ। एक कार्यक्रमकाबीच नगरप्रमुख इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसुति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागि खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए। उनले सिद्धार्थनगरले एकपछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख गरे। नगर प्रमुख खाँले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी…
दाङ,१४ जेठ। लुम्बिनी प्रदेश सरकारले नवप्रवर्तनलाई विकासको मुख्य आधार मानेर त्यसलाई उच्च प्राथमिकतामा राख्दै कार्यान्वयन अघि बढाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातवटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता गरिएको छ। सम्झौता अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारीःकृषिको रुपान्तरणमा हामी सबैको साझेदारी’ कार्यक्रम सञ्चालन हुनेछ। पाल्पाको तानसेन नगरपालिकामा ‘तानसेन उद्यमशीलता तथा पर्यटन विकास कार्यक्रम’, रुपन्देहीको मायादेवी गाउँपालिकामा ‘स्मार्ट मायादेवी’, प्युठानको सरुमारानी गाउँपालिकामा ‘डिजिटल विद्यालय कार्यक्रम’, नवलपरासी पश्चिमको रामग्राम नगरपालिकामा ‘पर्यटन होमस्टे प्रवद्र्धनसँगै उद्यमशीलता कार्यक्रम’, गुल्मीको छत्रकोट गाउँपालिकामा ‘सूचना प्रविधिमैत्री शिक्षा’ र रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ‘विद्युतीय सुशासनका लागि ई–सिफारिस सर्भिस सेन्टर’ कार्यक्रम सञ्चालन गरिनेछ…
बुटवल,१४जेठ। रुपन्देहीको बुटवलमा एकैपरिवारका तीन जनाको हत्या गरिएको छ। बुटवलको होराइजनचोक नजिक मिलिजुली पथमा पाल्पा जिल्लाको तानसेन नगरपालिका-१ को ३४ वर्षीया दीपा बस्याल र छोरीहरु ७ वर्षीया स्नेहा, ४ वर्षीया हिमानी बस्यालको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए। उनका अनुसार हत्या आरोपमा मृतक बस्यालका पूर्वश्रीमान बुटवल उपमहानगरपालिका-११ का सुजन कोइरालालाई नियन्त्रणमा लिइएको छ। सम्बन्ध विच्छेदपछि छुट्टै बस्दै आएकी बस्याललाई कोइरालाले आफ्नो घरमा बोलाएर बुधवार एकबिहानै हत्या गरेको प्राराम्भिक अनुसन्धानमा पाइएको डीएसपी कार्कीले बताए। प्रहरीका अनुसार पक्राउ परेका आरोपी कर्तव्य ज्यान मुद्दामा जेल सजाए भुक्तान गरी केही वर्षअघि संविधान दिवसको अवसरमा आम माफी पाएर…