


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२८बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् । उनले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न आग्रह गरे। उनले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका सांसदहरुले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको बताए। प्रधानमन्त्री ओलीले भने– ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यु र विपक्षी दलका मान्यजीहरुले टिप्पणी भन्दा पनि गाली गलौजको…
हरि शर्मा परासी,२८बैशाख। विदेश गएका जनप्रतिनिधिहरुको सेवासुविधा पालिकाले निरन्तर उपलब्ध गराउँदै आएको पाइएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले व्यक्तिगत रुपमा विदेश गएका दुई जना वडासदस्यहरुको सेवा सुविधा बापतको रकम उनीहरुको बैंक खातामा निरन्तर पठाउँदै आएको पाइएको हो। पालिकाको वडा नं. ६ का वडासदस्य भरतकुमार राना करिब दुई वर्षअघि जापान गएका थिए । साथै, ६ महिना अघि अमेरिका गएका वडा नम्बर ४ का सदस्य लक्ष्मण श्रेष्ठ गत बैशाख २४ गते फर्किएका छन्। जापान गएका रानाले वडाअध्यक्षलाई आफू विदेश जाने मौखिक जानकारी गराएका थिए। अमेरिकाबाट दुई दिनअघि फर्किएका श्रेष्ठले वडा कार्यालयमा लिखित निवेदन दिएर आफू २०८१ कात्तिकदेखि २०८२ वैशाख २३ सम्म छोरीले…
भैरहवा, २८ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएको छ । भैरहवा आएका अध्यक्ष लिङ्देनलाई ज्ञापनपत्र बुझाइएको संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए। विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक…
भैरहवा, २७ वैशाख। रात्रीकालीन व्यवसाय संचालनका लागि सुरक्षा निकायले सहयोग गर्न व्यवसायीहरुले आग्रह गरेका छन्। उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि रात्रीकालीन व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिए। चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीको स्वागत तथा परिचयात्मक कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमाका अवसर र चुनौती दुवै रहेको भन्दै खुल्ला सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने उनले बताए। अवैध रुपमा भित्रिने सामानका कारण नेपाली व्यवसायी मर्कामा परेकाले चोरी तस्करी नियन्त्रणमा ध्यान दिन उनले आग्रह गरे। ‘पछिल्लो समय उद्योगी–व्यवसायी पलायन भइरहेका छन् । उद्योग–व्यवसाय…
भैरहवा,२७भैरहवा। नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरको अध्यक्षमा वरिष्ठ अर्थोपेडिक डा.गोपाल प्रसाद ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन्। शनिवार बुटवलमा भएको एसोसिएसन दोस्रो अधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा डा.कपिलमणि केसी, महासचिवमा वरिष्ठ कन्सलटेण्ट अर्थोपेडिक सर्जन डा.आलोक पाण्डे, सहसचिवमा डा.जयराज शर्मा, कोषाध्यक्षमा डा.युधिष्ठिर खड्का र सहकोषाध्यक्षमा डा. मनदिर खत्री सर्वसम्मत निर्वाचित भएको नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरले जनाएको छ। त्यस्तै सदस्यहरुमा डा.योगेन्द्र अग्रहरी, डा.महेशराज घिमिरे, डा.राहुल श्रेष्ठ, डा.राजु जिसी, डा.उत्सव रेग्मी, डा.धना कार्की, डा.विकास न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै साईन्टिफिक कमिटीको संयोजक किशोरमान श्रेष्ठ र सदस्यहरुमा दिपेन्द्रसिह क्षेत्री, डा.आलोक थैव, मदन ज्ञवाली मनोनित भएका छन्। त्यस्तै रिसर्च कमिटीको संयोजक डा.मनिष श्रेष्ठ र सदस्यहरुमा रमेश…
काठमाडौं,२७ बैशाख। भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका छन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो। अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ। अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ। अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा…
काठमाडौं,२७बैशाख। सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथार्थ के हो भन्नेबारे नेपाली जनताले हेर्ने काम कम भइरहेको बताए। उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याई अघि बढ्ने परिपाटी विकसित भइरहेको प्रति चिन्ता व्यक्त गरे। उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए। जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको उनको भनाई छ। जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत…
काठमाडौं,२७बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरु भन्दै लाञ्छना लगाए। त्यस्ताले अझै हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको ओलीको दावी थियो। देश कंगाल बनाउने काम राजाहरुले गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको भन्दै देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए। उनले भने, ‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ, भनेर लाजै मान्दैन। देश…
काठमाडौं,२७बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपालीको रोजगारीका लागि जापान उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्। काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) र जापान इन्टरनेशनल लेबर फाउन्डेसन (जेआईएलएफ) को सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै उनले आगामी १० वर्षमा जापानलाई विभिन्न क्षेत्रमा करिब १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यसकारणले जापान नेपालको लागि काम गर्ने उपयुक्त गन्तव्य हुन सक्ने बताएका हुन्। उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मिहेनत गर्ने मुलुक हो। हामीले जापानसँग सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउँछ। जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ।’ मन्त्री भण्डारीले जापानको यथार्थ…
भैरहवा,२७ वैशाख। लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देहीको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ। भेलाले ज्ञान बहादुर पुनको अध्यक्षतामा लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देही गठन गरेको छ। संघको उपाध्यक्षमा प्रितम रौनियार, वसन्त केसी, महासचिवमा किसन आचार्य, उपमहासचिवमा मोहन पाण्डे, सुरेन्द्र यादव, कोषाध्यक्ष चित्र बहादुर श्रेष्ठ र सह–कोषाध्यक्षमा अजय राना रहेका छन्। त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पन्थ, विष्णु कहार, प्रशान्त शर्मा, किसन शाही, अशोक बस्याल, मुख्तार गद्दी, हेमन्त केसी, भुपेन्द्र पाण्डे र सुबोध पाण्डे रहेका छन् । निर्माण व्यवसायी लुम्बिनी प्रदेश संयोजक विश्व कुमार चन्दको अध्यक्षता, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, एक…