


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,४जेठ। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल भएको बताएकी छिन्। गत शुक्रबारदेखि जारी सगरमाथा संवादको समापन सत्रमा आज उनले भनिन्,’संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्ताराष्ट्रिय संगठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ।’संवादका निष्कर्षको कार्यान्वयन र लक्षित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवश्यक पर्ने उल्लेख गर्दै उनलेले संवाद एउटा कार्यक्रम मात्र नभई विचारको संगम र साझा जिम्मेवारीको उत्सव भएको बताइन्। संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्ताराष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन्। उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी…
दाङ,४जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन्। राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई दाङको सिसहनियाँमा सम्बोधन गर्दै उनले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पारे। `हामीले ल्याउँदै गरेको नीति तथा कार्यक्रममा कृषिमा संलग्न उद्यमीहरूलाई अझ प्रेरणा प्रदान गर्ने र सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएका छन´उनले भने,`तपाईंहरूको भावना बुझेर, भावना छुनेगरी योजनालाई कार्यक्रममार्फत कार्यान्वयन गर्दैछौं । उद्यमीहरूका निम्ति पनि उद्यमीमैत्री कार्यक्रमहरू अघि बढाउने सोच र लक्ष्यसहित काम गरिरहेका छौं।´ मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश…
अछाम,४जेठ। अछाममा २० वर्षीया युवतीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबलबहादुर थापा रहेको प्रहरीले जनाएको छ। युवतीले दिएको उजुरीको आधारमा युवकलाई शनिवार साँझ पक्राउ गरिएको र घटनाको अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
भैरहवा,३जेठ। लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ पदबाट हटाइएका छन्। उनी जसरी अध्यक्ष पदमा निर्विरोध भएका थिए त्यसरी नै सर्वसम्मत रुपमा पदबाट फालिएका छन्। मनपरी रुपमा संघ चलाएको, आर्थिक अनियमितता गरेको र विधानलाई बेवास्ता गरी अघि बढेको आरोपको भारीसहित संघको विशेष साधारणसभाबाट उनलाई पदबाट हटाइएको हो। उनको क्रियाकलापका कारण उनी विरुद्ध संघमा आवद्ध दुई तिहाई बढी प्रतिनिधिले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। क्यानको निर्देशन अनुसार शनिबार कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन्। उनी पछिल्लो डेढ वर्ष यता संघको अध्यक्ष थिए। विशेष साधारणसभामा उपस्थित ३८ जना (शतप्रतिशत) प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा…
दाङ, २ जेठ। लुम्बिनी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए। उनका अनुसार जेठ ५ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको छ । त्यस्तै बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना…
परासी,२जेठ। पश्चिम नवलपरासीमा शुक्रवार अपरान्ह आएको हावाहुरीको क्रममा दुई जनाको मृत्यु भएको छ। तीन जना गम्भिर घाइते भएका छन्। प्रहरीका अनुसार पानीसहित आएको हावाहुरीबाट जोगिन उनीहरु सुनवल नगरपालिका–७ स्थित प्रतीक्षालयमा बसेका थिए। हावाहुरीका कारण नजिकै रहेको रुख प्रतीक्षालयमा ढल्न पुगेको थियो। कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताए। उनका अनुसार मृत्यु हुनेमा ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन्। गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन्। उनीहरु सबै सुनवल नगरपालिका–७ ज्यामिरेका…
भैरहवा,२ जेठ। रुपन्देहीको भैरहवामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता हुने भएको छ। आइतबारबाट हुने रुपन्देही क्षेत्र नम्बर ३ (१) अन्तरगतको क्रिकेट प्रतियोगितामा १८ वटा वडा, कर्मचारी र पत्रकार गरी २० वटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगीता बारे जानकारी दिने उद्देश्यले शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले संचालन हुने प्रतियोगितामा टेनिस बलले १० ओभरको खेल खेलाइने बताए। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन्। भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगिता जेठ ४ गते देखि जेठ ७ गतेसम्म संचालन हुनेछ। रुपन्देही क्षेत्र…
भैरहवा,२जेठ। रुपन्देहीको ओमसतिया गाउँपालिकामा पालिका स्तरिय तेश्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा पालिकाको वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १२ ओभरको खेलमा ९२ रन मात्र बनायो। वडा नम्बर २ का लागि बादल छन्त्यालले सर्वाधिक २२ रन बनाउदा अजय यादवले ११ रन र विकास यादवले १० रन मात्र जोड्न सके। बलिङमा वडा नम्बर ६ का शेखर चौधरीले ४ विकेट, नितेश वरुण र किशोर यादवले समान २/२ विकेट लिए। ९३ रनको लक्ष्य सहित मैदानमा छिरेका वडा नम्बर…
भैरहवा,१ जेठ। लामो समयदेखि जिल्लामा हुँदै आएको हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीले डण्डा चलाउन सुरु गरेको छ। हुण्डी कारोबारको आरोपमा प्रहरीले दुई दिनमा तीन जनालाई पक्राउ गरी उनीहरुको साथबाट २५ लाख ७५ हजार बढी रुपैयाँ बरामद गरेको छ। गोप्य सूचनाको आधारमा प्रहरीले एक भारतीय नागरिकसहित कपिलवस्तु र रुपन्देहीका गरी ३ जनालाई रकमसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-७ का ३८ वर्षीय दिनेश बनियाँ, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का ४६ वर्षीय मसिउद्दिन फकिर र भारतको नौतनवाका ५० वर्षीय कृष्ण अग्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीले यी तीनै जनालाई छुट्टाछुट्टै रुपमा रकमसहित पक्राउ गरेको हो । प्रहरीका…
भैरहवा,१ जेठ। पछिल्लो समय तस्करी नियन्त्रणमा सक्रिय देखिएको रुपन्देही प्रहरीले बिहीवार भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएका कपडा लगायतका सामग्रीहरु नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा भित्राइएको ७ लाख ४० हजार बढी मूल्य बराबरको कपडा, मटर, मिठाई, चिनी लगायतका सामग्रीहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए। साथै, उक्त सामग्री ढुवानीमा प्रयोग गरिएका चार वटा मोटरसाइकल र एउटा स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सुट १३० थान, साडी ६७ थान, मटर ५ बोरा, चिनी १९० किलो, विभिन्न प्रकार मिठाई र खाद्यन्न सामग्रीहरु बरामद भएको छ। बरामद सामग्रीहरु आवश्यक कारवाहीको…