


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, ८ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन् । ‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपालः स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा उनले रैथाने खाद्यान्न बालिमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालिको संरक्षण, सम्बद्र्धन र प्रयोगमा आधारित नीति लिइने बताए । उनले खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा पनि जोड दिए। ‘रैथाने बालिको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ। पोषण प्रवर्द्धन एक्लो प्रयासले सम्भव हुँदैन। यसमा तीन तहका सरकार, सामाजिक संघ–संस्था र समुदायको सहभागीता…
भैरहवा, ८ वैशाख। सिद्धार्थनगर नगरपालिका नगर प्रहरीले ज्यादती गरेको भन्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले पालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। पसल अगाडिबाट सामग्री उठाउने नाममा नगर प्रहरीले ज्यादती गरेको भन्दै सोमबार संगठनले सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाएको हो । ‘एकाएक नगर प्रहरीद्वारा पसलहरुको अगाडिबाट व्यापारीका सामग्रीहरु कुनै पनि प्रकारले उठाएर लैजाने क्रममा शरीरमा चोटपटक लाग्ने गरी जबरजस्ती धक्कामुक्की गर्नु, हातखुट्टा भाँच्नु, पर्यटकहरुसित अभद्र व्यवहार गर्ने कार्य भएको छ’, संगठनका अध्यक्ष दर्पण श्रेष्ठको दावी छ। उनले हालको परिस्थितिमा बजार चलायमान नभएर सम्पूर्ण उद्योग–व्यवसाय क्षेत्र समस्याग्रस्त रहेको बताए। नगर प्रहरीको बोल्ने व्यवहार, शैली,…
भैरहवा, ८बैशाख। रुपन्देहीमा पत्रकार राधेश्याम विश्वकर्मालाई तस्करहरुको समूहले दुव्र्यहार गरेका छन् । संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका हुन्। पत्रकार विश्वकर्मा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्र्तगतको एपी वान टेलिभिजनमा कार्यरत छन् । समाचार संकलन गर्न जाने क्रममा मायादेवी गाउँपालिका ६ स्थित मकरीमा लामवद्ध रुपमा साइकल र मोटरसाइकल भइरहेको तस्करी भीडियो छाँयाकन गर्दा दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले दुव्र्यहार गर्दै छाँयाकन गरिएको भीडियो डिलिट गराएको पत्रकार विश्वकर्माले बताए । उनका अनुसार…
भैरहवा,८बैशाख। रुपन्देहीको दानव नदीमा नुहाउन गएका एकै गाउँका तीन जना बालक डुबेर बेपत्ता भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा बेपत्ता बालकहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
भैरहवा,७बैशाख। नेपाल विद्यार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिले क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ। संघको ५६ औं स्थापनाको दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ समिति सभापति नवराज अर्यालले बताए। संघको ईकाइ समितिले क्याम्पसमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ। ‘हाम्रो क्षेत्रमा शहरीकरण बढ्दो अवस्थामा छ। जसकारण वर्षेनी वातावरणको तापक्रम पनि उच्च हुँदै गएको छ’,संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ समिति सचिव उमर बादशाह खानले भने, ‘हरित वातावरण बनाउन र उच्च तापक्रम न्यूनीकरणमा थोरै पनि टेवा पुर्याउने उद्देश्यले स्थापनाको दिवसमा अवसरमा वृक्षारोपण गरेका हौं ।’ वृक्षारोपण कार्यक्रममा नेपाल विद्यार्थी संघका रुपन्देही जिल्ला सभापति सन्दिप पाण्डे,…
काठमाडौं,७ वैशाख। जनमत पार्टीले शिक्षकका न्यायोचित मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ। ‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौल अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छन्,’पार्टीका प्रवक्ता डा. शरद सिंह यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरुसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ।’
काठमाडौं,७ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गराएका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बन्दी प्रत्यक्षीकरणको निवेदन अदालतमा दर्ता भएको छ । लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् । पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बेरितको भएको भन्दै यस अघि सर्वोच्च अदालतमा दर्ता भएको निवेदन उपर अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ।
काठमाडौं,७ बैशाख। सिंहदरबारभित्रै राप्रपाका नेताहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता अपिलराज बोहराले बताए। राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए। प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो। त्यसपछि उनीहरूले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई रिहा गर्न लेखिएका…
काठमाडौं, ७ बैशाख। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७.१२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा गरेको थियो। उक्त अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा ५ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन नाफा…
काठमाडौं,७ बैशाख। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ संचालित एनआईसी एशिया बैंकको अवस्था नाजुक देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा बैंकको नाफामा भारी गिरावट आएको छ। नाफा बढाउन नसकेको बैंकको भने खराब कर्जा पनि बढेको छ । उक्त अवधिमा बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो। नाफा गर्न नसकेको बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ। त्यस्तै बैंकको खुद ब्याज आम्दानी पनि २.७६ प्रतिशतले घटेर ७ अर्ब…