


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१बैशाख। चालु आर्थिक वर्ष २०८१/०८२ मा विकास खर्च २९ प्रतिशत मात्र भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर मध्ये चैत ३० गतेसम्म एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ बराबर मात्रै खर्च भएको छ। वार्षिक विनियोजनको तुलनामा हालसम्मको पूँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो । विकास खर्च मात्र नभई उक्त अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड…
काठमाडौं,१ बैशाख। नयाँ शैक्षिक सत्र २०८२ को ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित आजदेखि विद्यालय भर्ना अभियान सुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरुलाई ७ बुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको हो। विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न/गराउन भनिएको छ। विद्यालय भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले…
चितवन,३१चैत।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन्। आइतबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले केही नयाँ अनुभवको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएको बताए। ‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने सही कुरा हो त्यतिबेला भनेको हो। अहिले पछिल्लो चोटी भन्दा थुप्रै घटनाक्रमहरु नयाँ भए’,उनले भने,‘केही नयाँ अनुभवसहित भनेको हो। अहिले मलाई धेरै त्यो भन्दा बढी बोल्न नलगाउँदा राम्रो । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो। मलाई लाग्छ त्यही दिशातिर देश जान्छ।’ पूर्वप्रधानमन्त्री समेत…
काठमाडौं,३१चैच। हमासको नियन्त्रणमा रहेको नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाईका निम्ति सहजीकरणका लागि कतारलाई आग्रह गरिएको छ। कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले आइतबार कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँगको भेटमा बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्। दोहास्थित नेपालको राजदूतावासका अनुसार उनीहरुबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो। महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताएका थिए ।
काठमाडौं,३१चैत। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले प्रहरी कर्मचारीहरुलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २९औं समूह अन्तर्गत ३७ जनालाई तालिम प्रदान गरिएको हो। महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुप श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै उनले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताए । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई.अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको…
काठमाडौं,३१चैत। प्रहरीले हुण्डी कारोबारको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-१० बागडाँडाको १९ वर्षीया करिना देवकोटा रहेको प्रहरीले जनाएको छ। काठमाडौंको न्यूरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाको खटिएको टोलीले उनलाई९ लाख रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ परेको देवकोटाको साथबाट ६ लाख रुपैयाँ बराबरको चेक पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
भैरहवा,३१चैत। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पताल (यूसीएमएस) मा एकदिने आधारभूत जीवन सहायता तथा श्वासप्रश्वास व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। अस्पतालको एनेस्थेसिया तथा सघन उपचार विभागको आयोजनामा कार्यशाला भएको यूसीएमएस प्रशासनले जनाएको छ। कार्याशालामा स्वास्थ्य संस्थाको पहुँच बाहिर आकस्मिक कोही व्यक्ति अचेत भएको अवस्थामा तत्कालका लागि गर्नुपर्ने स्वास्थ्य उपचार र सुरक्षित रुपमा अस्पतालसम्म पुर्याउने विषय बारेमा प्रशिक्षण दिइएको यूसीएमएसका सूचना अधिकारी सुशील गुरुङले बताए। यूसीएमएसका प्राचार्य तथा एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख प्रा.डा.लक्ष्मी पाठकको सभापतित्वमा सम्पन्न कार्यशालामा एनेस्थेसिया विशेषज्ञ डा.विजय यादव, डा.आनन्द कुमार अग्रहरी, डा.मृगेन्द्र पौड्याल र डा केशव अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए।…
काठमाडौं,३१चैत। नेपाल प्रहरीको ‘मोस्ट वान्डेट’ सूचीमा रहेकी एक महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-६ सात धुरे दरवारमार्गकी ३० वर्षीया विन्दु परियार रहेको प्रहरीले जनाएको छ। साइबर ब्यूरोका अनुसार पक्राउ परेकी परियारको एकजना पुरुषसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रहन गई विवाह गर्ने योजना बनेको थियो। त्यस क्रममा सम्बन्धमा दरार हुन गएपश्चात् उनले पुरुषको फेसबुक प्रोफाइल नामसँग मिल्दो नाम र फोटो प्रयोग गरी फेक आइडी बनाएर प्रेमी, प्रेमीको श्रीमती लगायत नजिकका आफन्तहरुको समेत निरन्तर रुपमा चरित्र हत्या गरेपछि पीडितले साइबार ब्यूरोमा जाहेरी दिएका थिए। जसपश्चात परियारको नाममा रेड कर्नर नोटिस जारी गरी खोजीकार्य गरिएको थियो। वैदेशिक…
काठमाडौं,३१चैत। पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरुकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्। ‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ’, उनले भने, ‘केहीदिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी ,तोडफोड भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अन्त्यन्तै दुःख लाग्यो।’ उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत…
काठमाडौं,३१चैत। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। केही समयदेखि बिरामी रहेका ७८ वर्षीय जबराको शनिबार बेलुका निधन भएको हो। पारिवारिक श्रोतका अनुसार उनको आज पशुपतिमा आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको १७ औं महानिरीक्षक (आइजीपी) थिए।