


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१४बैशाख। नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षकस्तरीय निर्णयले सोमबार उनीहरुको सरुवा/काज भएको हो। सरुवा सूची अनुसार कोशी प्रदेश प्रहरी गण विराटनगर मोरंगमा कार्यरत एसपी प्रदीप बहादुर क्षेत्रीको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत एसपी रंजितसिंह राठौरलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाईएको छ। त्यस्तै एसपी खड्गबहादुर खत्रीलाई जिल्ला प्रहरी कंचनपुर, मित्रबन्धु शर्मालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मेवारी दिईएको छ। हेर्नुहोस् सूची :
काठमाडौं,१५बैशाख। आन्दोलनरत शिक्षकहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आन्दोलनस्थलबाट फर्काएका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनमा सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु ऐक्यबद्धता जनाउनका लागि पुगेका थिए। शिक्षकहरूले उल्टै नेताहरुविरुद्ध नाराबाजी गरेपछि उनीहरु मन्तव्य नै नराखी फर्किनुपरेको छ। उनीहरुले आफूहरूको आन्दोलनलाई राजनीतिकरण हुन नदिने भन्दै नेताहरुलाई फर्किन सुझाव दिएका थिए। आफूहरुलाई समर्थन गर्न बानेश्वर आउनुभन्दा संसदबाट ऐन पारितका लागि पहल गर्न आग्रह गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने शिक्षकहरूले सोमबार २७ औं दिन पनि आन्दोलनलाई जारी राखेका हुन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नबनेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। मन्त्रीस्तरीय निर्णय,…
काठमाडौं,१५बैशाख। नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत् आपूर्तिमा लोडसेडिङ नरहेको दावी गरेको छ। माग र आपुर्तिबीचको सन्तुलन कायम गर्न भारतबाट विजुली आयात गरिरहेको प्राधिरकणले जनाएको छ। विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचनालाई प्राधिकरणले भ्रमको संज्ञा दिएको छ। भारतबाट बिजुली आयात गर्दा १० भारतीय रुपैयाँ भन्दा बढि नतिरेको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ। जसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २१ सय ४९ मेगावाट रहेका छन्। हाल आन्तरिक उत्पादन औसतमा १ हजार…
परासी,१५बैशाख। नवलपरासी पश्चिमका सात वटै पालिकाले जिल्ला वन डिभिजन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत (डिएफओ) लाई कारवाहीको माग गरेका छन्। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकमा नआउने र आएपनि हस्ताक्षर नगरी जाने गरेकोले डिएफओ जिवन पंगेनीलाई कारवाहीका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयसँग माग गरेको हुन्। जिल्लामा गठित ढुगाँ,गिट्टी, बालुवा,उत्खनन विक्रि वितरण तथा ब्यवस्थापन समितिले निर्णय गरेर राष्टपति चुरे संरक्षण कार्यालयमा पठाउने र पछि उक्त कार्यालयले अनुगमन गरे पश्चात मात्र जिल्लाका नदीबाट निकासी गर्न पाउने प्रवाधान छ। उक्त समितिको सदस्यमा डिभिजन बन कार्यालय पनि पदनीय सदस्य छ । वन कार्यालयका प्रतिनिधिले सहमति…
काठमाडौं,१५बैशाख। पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई र रक्षामन्त्री सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको अध्यक्ष भट्टराईको निजी सचिवालयले जनाएको छ। भेटमा डा. भट्टराईले कश्मिरको पहलगाम क्षेत्रमा भएको आंतकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा रहेका छन् ।
कपिलवस्तु,१५बैशाख। कपिलवस्तु प्रहरीले ४३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला तुलसीपुर थाना सोनपुरका ४२ वर्षीय शिवा पटवा भन्ने आशीष कुमार रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका आशीष कुमारको साथबाट स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए। प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकको साथबाट रुपैयाँ (नोट) गन्ने मेसिन समेत बरामद भएको छ। उनी गैरकानुनी हुण्डी कारोबारी भएको हुन…
काठमाडौं,१५बैशाख। पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोराले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन्। सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन्। बोहोरा गत चैत्र २८ गते संगठको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका बोहोराले आफूलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहरणमा जान लागेको बताएका छन्।
कैलाली,१५बैशाख। हतकडीसहित फरार भएकी थुनुवा भारतबाट पक्राउ परेकी छिन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थपका लागि सरकारी वकिल कार्यालय कैलालीमा लगिएको बेला महिला थुनुवा हतकडीसहित फरार भएकी थिइन् । सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् । शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी टीकापुर नगरपालिका–१ की ५० वर्षीय मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैलालीका एसपी पदमबहादुर विष्टले फरार भएको थुनुवालाई पक्राउ गरिएको बताए। थुनुवा फरार भएपछि प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको उनले बताए।
काठमाडौं,१५बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले मुलुकको आर्थिक विकासमा सरकारका साथै निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन हुने बताए। पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्वबजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजी क्षेत्रले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।
भैरहवा,१५बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयको प्रहरीको गुण्डागर्दी बन्द गर्न व्यवसायीले आग्रह गरेका छन् । पालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायी हरिश सेठियाले नगरमा प्रहरीको ज्यादतीका कारण व्यवसायमा मार परेको गुनासो पोखे। उनले करको दायरमा आएका व्यवसायीको ढाड सेक्ने नगरपालिकाले करको दायरमा नआएकालाई सोध्न समेत नजाने गरेको दावी गरे । ‘कसैले व्यापार गर्छ भने पालिकामा दर्ता हुनुपर्छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य समेत रहेका उनले भने, ‘तपाईहरुले राखेको नगरप्रहरीलाई अहिले नै उनीहरुलाई एसपी-डिआईजी बनाईदिनु भएको छ।’ नगर प्रहरीको ज्यादतीका कारण बैंकरोडको व्यवसाय धरासयी भएको उनको भनाई छ । उनले नगर प्रहरीहरुको रैवया सुधार गर्न वा ज्ञान दिन आग्रह गर्दै नगरप्रहरीको…