Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, ४ बैशाख। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि (शुक्रबार) सम्म देशका विभिन्न भू-भागहरुमा पानीसहित चट्याङ पर्न सक्ने सम्भावना रहेकोले मुसुरो, गहुँ लगायतका बाली नकाट्न आग्रह गरेको छ । मौसमविद् बिनु महर्जनका अनुसार भोलि कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोही दिन मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। यी स्थानहरुमा हावाहुरीसहित चट्याङ पर्ने देखिएकाले सतर्क रहन उनले आग्रह गरिन्। भोलिसम्म वर्षाको सम्भावना देखिएकाले ती स्थानमा मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्न महाशाखाले आग्रह गरेको छ। महाशाखाका…

Read More

सर्लाही,४ बैशाख। प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । सिन्धुलीको मरिनखोलाबाट बा२०च १७८२ नम्बरको गाडीमा लालबन्दीतिर ल्याउँदै गरेको अवस्थगामा २ सय ४४ किलो गाँजा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । साथै, गाडी चालक लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरीलाई पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका र प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट चोकबाट गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार बरामद गाँजा बोरामा लुकाएर रातो प्लास्टिकमा ४५ पोका (२४४ किलो) प्याक गरिएका अवस्थामा थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

Read More

काठमाडौं,४ बैशाख। प्रहरीले सुन, चाँदी र नगदसहित नौ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र घर भई हाल काठमाडौँका विभिन्न स्थानमा बस्ने वर्ष ३० वर्षीइ नबनाथ बाकु कसीद, २० वर्षीय सन्दिप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ ईनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोश्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली रहेको प्रहरीले जनाएको छ। काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अवैध कारोबार भैरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको…

Read More

भैरहवा,४ बैशाख। नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईहरुलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरेको हो । बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुहोस् सूचीः

Read More

काठमाडौं,४बैशाख। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत ४ गते ट्रकबाट बरामद गरेको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रकरणमा ट्रक चालक कुसाङ लामा पुर्पक्षका लागि लागि थुनामा (कारागार) चलान भएका छन् । उक्त रकमसहित उनी पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले चालक लामा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। उक्त रकम धनी भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेल फरार छन् । पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । ना ७ ख १६५२ नम्बरको ट्रकमा ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय…

Read More

भैरहवा, ४ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले बिहीबार भैरहवामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ। विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको समाधान गरिनुपर्ने संगठनको माग छ । त्यस्तै गौतमबुद्ध विमानस्थललाई…

Read More

भैरहवा, ४ वैशाख। मुलुकमा अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहेको नागरिकको गुनासोपछि अवस्थाबारे अध्ययनका लागि संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति भैरहवा पुगेको छ। समिति लुम्बिनी प्रदेशमा उद्योग, वाणिज्यको अवस्था तथा मूल्यवृद्धिको अध्ययन गरेर आवश्यक कदमका लागि सरकारलाई प्रतिवेदन बुझाउने छ । समितिले बुधबार लुम्बिनी प्रदेशका विषयगत समितिसँग यस क्षेत्रका उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ताको अवस्थाबारे छलफल गरेको छ। त्यस्तै बिहीबार बुटवलमा उद्योगी–व्यवसायीसँग छलफल गरेको छ । समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानले खासगरी पछिल्लो समय डण्डी (छड्) लगायत मा अस्वभाविक रुपमा मूल्यवृद्धिप्रति धेरैको चासो रहेको र समितिले त्यसबारे अध्ययन गरी सरकारलाई यर्थात् जानकारी गराउने बताए…

Read More

भैरहवा, ४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गत चैत १५ गते समाजवादी मोर्चाले गरेको सभा र राजावादीको गरेको हिंसात्मक प्रर्दशनले गणतन्त्रवादी र राजावादी कस्ता रहेको विषयमा नागरिकले बुझ्ने मौका पाएको बताए बिहीबार पार्टीको तराई मधेस जागरण अभियान अन्तर्गत भैरहवा पुगेका बेला प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजावादीको ज्वरो फेरी आउने जस्ता नलागेपनि बिचण्डा मच्चाइराख्ने हर्कत गर्न सक्ने भएकोले लोकतन्त्र पक्षधर सतर्क रहनुपर्ने बताए । ‘राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्कियो । अब फेरी त्यही रुपमा आउन सम्भव छैन । पूर्वराजा ज्ञानेन्द्रले जनकमाण्डर घोषणा गरेको एउटा हावालाई गिरफ्तार गरिएको छ’,…

Read More

भैरहवा, ४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नरमा पार्टीमा नभई बिचौलियाको बीचमा भागबण्डा नमिलेको आरोप लगाएका छन्। बिहीबार तराई मधेस जागरण अभियान अन्तर्गत भैरहवा पुगेका उनले प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा कुन बिचौलिया समूहको गभर्नर हुने भन्ने कुरा टुङ्गिन नसकेकाले नियुक्ति हुन ढिलाई भएको बताएका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले राम्रो काम गर्ने कर्मचारीलाई अपमानित गरेर निकाल्ने र आफूले भनेको काम गर्ने कर्मचारीलाई राजनीतिक भर्ती गर्न लागेको उल्लेख गरे। ‘बिचौलियाहरुले कहिले कांग्रेसलाई पक्रेका छन्, कहिले एमालेलाई पक्रेका छन् । गभर्नर जस्तो पद देशको अर्थतन्त्रलाई नियमन गर्ने, नियमित गर्ने, सन्तुलित…

Read More

भैरहवा,२ बैशाख । राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छलीको कसुरमा भैरहवाको सुन्दर हार्डवेयर एण्ड प्लाइउडका संचालक जोगेन्द्र अग्रहरी तथा उक्त फर्मविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ। कार्यालयले सिद्धार्थनगर नगरपालिका-८ स्थित अग्रहरीले संचालन गरेको पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट गरेको अनुसन्धानबाट ठहर गर्दै मंगलबार उच्च अदालतमा अभियोग पत्र दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले जारी गरेको विज्ञप्ति अनुसार मुद्दामा ५४ लाख ४१ हजार ४ रुपैयाँ बिगो कायम गरिएको र बिगोको शतप्रतिशत ५४ लाख ४१ हजार ४ रुपैयाँ जरिवाना गरी कुल एक करोड आठ लाख बयासी हजार नौ रुपैयाँ माग दाबी गरिएको छ। साथै,…

Read More