


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
मनोरञ्जन शर्मा भैरहवा,२१चैत। आन्तरिक राजस्व कार्यालय भैरहवाले ७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा वार्षिक लक्ष्यको ९० दशमलव ०५ प्रतिशत राजस्व संकलन गरेको हो। राजस्व विभागले कार्यालयलाई ८ अर्ब ९ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो। विगतका केही वर्षमा कार्यालयले राजस्व संकलनमा विभागले दिएको लक्ष्य पूरा गर्न असफल भएको राजस्व कार्यालय भैरहवाले सत प्रतिशत संकलन गर्न नसके पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतमाथि राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताए । मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले चालु आवको…
काठमाडौं, २१चैत। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बित भएका छन्। रेडक्रसको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आईएफआरसी)ले पत्र लेखेर अध्यक्ष नेपालसहित मनोज कुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना, विनोदकुमार बस्नेतलाई निलम्बन गरेको जानकारी दिएको छ। संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको कारण सहित उनीहरुलाई निलम्बन गरिएको आईएफआरसीले जनाएको छ। त्यस्तै संस्थामा राजनीतिक हस्तक्षेप निम्त्याएको पनि उनीहरुमाथि आरोप लगाएको छ। आइएफआरसीको विधानको धारा ८ प्रतिकूल हुने गरी कार्य गरेकाले निलम्बन गरिएको संस्थाले बताएको छ। आईएफआरसीले कारबाही गरेकाहरु मूलतः राजनीतिक भागबण्डा गरेको आधारमा कारबाहीमा परेकाहरु छन्। नेपाल रेडक्रसलाई…
दाङ, २० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले घाटा बजेट नल्याउने दावी गरेका छन्। प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले घाटा बजेट नल्याउने र बजेटको आकार पनि घट्ने भएकाले सोहीअनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। उनले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरु समेट्न आग्रह गरे। ‘आउँदो वर्षको बजेट घाटा बजेट हुनेछैन । ३२/३३ अर्बको हाराहारीमा बजेट आउँछ,’उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ। प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ।’ प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने…
लुम्बिनी, २० चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारदेखि लुम्बिनीमा सुरु भएको हो । सम्मेलनको एक कार्यक्रमकाबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उद्घाटन गरे। सो अवसरमा बोल्दै उनले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताए। विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो। योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजनाहरु निर्माणमा अग्रसरता दिइरहेको उनले बताए। उच्च शिक्षामा बौद्ध दर्शन…
काठमाडौं, २० चैत। भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सुपरमार्केटमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्किने बताएका छन्। राजावादीहरुको प्रर्दशनको क्रममा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजसंस्था पुनर्स्थापना आन्दोलनका प्रमुख अगुवा दुर्गा प्रसाईँलाई ‘गुन्डा नाइके’को संज्ञा दिए। उनले भाटभटेनीमा भएको आक्रमणको आलोचना गर्दै राजसंस्था पुनर्स्थापनाका नाममा हिंसा गरेर कुनै लक्ष्य प्राप्त नहुने धारणा राखे । उनले दुर्गा प्रसाईँलाई राज्यले संरक्षण दिएकाले नै अहिलेको स्थिति उत्पन्न भएको आरोप लगाए। उनले भने, ‘राज्यले एकजनालाई पुलपुल्याउँदा यस्तो अवस्था आयो। उनले चाहे अनुसार राजसंस्था फर्कने होइन। मारवाडीहरुलाई दोष दिएर देश कङ्गाल बनाउन खोज्नेहरुसँग हामी असहमत छौँ। भाटभटेनी लुटेर,…
काठमाडौं, २० चैत। काठमाडौंको झोरमा ट्रकमा फेला परेको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान खुलेको छ। राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको हो। पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ। गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो। चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले रकम बरामद गरेको थियो।
बैंकक, २० चैत। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका राजा बजिरालोङकर्नबीच भेटवार्ता भएको छ।थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका प्रधानमन्त्री ओली र राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता भएको हो। राजादम्पतीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए।यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा ८ सहमतिपत्रमा हस्ताक्षर भएको थियो। थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्ड गएका हुन्।
भैरहवा,२० चैत। रुपन्देही प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन् गरिरहेको सवारीसाधन नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय ओमसतियाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–५ स्थित गौरीबाट सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। अवैध रुपमा मिस्कट उत्खनन् गरी ओसापसार गरिरहेको अवस्थामा नम्बर नखुलेको जेसीबी र प्रदेश २–०३–००१ ख ०८१३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जनाए। उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ६० हजार रुपैयाँ जरिवाना कारवाही भएको छ ।
भैरहवा, २० चैत। संघिय सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता दीपक बोहराको बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार काठमाडौंमा ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । निधन पश्चात श्रद्धान्जलीका लागि पार्थीव शरीर उनको गृहनगर ल्याएर अन्तिम संस्कारका लागि पुनः काठमाडौं लगिएको थियो। दिवंगत बोहराको पार्थीव शरीरमा उनका छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेता बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल…
भैरहवा, २० चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पहिलो पटक राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको प्रशिक्षण सुरु भएको छ। आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी–२० सिरिजमा उत्कृष्ट प्रर्दशनका लागि खेलाडीहरुको बन्द प्रशिक्षण भैरहवामा सुरु भएको हो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण दिनेछन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे । ‘तपाईंहरु राष्ट्रका गहना हो’, उनले भने, ‘त्यसैले तपाईंहरुले सफलता पाउँदा होस् वा नपाउँदा होस् सबै नेपालीहरु साथमा छन् । यसपटक सफलता हात पर्नेमा हामी विश्वस्त छौं ।’…