


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १४ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीमा घुससहित एक जना प्रहरीलाई पक्राउ गरेको छ। भन्सार छलेर सामग्री ल्याउन सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा प्रहरी चौकी हाटी बनगाईमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्कालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाए। अख्तियारले उनलाई रकमसहित जिल्लाको मायादेवी गाउँपालिका वडा नं.६ बाट पक्राउ गरेको जनाएको छ।
काठमाडौ, १४चैत। मुलुकको पहाडी क्षेत्रमा बसोबास गर्नेहरुले छाड्ने क्रम बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पहाडी क्षेत्रमा बसोबास घट्दै गएको छ भने तराई क्षेत्रमा निरन्तर बढ्दै गएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए। उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए। उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन्…
काठमाडौ, १४चैत। मुलुकको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बिहीवार एभरेष्ट होटलमा बानेश्वरमा आयोजित एक कार्यक्रमको एउटै मञ्चमा पुगेका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा पुगेका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी भएका हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् । गत सोमबार मात्रै तीन जना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति जुटाएका थिए ।
भैरहवा, १४ चैत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपुतालीमा राजा भएको टिप्पणी गरेका छन्। बिहीवार उनले सामाजिक संजाल फेसबुकमा स्ट्याट्स लेख्दै ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका बेला पनि राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको आरोप पनि लगाएका छन्। यो कुरा पूर्वपञ्चहरुले नै त्यसबेला सार्वजनिक गरेका तथ्यमा पढ्न पाइने दाबी उनको छ। ‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानि पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरूले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरू पढ्न पाइन्छ। अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरूले उनको गुनगान गाउनु बेग्लै कुरा हो’, उनले भनेका छन्, ‘तर आम जनताले त उनी…
भैरहवा, १४चैत। नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। बिहीवार सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
भैरहवा, १४ चैत। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोमा जनता खुशी नरहेको बताएका छन्। उनले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम ‘कुलमान घिसिङ’ भएको भन्दै लक्ष्मीपूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने विशेष नाम पनि ‘कुलमान घिसिङ’ रहेको बताए। ‘लोडसेडिङ जस्तो अलोकप्रिय विषयलाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन ‘कुलमान घिसिङ’, ‘बिहीवार सामाजिक संजाल फेसबुकमा घिसिङसँगको फोटो पोष्ट गर्दै उनले लेखेका छन्, कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार ! पटक्कै खुशी छैनन्।’ उनले अगाडि लेखेका छन्, ‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज…
काठमाडौं, १४ चैत। चालू आर्थिक वर्षमा चार लाख ३३ हजार ७०३ करदाता बढेका छन् । अर्थ मन्त्रालयका अनुसार हालसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६६ लाख ५९ हजार ८३६ पुगेको छ। नयाँ दर्ता भएका करदातामध्ये व्यावसायिक प्यान ३० दशमलव २ प्रतिशत, कर कट्टी गर्ने निकायका प्यान ० दशमलव ५ प्रतिशत र व्यक्तिगत प्यान ६९ दशमलव ३ प्रतिशत रहेका छन्। त्यस्तै मूल्य अभिवृद्धि करमा (भ्याट) दर्ता भएका करदाताको संख्या ३ लाख ४१ हजार ७१६ पुगेको छ भने अन्तःशुल्कमा दर्ता भएका करदाता १ लाख २३ हजार १३२ छन् । करदाता संख्या उल्लेख्य रुपमा बढे पनि सरकारको राजस्व सङ्कलन अपेक्षाअनुसार वृद्धि हुन…
भैरहवा, १४ चैत। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले समाज पछाडी नफर्किने भएकोले मुलुक निरंकुशतातर्फ जान नसक्नेमा आफु प्रष्ट रहेको बताए। ‘जनता लोकतन्त्रको मार्गमा अगाडी बढिसकेका छन् र अगाडी बढेको समाज पछाडी फर्किदैन’, उनले भने,‘लोकतन्त्रमा सरकार परिवर्तन हुने कुरा हुन्छ । तर, लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको समाज निरंकुशतातर्फ जाला भन्ने मलाई लाग्दैन।’ उनले केही कमी कमजोरीका कारण नागरिकको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको रहेको बताए। नागरिकको पीडा र समस्याको समाधन निरंकुशता नभई लोकतन्त्रमार्फत…
ललितपुर, १४ चैत। ललितपुरको इमाडोलमा खुकुरी प्रहार गरी युवकको हत्या गरिएकोछ। रामेछाप स्थायी घर भई ललितपुर बस्दै आएका ३० वर्षीय रिपेश खातीको गएराति खुकुरी प्रहार गरी हत्या गरिएको हो। हत्याको आरोपमा रामेछापकै २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार अनुसार आपसी विवादको क्रममा रसाइलीले खुकुरी प्रहार गरी खातीको हत्या गरेका हुन्। सुमन र रिपेश साथी हुन्। प्रहरीका अनुसार रिपेशले युवतीलाई जिस्काएको जानकारी पाएपछि सुमनले राति नै रिपेशलाई भेट्न बोलाएका थिए। भेट्न पुगेपछि एक्कासी उनीमाथि खुकुरी प्रहार गरेका हुन्। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।
काठमाडौं,१३ चैत। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि उनी सर्वोच्च अदालतमा पुगेका छन्। आफुलाई गैरकानुनी रुपमा पदबाट हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने मागसहित अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । बुधवार करिब ५ बजेतिर वारेसमार्फत घिसिङको रिट आएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत…