


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, १५ जेठ । आज दिउँसो १ बजे संघीय संसदमा पेश हुने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ । मंगलबार बिहान ११ बजे डाँकिएको मन्त्रीपरिषद बैठक दुई घण्टा पछि सरेसँगै बजेट भाषण पनि दुई घण्टा पछि सरेर दिउँसो ३ बजेका लागि निर्धारण गरिएको छ ।
चितवन,१५ जेठ । सडक भासिदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्द भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो। सोमवार राति २ बजे गैडाकोट नगरपालिका ९ थुम्सीको जङ्गलमा सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का डिएसपी बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको बताए । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउन लागिएको छ ।भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किएको प्रहरीले जनाएको छ । सडक एकतर्फी भए…
भैरहवा, १३ जेठ । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ कार्यालयको आयोजना सेनेटरी प्याड सम्बन्धि तालिम सुरु भएको छ । किशोरी/महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेनेटरी प्याड सम्बन्धि तालिमको आयोजना गरिएको हो । वडा नम्बर ५ को कार्यालयमा आइतबार एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तालिमको उद्घाटन गरे । तालिममा वडाका २५ जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ । तालिममा सहभागीहरुलाई जेठ १३ देखि जेठ १९ गतेसम्म सेनेटरी प्याड बनाउन सिकाइनेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले तालिममा सहभागीहरुलाई गम्भिरताका साथ तालिम लिई अन्यलाई पनि सिकाउने गरी तालिम लिन आग्रह गरे । उनले तालिम मार्फत…
भैरहवा, ९ जेठ। नेपाल प्रहरीका ६४ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयानुसार उनीहरुको बढुवा भएको हो । बढुवाका साथै उनीहरुको पदस्थापन समेत गरिएको छ । हेर्नहोस् सूची
भैरहवा, ४ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार देखि ३ दिने प्रथम उपाध्यक्ष कप अन्तर्गत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकामा किशोरीहरुको खेलको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित उपाध्यक्ष कप सुरु भएको हो । कार्यक्रमबारे जानकारी दिदै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बिद्यालय स्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताईन् । उनले भलिबल खेलमा प्राय पुरुषको वर्चश्व रहेको ठानिएको स्थानमा महिलाहरु पनि यस खेलको माध्यमबाट अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन । उनका अनुसार प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टिम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टिम गरी ७ वटा टिमको सहभागीता रहेको छ…
काठमाडौं, ३ जेठ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालयबाट एक जना कर्मचारीलाई पक्राउ गरेको छ । ब्युरोले कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई पक्राउ गरेको जनाएको छ । यसअघि व्युरोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल, यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्ट पक्राउ गरेको थियो । विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ। पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था…
भैरहवा, ३ जेठ । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले विधार्थीको शुद्ध पठन, द्रुत पठनका लागि शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको छ । कार्यालयले आधारभुत तह देखि नै विधार्थीको पठनमा शुद्धता र द्रुतता ल्याउनका लागि मेरो सेरोफेरो र अनिवार्य नेपाली विषयका शिक्षकहरुका लागि तालिम कार्यशाला संचालन गरेको हो । दुई दिनसम्म संचालन कार्यशालामा नगरभरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरु सहभागी छन् । सन्था विधी अनुसार संन्थामा विधार्थीले शिक्षकले कुनै वर्ण, शब्द, वाक्य र छन्दको उच्चारण गरेको प्रत्यक्ष सुन्छ्, हेर्छ, अनुभूति गर्छ र शिक्षकले जस्तै गरी दोहोर्याउँछ । विधार्थीले कुनै वर्ण, शब्द, वाक्य र छन्दको सही उच्चारण…
भैरहवा, ३० बैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले आमनागरिकलाई साथमा लिएर कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउँदै लैजाने बताएका छन् । सशस्त्रका हरेक गतिविधिमा अहिलेसम्म आमनागरिकको साथ र सहयोग पाइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सबैको सहकार्यमा कार्यसम्पादनलाई प्रधावकारी बनाउने उल्लेख गरे । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीको १७ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित विशेष समारोहमा बोल्दै डीआईजी खत्रीले भने, ‘हामीलाई नागरिकको साथ र सहयोग अपरिहार्य हुन्छ । नागरिकको कुनै पनि साथ र सहयोग नभए हाम्रो उपस्थिति अथवा हाम्रो कार्यसम्पादनले खासै अर्थ राख्दैन…
भैरहवा, ३० बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सवारी चालकहरुलाई लक्षित गरी सीमानाकामा सम्झाई बुझाई अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो । भारतबाट मालवाहक गाडी लिएर आएका सवारी चालकहरुलाई भैरहवा भन्सार कार्यालयको परिसर भित्र सम्झाई बुझाई गरी अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बजिरसिंह बिष्टले जानकारी दिए । अभियान एक हप्तासम्म संचालन हुनेछ । अभियानका क्रममा भारतीय सवारी चालकहरुलाई लेन अनुशासन, ओभरट्याक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका लगायत ट्राफिक नियमबारे जानकारी गराउने गरिएको छ । ‘भारतबाट मालवाहक गाडी लिएर आएका…
भैरहवा, २० बैशाख। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले बिहीबार उनीहरुलाई काज, सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो । हेर्नुहोस कसको सरुवा कहाँ ?