


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, ९बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारबाट आएको उजुरी पत्रबारेको प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गिरीलाई अख्तियारले पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा गिरीले अख्तियारमा परेको उजुरीको जवाफको पत्र आएको र उजुरीसँग सम्बन्धित प्रमाण मेटाइ उजुरी फरकफरक गर्न आवश्यक कार्य गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ। उनीविरुद्ध २५ हजार बिगो र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार…
काठमाडौं,९बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसमेत तीनजनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, लेखापाल हासिम मियाँ अन्सारी र केएस मल्टिप्रपोज तथा उक्त कम्पनीका अध्यक्ष कमल कुमार उपाध्यायविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरु विरुद्ध सार्वजनिक ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिता गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष ०७७/०७८ मा सञ्चालन भएका…
भैरहवा, ९ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देहीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार राप्रपा जिल्ला अध्यक्ष सागर प्रताप राणाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत ७ बुँदे मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग नागरिक समाज सम्मिलित स्वतन्त्र आयोग गठन, छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन, मृतकहरु सबिन महर्जन र सुरेज रजकलाई शहीद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था, झुठा मुद्दा खारेजी र निर्दोषहरुको रिहाई, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था तथा पार्टीले पेश गरेको ४० बुँदे मागउपर नवीन समक्षदारीका लागि वार्ता…
भैरहवा, ९ वैशाख। रुपन्देहीको मर्चवारमा समाचार संकलनका लागि जाने क्रममा पत्रकारलाई दुव्र्यहार गर्नेहरुलाई कारवाहीको माग गरिएको छ। मंगलबार लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ रुपन्देहीले छुट्टाछुट्टै रुपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संग्लनहरुलाई पक्राउ गरेर कारवाहीको माग गरेका हुन्। सोमबार संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा दीपेश यादव नेतृत्वको तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका थिए। पत्रकार विश्वकर्मा एपी वान टेलिभिजनमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश…
भैरहवा, ९ वैशाख। रुपन्देहीको दानव नदीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एकै गाउँका तीन जना बालकको शव फेला परेको छ। सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। बेपत्ता पश्चात नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगमा खोजतलास गर्दा तीन जना बालक शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपनदेहीका डीएसपी सुरज कार्कीैले जनाए। खोजतलासका लागि बाँकेको शम्शेरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा १३ जनाको गोताखोरसहितको टोली परिचालन गरिएको थियो।
भैरहवा, ९ वैशाख। पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको दुव्र्यहारको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । समाचार संकलनका क्रममा रुपन्देहीको मर्चवार जाँदै गरेका पत्रकार विश्वकर्माले मायादेवी गाउँपालिका–६ स्थित मकरीमा तस्करी भइरहेको भिडियो खिच्ने क्रममा दीपेश यादव नेतृत्वको तस्करको समूहले दुव्र्यहार गरेको थियो। पत्रकार विश्वकर्मा एपी वान टेलिभिजनका लुम्बिनी प्रदेश ब्यूरो प्रमुख हुन्। राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका मानव अधिकार अधिकृत आशिष श्रेष्ठको नेतृत्वको टोलीले घटनाबारे जानकारी लिएको विश्वकर्माले बताए। संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला…
कपिलवस्तु,८ बैशाख। कपिलवस्तु प्रहरीले पेस्तोल प्रर्दशन गर्दै टिकटक बनाउने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका ६ महादेवका २१ वर्षीय रघुविन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका युवक यादवले आफ्नो टिकटक एकाउन्टमा पेस्तोल सहित हातहतियार राखेर भिडियो प्रदर्शन गरेका थिए। टिकटक भिडियोबाट समाजमा डर त्रास उत्पन्न गराएकोले मायादेवी गाउँपालिकाको पकडीस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले बताए। पक्राउ परेका यादवलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा म्याद थप गरे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
दाङ, ८ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताएका छन् । ‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपालः स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच’ भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा उनले रैथाने खाद्यान्न बालिमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालिको संरक्षण, सम्बद्र्धन र प्रयोगमा आधारित नीति लिइने बताए । उनले खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा पनि जोड दिए। ‘रैथाने बालिको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ। पोषण प्रवर्द्धन एक्लो प्रयासले सम्भव हुँदैन। यसमा तीन तहका सरकार, सामाजिक संघ–संस्था र समुदायको सहभागीता…
भैरहवा, ८ वैशाख। सिद्धार्थनगर नगरपालिका नगर प्रहरीले ज्यादती गरेको भन्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले पालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। पसल अगाडिबाट सामग्री उठाउने नाममा नगर प्रहरीले ज्यादती गरेको भन्दै सोमबार संगठनले सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाएको हो । ‘एकाएक नगर प्रहरीद्वारा पसलहरुको अगाडिबाट व्यापारीका सामग्रीहरु कुनै पनि प्रकारले उठाएर लैजाने क्रममा शरीरमा चोटपटक लाग्ने गरी जबरजस्ती धक्कामुक्की गर्नु, हातखुट्टा भाँच्नु, पर्यटकहरुसित अभद्र व्यवहार गर्ने कार्य भएको छ’, संगठनका अध्यक्ष दर्पण श्रेष्ठको दावी छ। उनले हालको परिस्थितिमा बजार चलायमान नभएर सम्पूर्ण उद्योग–व्यवसाय क्षेत्र समस्याग्रस्त रहेको बताए। नगर प्रहरीको बोल्ने व्यवहार, शैली,…
भैरहवा, ८बैशाख। रुपन्देहीमा पत्रकार राधेश्याम विश्वकर्मालाई तस्करहरुको समूहले दुव्र्यहार गरेका छन् । संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका हुन्। पत्रकार विश्वकर्मा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्र्तगतको एपी वान टेलिभिजनमा कार्यरत छन् । समाचार संकलन गर्न जाने क्रममा मायादेवी गाउँपालिका ६ स्थित मकरीमा लामवद्ध रुपमा साइकल र मोटरसाइकल भइरहेको तस्करी भीडियो छाँयाकन गर्दा दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले दुव्र्यहार गर्दै छाँयाकन गरिएको भीडियो डिलिट गराएको पत्रकार विश्वकर्माले बताए । उनका अनुसार…