Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० चैत। काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रर्दशनको क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले राहतस्वरुप १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। बुधबार गृहमन्त्री रमेश लेखकले मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार मन्त्रालयको उक्त निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेश गरिनेछ। गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा आगजनीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।

Read More

भैरहवा, २० चैत। सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधनप्रति सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले शोक विज्ञप्ति जारी गर्दै बोहराको निधनले संघ परिवार मर्माहत भएको जनाएका छन्। ‘यस क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामनाको लागि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं, साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ । मंगलबार बोहराको काठमाडौंको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

Read More

काठमाडौं,२०चैत। काठमाडौंमा शिक्षकहरु फेरी प्रर्दशनमा उत्रिएका छन्। विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरु फेरी काठमाडौंमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन्। शिक्षक महासंघको अगुवाइमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरुले प्रर्दशन गरेका छन्। दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो। तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी समेत…

Read More

काठमाडौं,२० चैत। भुकम्प पीडितको सहायताको लागि नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ। म्यानमारमा केही दिन अघि मात्रै आएको भुकम्पका कारण त्यहाँ धनजनको क्षति भएपछि मेडिकल राहतसहित सेनाको टोली बुधवार म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानद्वारा म्यानमार गएका हुन्। विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् इक्युप्मेन्टहरुसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् ।उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरुको स्वास्थ्य उपचारमा खटिएर सेवा प्रदान गर्ने…

Read More

काठमाडौं,२० चैत। प्रहरीले भारतीय गुण्डानाईके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिएर फिरौती मागेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) रहेको प्रहरीले जनाएको छ। उनलाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको हो। कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार बिसीले विदेशी नम्बरबाट ह्वाट्सएपमार्फत पाँच करोड भारतीय रुपैयाँ (८ करोड ने.रु) फिरौती मागेका थिए। बिसीविरुद्ध यसअघि पनि अपराधिक गतिविधिमा संग्लनको रहेकोले अनेक मुद्दाहरु दर्ता भएका छन् । उनी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई गोली हान्ने घटनामा संलग्न भई ५ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । यसअघि पनि उनले अपराधी समूहमा…

Read More

सलमान खानभैरहवा, २० चैत। मुलुक पञ्चायतकाल देखि गणतान्त्रिक व्यवस्थासम्म कोल्टो फेर्दा रुपन्देहीका नेता दीपक बोहरा सधैं नागरिकको साथमा देखिए । शासन व्यवस्था बदलिएसँगै आफुलाई पनि परिवर्तन गरेर उनी लम्किदैं गए । तर, कोराना संक्रमणको दोस्रो लहरमा संक्रमित भएको केही समयपछि स्वरमा परिवर्तन आयो । पोस्ट कोभिडका कारण घाँटीको समस्याले थला परेका ७४ वर्षीय बोहरा आफ्नो जन्मदिनको अघिल्लो दिन काठमाडौंमा उपचारको क्रममा अस्ताए । रुपन्देहीको क्षेत्रमा अनेक विकासका कार्य गरेका आफ्नो नेतालाई मंगलबार स्थानीयवासीहरुले श्रद्धान्जली अर्पण गर्न पर्यो । पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म जनप्रतिनिधिका रुपमा उनी निर्वाचित भए । ०७९ को निर्वाचनमा उनी रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्य थिए । नागरिकको…

Read More

काठमाडौं, २० चैत। राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताका नाममा हिंसा स्वीकार्य नहुने बताएका छन् । बुधबार काठमाडौंमा रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले संविधानले दिएको प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन नमिल्ने भन्दै लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था,मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताए । उनले संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष भएको धारणा राखे। उनले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पारे। उनले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्षतिप्रति दुःख व्यक्त गर्दै नागरिकको मृत्यु…

Read More

थाइल्याण्ड, २० चैत। नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले र संस्कृतिसम्बन्धी समझदारीपत्रमा थाइल्याण्डका तर्फबाट संस्कृतिमन्त्री सुदावान वाङ सुफा किजकोसोल तथा पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरे। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ। महासंघ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो। दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा…

Read More

दाङ, २० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरु उत्पादनमा नजोडिँदासम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरु अनिवार्य रुपमा जोडिनुपर्ने बताएका हुन् । ‘जुन लक्ष्य र उद्देश्य बोकेर सहकारीहरु निर्माण भएका छन्। जसरी उत्पादनसँग जोडिनुपथ्र्यो। त्यसरी नजोडिएको देखेको छु’उनले भने– ‘सहकारी संस्थाको माध्यमबाट स्थानीय उत्पादन बढाउन सकिन्छ । किसानको उत्पादन बजारसम्म पुर्याउन सकिन्छ। आयआर्जन बढाउन सकिन्छ। किसानको जीवनस्तरमाथि उठाउन सकिन्छ।’ सबै सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा उनको जोड छ। समाजवादको आधारशिला सहकारी भएको र प्रदेश सरकारले…

Read More

सलमान खानभैरहवा । राजनीतिमा पाका र दुरदर्शी नेताको रुपमा स्थापित दीपक बोहराको पहलकदमीले रुपन्देही क्षेत्रमा भएका विकास सम्झनामा रहने भएका छन्। दरबार र जनताको रोजाइमा परिरहने बोहरा व्यवस्था बदलिएसँगै आफुलाई पनि परिवर्तन गरेर नागरिकसँग हातेमालो गर्दै विकासका लागि अघि बढे। पञ्चायत, बहुदल देखि गणतन्त्रसम्म गरेका विकासका कार्यहरु यस क्षेत्रका पुराना पुस्ता र उनका समकक्षीहरुको सम्झनामा छ। राजनीतिका पुराना पुस्ताका मध्ये नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशका सांसद देवीप्रसाद चौधरी उनलाई सम्झिदैं भन्छन्– ‘बोहराले पञ्चायतकालमा धेरै काम गर्नु भएको छ । अस्वथ्य भएको बेला काम गर्ने कुरा हुँदैन । उहाँको निधनले यस क्षेत्रलाई क्षति पुगेको छ।’ यस क्षेत्रमा विकासका ठूला आयोजनाहरुलाई अगाडी बढाउन…

Read More