


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१७ चैत। काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न नमानेपछि नगर प्रहरीले उक्त पत्र हुलाकमार्फत निर्मल निवासमा पठाएको छ। शुक्रवार राजावादीको आन्दोलनमा फोहोर, तोडफोड भएको भन्दै महानगरपालिकाले पूर्वराजा शाहको नाममा ९ वटा शीर्षकमा ८ वटा पत्रमार्फत ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्र काटेको थियो । जुन पत्र आइतबार महानगरपालिकाको टोलीले पूर्वराजा शाहलाई बुझाउनका लागि निर्मल निवासमा जाँदा सुरक्षाकर्मीले उनीहरुलाई गेटबाटै फर्कादिएका थिए। पत्र नबुझेर टोलीलाई फर्काइएपछि हुलाक मार्फत पत्र पठाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए।
काठमाडौं, १७ चैत। सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्। उनले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन्। संसद् भवन नयाँबानेश्वरमा आइतबार भएको राजनीतिक दलका प्रमुख सचेतकसँगको बैठकमा उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन आग्रह गरे। अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनले बताए। उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक आह्वान गरेका छन्।
भैरहवा, १७ चैत। नेपालको स्थानीय बजार सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। आइतबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य आइतबार १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं,१७चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (भोली) संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। आइतबार बिहान सभामुखले बोलाएको मुख्य सचेतकहरुसँगको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्। उनले संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री र विपक्षी दलका नेताहरुबीच टेलिफोन संवाद भएको जानकारी गराएका थिए। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन्।
काठमाडौं,१७चैत। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा आज सुनुवाइ नहुने भएको छ। सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिएको थियो। तर,रिट ‘हेर्न नभ्याइने सूची’मा राखिएको छ। गत शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो। अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो। गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए। आफूलाई हटाउने…
काठमाडौं,१७चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेको जानकारी गराएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ ७ बजे सिंहदरबारमा बैठक बस्ने कार्यक्रम छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम लगायत सरकार र सदन सञ्चालनका बारेमा छलफल हुने जनाइएको छ।
काठमाडौं,१७चैत। काठमाडौं महानगरपालिकाको कार्यालयले शुक्रवार भएको राजावादीहरुको आन्दोलनमा फोहोर, तोडफोड भएको भन्दै पठाएको जरिवना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्विकार गरेका छन् । महानगरपालिकाले भएको क्षतिको मूल्यांकन गरेर पूर्वराजा शाहको नाममा ७ लाख ९३ हजार जरिवाना पत्र काटेको थियो। जस अनुसार आइतबार महानगरपालिकाको प्रहरी टोली आइतबार पत्र बुझाउन जाँदा गेटबाटै उनीहरुलाई फर्काइएको छ। पत्र बुझ्न नमानेकोले टोली फर्किएको र प्रक्रियागत ढंगले असुलउपर गरिने काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।
मर्चवार, १७ चैत । रुपन्देहीको मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्था मूल समितिको निर्वाचन अन्तर्गत उपाध्यक्ष पद निर्विरोध भएको छ। अन्य तीन पदका लागि प्रतिष्पर्धा हुने भएको छ। संस्थाको मूलसमिति चयन प्रक्रिया अन्तर्गत वरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेवी गुप्ताको एकल उम्मेदवारी परेकाले उक्त पद स्वतः निर्विरोध घोषित भएको हो। निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि भने निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।आइतबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयअवधि तोकिएको छ । संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नजिर अहमद खाँ, फिरोज अहमद खाँ र राजेन्द्र प्रसाद यादव, सचिवमा जगन्नाथ प्रसाद कुर्मी र अब्दुल…
काठमाडौं,१६चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गर्दै पक्राउ परेका पार्टीका नेताहरुलाई २४ घण्टाभित्र विना सर्त रिहा गर्न अल्टिमेटम दिएको छ। शुक्रवार राजावादीहरु आन्दोलन हिसांत्मक भएपछि प्रहरीले पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको थियो। पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न र नेताहरुको रिहाईको माग गरेको हो। पार्टीका नेताहरुलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। उनले राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालिएको भन्दै प्रदर्शनमा सरकार दमन…
भैरहवा,१६ चैत। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले उचालेको छ। शनिबार भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले प्रतियोगिताको उपाधी उचालेको हो। जितसँगै पुलिसले नगद १० लाख सहित ट्राफि हात पारेको छ । १५५ रनको लक्ष्यका साथ मैदानमा ब्याटिङ गर्न पसेको पुलिसले ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको अर्धशतकको सहायतामा २५.२ ओभरमा ४ विकेट गुमाउँदै उपाधी उचाल्न सफल भयो। ७० बलमा सात चौका र तीन छक्काको मद्दतले ओपनर भुर्तेलले ६१ रन बनाए।अमित श्रेष्ठले ३९ रन र दिलिपनाथले अविजित ३१ रनको योगदान दिए। बलिङमा आर्मीका साहब आलमले ३ विकेट र नरेन…