Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २७ फागुन। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल बनायो। मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ११ चौका र २ छक्काको मद्दतले ९२ रन जोड्न सफल भए । यस्तै, ओपनर तथा कप्तान अनिलकुमार साहले १० चौकाको मद्दतले ७५ रन बनाए । दिपेश दासले नटआउट ६० बलमा ७ चौका र…

Read More

काठमाडौं, २७ फागुन। काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस अध्यापन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी अस्पतालमा एमडी/एमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो । जसका लागि मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नेपाल प्रहरी अस्तपाल र न्याम्सबीच सम्झौता भएको छ। नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजु र न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्कीले सम्झौता पत्रमा दस्तखत गरेका छन् । न्याम्सका उपकुलपति प्रा‍.डा.भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संरक्षकका रुपमा दस्तखत गरे । ‘अहिले प्रारम्भिक सम्झौता भएको छ’, न्याम्सका उपकूलपति प्रा‍.डा.बस्नेतले भने,‘अब प्रहरी अस्तपालमा कुन विषय कति सिट सञ्चालन गर्न सकिन्छ…

Read More

काठमाडौै, २७ फागुन । प्रहरीले काठमाडौंमा एक थान पेस्तोल, गोली र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशीलाई रहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जोशीको कोठामा खानतलासी गर्दा पेस्तोल, गोली र लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका जोशीको साथबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ।

Read More

दाङ, २७ फागुन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीहरुलाई आफैले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ भने ७ हजार ५ सय भन्दा बढी पूर्व विद्यार्थीहरु अभियानमा संलग्न भएका छन्। गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गरेका थिए। सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको ज्ञान, सीप र लगानीलाई प्रभावकारी रुपमा उपयोग गर्ने उद्देश्यले उक्त अभियान…

Read More

हृदयराम गुप्ता मर्चवार, २७ फागुन। मर्चवार निजी अंग्रेजी विद्यालय संघ रुपन्देहीको अध्यक्षमा पुनः जितेन्द्र कुमार सिंह चयन भएका छन्। संघको आठौं अधिवेशनबाट सिंह अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्। उपध्यक्षमा इन्सान अलि फकिर, सचिवमा सुखराम यादव, कोषाध्यक्षमा राजेश बरई, सह–सचिवमा सुदर्शन यादव, सह–कोषाध्यक्षमा सर्बेन्द्र मौर्य चयन भएको निर्वाचन समितिका संयोजक रामकेश धवलले बताए । त्यस्तै कार्यसमिति सदस्यमा बिनेश्वरी कोहार, विन्ध्याचल चौधरी र शिवनाथ यादव चयन भएका छन्। ०६४ सालमा स्थापना उक्त संघमा १९ विद्यालयहरु आवद्ध छन्। विद्यालयको हकहितमा काम गर्नुका साथै शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि संघले काम गर्दै आएको संस्थाका अध्यक्ष जितेन्द्र सिंहले बताए। ‘पहिलो कार्यकालको अनुभव र सुझावहरुलाई…

Read More

भैरहवा, २६ फागुन। प्रधानमन्त्री कप (पिएम) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत छुट्टाछुट्टै तीन स्थानमा भएको खेलमा त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले जित निकालेका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित निकालेको हो । पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२ रनको बलियो योगफल बनायो । सन्तोष कार्कीले ७६, विनोद भण्डारी अविजित ४७, त्रितराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्ले २६ रन जोडे । बलिङमा बागमतीका रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटाले…

Read More

बुटवल, २६ फागुन। रुपन्देहीको बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.ले बाग्लुङको बरेङमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेको छ। बरेङ गाउँपालिका-३ बाटाकाचौर नयाँ बजार स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढी स्थानीय लाभान्वित भएको बुटवल हस्पिटलले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सकहरुसँगै ल्याब सेवा तथा औषधी समेत उपलब्ध गराइएको थियो। शिविरको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर, धनमुडा चौर समाज बुटवलको आयोजना तथा एक सय बेड सञ्चालन अनुमति पाएको बुटवल हस्पिटल प्रालिको प्राविधिक सहयोग रहेको थियो । शिविरको उद्घाटन गर्दै बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँघरमा रोग लुकाएर बसेका बिरामीहरुले यस्ता शिविरबाट रोग पहिचान भइ औषधी उपचार पाउनुका साथै ज्यानै…

Read More

काठमाडौ, २६ फागुन। नेकपा माओवादी केन्द्रले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ। खुमलटारमा सोमबार बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकले प्रतिगामीहरु सक्रिय भएपनि नेपाली जनतालाई धेरै प्रभाव नपरेको बैठकले निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जनाए। उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको बताए। संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको भनाई छ । उनले अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधान समेत रहेको धारणा राखे। बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरुमा माओवादीले सशक्त भूमिका…

Read More

भैरहवा, २६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुगेका छन् । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले माग गरेको एक करोड धरौटीको खारेजीको माग गर्दै उनी सोमबार उच्च अदालत बुटवल इजलासमा पुगेको बुझिएको छ । जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुगिसकेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’नम्बरअन्तर्गत अगाडि बढाइने छ। जिल्ला अदालतको आदेशउपर चित्त नबुझेर दुवै पक्ष आएकोले सम्भवतः भोली नै पेशीमा चढ्ने बताइएको छ ।

Read More

काठमाडौं, २६ फागुन। जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाउ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार जातीय, सामुदायिक तथा लैङ्गिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको र संशोधित विधानअनुसार जसपा नेपालले थप दुई जना उपाध्यक्ष र एक महासचिव तथा ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्नेछ। संशोधित धारा २९ को उपधारा ३ अनुसार…

Read More