


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २० चैत। काठमाडौंको झोरमा ट्रकमा फेला परेको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान खुलेको छ। राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको हो। पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ। गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो। चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले रकम बरामद गरेको थियो।
बैंकक, २० चैत। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका राजा बजिरालोङकर्नबीच भेटवार्ता भएको छ।थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका प्रधानमन्त्री ओली र राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता भएको हो। राजादम्पतीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गरेका थिए।यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा ८ सहमतिपत्रमा हस्ताक्षर भएको थियो। थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली थाइल्याण्ड गएका हुन्।
भैरहवा,२० चैत। रुपन्देही प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन् गरिरहेको सवारीसाधन नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय ओमसतियाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–५ स्थित गौरीबाट सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। अवैध रुपमा मिस्कट उत्खनन् गरी ओसापसार गरिरहेको अवस्थामा नम्बर नखुलेको जेसीबी र प्रदेश २–०३–००१ ख ०८१३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जनाए। उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ६० हजार रुपैयाँ जरिवाना कारवाही भएको छ ।
भैरहवा, २० चैत। संघिय सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता दीपक बोहराको बुधवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार काठमाडौंमा ओम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । निधन पश्चात श्रद्धान्जलीका लागि पार्थीव शरीर उनको गृहनगर ल्याएर अन्तिम संस्कारका लागि पुनः काठमाडौं लगिएको थियो। दिवंगत बोहराको पार्थीव शरीरमा उनका छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेता बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल…
भैरहवा, २० चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पहिलो पटक राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको प्रशिक्षण सुरु भएको छ। आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी–२० सिरिजमा उत्कृष्ट प्रर्दशनका लागि खेलाडीहरुको बन्द प्रशिक्षण भैरहवामा सुरु भएको हो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण दिनेछन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे । ‘तपाईंहरु राष्ट्रका गहना हो’, उनले भने, ‘त्यसैले तपाईंहरुले सफलता पाउँदा होस् वा नपाउँदा होस् सबै नेपालीहरु साथमा छन् । यसपटक सफलता हात पर्नेमा हामी विश्वस्त छौं ।’…
काठमाडौं,२० चैत। काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रर्दशनको क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले राहतस्वरुप १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। बुधबार गृहमन्त्री रमेश लेखकले मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार मन्त्रालयको उक्त निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेश गरिनेछ। गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा आगजनीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।
भैरहवा, २० चैत। सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधनप्रति सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले शोक विज्ञप्ति जारी गर्दै बोहराको निधनले संघ परिवार मर्माहत भएको जनाएका छन्। ‘यस क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामनाको लागि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं, साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ । मंगलबार बोहराको काठमाडौंको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
काठमाडौं,२०चैत। काठमाडौंमा शिक्षकहरु फेरी प्रर्दशनमा उत्रिएका छन्। विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरु फेरी काठमाडौंमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन्। शिक्षक महासंघको अगुवाइमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरुले प्रर्दशन गरेका छन्। दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो। तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी समेत…
काठमाडौं,२० चैत। भुकम्प पीडितको सहायताको लागि नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ। म्यानमारमा केही दिन अघि मात्रै आएको भुकम्पका कारण त्यहाँ धनजनको क्षति भएपछि मेडिकल राहतसहित सेनाको टोली बुधवार म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना ‘क्रु मेम्बर’सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५ सिएएकए विमानद्वारा म्यानमार गएका हुन्। विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् इक्युप्मेन्टहरुसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् ।उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरुको स्वास्थ्य उपचारमा खटिएर सेवा प्रदान गर्ने…
काठमाडौं,२० चैत। प्रहरीले भारतीय गुण्डानाईके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिएर फिरौती मागेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) रहेको प्रहरीले जनाएको छ। उनलाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको हो। कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार बिसीले विदेशी नम्बरबाट ह्वाट्सएपमार्फत पाँच करोड भारतीय रुपैयाँ (८ करोड ने.रु) फिरौती मागेका थिए। बिसीविरुद्ध यसअघि पनि अपराधिक गतिविधिमा संग्लनको रहेकोले अनेक मुद्दाहरु दर्ता भएका छन् । उनी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई गोली हान्ने घटनामा संलग्न भई ५ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । यसअघि पनि उनले अपराधी समूहमा…