


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १२ चैत। रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको मदिरा बरामद गरेको छ। प्रहरी बिट नयाँ बसपार्क बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीस्थित सडक पेटीमा वेवारिसे अवस्थामा राखेको मदिरा बरामद गरेको हो। भन्सार छलेर भित्राइएको भारतमा उत्पादित २ लाख ४० हजार मूल्य बराबरको २० वटा कार्टुन (२४० थान) मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले जनाए। बरामद मदिरा आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालयलाई बुझाईएको प्रहरीले जनाएको छ।
नवलपरासी पश्चिम,१२ चैत। नवलपरासी पश्चिमको जर्गाह स्थित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा संचालित कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिमबाट १०५ जना प्रहरी दिक्षित भएका छन् । ९० दिनसम्म संचालित दशौं समूहको कमाण्डो तालिमबाट प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जना प्रहरी दिक्षित भएको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ । कमाण्डो तालिमको दिक्षान्त समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार तथा प्रशिक्षक एवं तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्याउनेलाई प्रशंसा पत्र प्रदान गरेका थिए । महानिरीक्षक थापाले प्रहरीमा संचालन हुने तालिमहरुमध्ये…
काठमाडौं, ११ चैत। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको हो। साथै, बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
भैरहवा, ११ चैत। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट फेरी लागुऔषध गाँजा बरामद भएको छ। साथै, विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धी रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एंव एसपी दीपक श्रेष्ठले जानकारी दिए। विमानस्थल प्रहरीले यसअघि पनि गत चैत ४ गते एयर एशियाको विमानमा आएको भारतीय नागरिकको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो। सोमबार दिउँसो थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एशियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको उनले बताए। बरामद गाँजा १२ थान प्याकेटमा प्याक…
काठमाडौ, ११ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई पक्राउ गरेको छ। भ्रष्टाचार मुद्दामा अदालतबाट सजाए पाएका उप्रेतीलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता सुधिर राज शाहीले बताए। गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको आरोपपत्र सहित अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा उप्रेतीलाई दोषी ठहर गर्दै २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाएको फैसला गरेको थियो। फैसला कार्यान्वयनका लागि उप्रेतीलाई डिल्लीबजार कारागार चलान गरिएको सीआईबीले…
भैरहवा, १० चैत। सामूहिक विद्यालय परिवार रुपन्देहीको अध्यक्षमा समसाद इद्रिसी सर्वसम्मत निर्वाचित भएका छन्। विद्यालय परिवारको २४ औं साधारण सभा तथा अधिवेशनले समसाद इद्रिसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो। उपाध्यक्षमा चन्द्र प्रकाश न्यौपाने, सचिवमा प्रमोद यादव, कोषाध्यक्षमा राजेश यादव र सह–सचिवमा दिपक थापा निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा सफल बस्नेत, प्रेम क्षेत्री र कमल कोइराला निर्वाचित भएका छन् । कार्यक्रममा प्रमुख अतिथि महेश भुर्तेल, पूर्व अध्यक्षहरु राजकुमार गुरुङ, गोकुल पोखरेल, मनोज कुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले सचिव सृजना पाठकको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद यादवको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो…
भैरहवा, १० चैत। लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार भएका तीन खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले जीत हात पारेका छन्। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको हो। जीतसँगै आर्मीले ८ खेलमध्ये ७ मा जित निकाल्दै १४ अंक जोडेको छ। आर्मी अब लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग खेल्नेछ। पुलिस ७ खेलमा नै अपराजित रहँदै १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनीको भने फाइनल सम्भावना सकिएको छ। लुम्बिनी ८ खेलमध्ये…
बुटवल, १० चैत । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल, उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले बताए। विधानले तोकेअनुसारको समावेशी सदस्यहरुसहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ। निर्वाचित पश्चात अध्यक्ष शाहले आफूले नेकपा (एकीकृत समाजवादी) लाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उनले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने बताए।
भैरहवा, १० चैत । रुपन्देही घर जग्गा व्यवसायी संघको अध्यक्षमा सुरज उप्रेती निर्वाचित भएका छन्। भैरहवामा भएको संघको साधारणसभा तथा तेस्रो अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको प्रथम उपाध्यक्षमा विष्णु प्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण कुँवर, महासचिवमा धिरज घिमिरे, कोषाध्यक्षमा नारायण प्रसाद बेल्वासे र सचिवमा पिताम्बर न्यौपाने रहेका छन्। त्यस्तै सदस्यहरुमा सुमन न्यौपाने, रितेश अग्रवाल, सागर सुवेदी, कृष्ण प्रसाद अधिकारी, कृष्ण प्रसाद यादव, आवाश बञ्जाडे, नारायण महत, अशोक भुसाल, अभिनव थापा, छत्र पन्थी, गंगाधर पाण्डे र रामापति यादव रहेका छन्। नवनिर्वाचित अध्यक्ष उप्रेतीले व्यवसायीलाई सम्मानजक पेशाको रुपमा स्थापित गराउन छरिएर रहेका अरु व्यवसायीलाई पनि गोलबन्द…
भैरहवा,१०चैत। मर्चवार प्रेस क्लब, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। कोटहीमाई गाउँपालिका–५ स्थित मझगाँवामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनमा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले देशमा सुशासन कायम गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारले इमान्दारिताका साथ भ्रष्टाचारविरुद्ध कलम चलाए भ्रष्टाचारीको मनोबल कम हुनको साथै मुलुकमा पारदर्शीता कायम हुने विश्वास व्यक्त गरे । उनले भने–‘पत्रकार देशको चौथो अंग हुुन् । पत्रकारिता कमजोर भए देशको अवस्थामा पनि असर पुग्छ । केही पार्टी तथा व्यक्तिविशेष पत्रकारिताले निष्पक्ष पत्रकारीतामा असर पुगेको छ ।’ कार्यक्रमका विशिष्ट अतिथि मधेशी पत्रकार…