


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १३ चैत। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमता संचालन हुने बताएका छन्। कान्तिपुर मिडिया ग्रुपले भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वका अधिकांश नवनिर्मित विमानस्थलहरु पनि निर्माणलग्त्तै पूर्णक्षमता संचालन नहुने गरेको भन्दै क्रमशः अवस्था अनुसार पूर्ण क्षमतामा संचालन हुने गरेकोले भैरहवा विमानस्थलमा पनि भविष्यमा पूर्ण क्षमतामा संचालन हुने बताए। ‘विमानस्थल बन्ने बेलामा बन्दैन कि भन्ने आशंका थियो त्यो बन्दैन कि भन्ने आशंकालाई चिरेर हामीले बनायौं। अब प्रश्न छ यो चल्छ कि चल्दैन’,उनले भने,‘संसारका सबै नयाँ विमानस्थलहरुको बन्न बित्तिकै ‘फुल फेल्जेड’ रुपमा चलेका कमै अनुभव छन्। यो विमानस्थल चलाउनका निम्ति सशक्त…
मनाङ, १३ चैत। सशस्त्र प्रहरी बल नेपालले उच्च भूभाग खोज तथा उद्धार तालिम संचालन गरेको छ। पर्वतीय उद्दार तालिम शिक्षालय मनाङमा सुरु भएको तालिम ६ हप्ता सम्म संचालन हुने बताइएको छ। हिमाली भेगमा हुने घटना तथा दुर्घटनामा खोज-उद्धारमा सहजताका लागि तालिम संचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल पर्वतिय उद्दार तालिम शिक्षालय मनाङले जनाएको छ। तालिममा सशस्त्र प्रहरी इन्सपेक्टर देखि जवानसम्म ४५ जना प्रशिक्षार्थीहरु सहभागी छन् । तालिममा प्रशिक्षार्थीहरुलाई उच्च भूभागमा विपद् उद्धारको समयमा यसको प्रयोग, अँध्यारो गुफा, गहिरो खोँचबाट उद्धारको तरिका लगायतकाको बारेमा ज्ञान दिइनेछ। हाई अल्टिच्युडमा गरिने यस्ता तालिमले हिमाली भेगमा हुने घटना तथा दुर्घटनामा रेस्क्यु गर्न सहजता हुनेछ।…
भैरहवा, १२ चैत। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा डल (गुडिया) र कुसन बनाउने तालिम सुरु भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्र्तगत पालिकाको वडा नम्बर १२ मा एक महिने डल (गुडिया) र कुसन बनाउने तालिम सुरु भएको हो। कार्यक्रम अन्र्तगत सहभागीहरुको रोजाई र इच्छा अनुसार डल (गुडिया) र कुसन बनाउने तालिम संचालन गरिएको सिद्धार्थनगर नगरपालिका कार्यालयका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरीले बताए। प्रत्येक वर्षमा पालिकाको दुई वटा वडा उक्त कार्यक्रम संचालन हुने गर्दछ । चालु आर्थिक वर्षमा पालिकाको वडा नम्बर १२ र १३ छनौट भएको नगरपालिकाको कार्यालयले जनाएको छ। नगरपालिकाका अनुसार वडा नम्बर १२ मा ३० जनाको…
काठमाडौ,१२ चैत। काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आफु गलत भए जेल हाल्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’ काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे राय निर्णय सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका हुन्।
काठमाडौ,१२चैत। सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत सहभागी छन् । बैठकका एजेन्डाबारे जानकारी भने गराइएको छैन। सरकारले सोमबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो। उक्त निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ।
भैरहवा, १२ चैत। रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको मदिरा बरामद गरेको छ। प्रहरी बिट नयाँ बसपार्क बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीस्थित सडक पेटीमा वेवारिसे अवस्थामा राखेको मदिरा बरामद गरेको हो। भन्सार छलेर भित्राइएको भारतमा उत्पादित २ लाख ४० हजार मूल्य बराबरको २० वटा कार्टुन (२४० थान) मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले जनाए। बरामद मदिरा आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालयलाई बुझाईएको प्रहरीले जनाएको छ।
नवलपरासी पश्चिम,१२ चैत। नवलपरासी पश्चिमको जर्गाह स्थित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा संचालित कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिमबाट १०५ जना प्रहरी दिक्षित भएका छन् । ९० दिनसम्म संचालित दशौं समूहको कमाण्डो तालिमबाट प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जना प्रहरी दिक्षित भएको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ । कमाण्डो तालिमको दिक्षान्त समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार तथा प्रशिक्षक एवं तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्याउनेलाई प्रशंसा पत्र प्रदान गरेका थिए । महानिरीक्षक थापाले प्रहरीमा संचालन हुने तालिमहरुमध्ये…
काठमाडौं, ११ चैत। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको हो। साथै, बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
भैरहवा, ११ चैत। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट फेरी लागुऔषध गाँजा बरामद भएको छ। साथै, विमानस्थल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धी रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एंव एसपी दीपक श्रेष्ठले जानकारी दिए। विमानस्थल प्रहरीले यसअघि पनि गत चैत ४ गते एयर एशियाको विमानमा आएको भारतीय नागरिकको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो। सोमबार दिउँसो थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एशियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको उनले बताए। बरामद गाँजा १२ थान प्याकेटमा प्याक…
काठमाडौ, ११ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई पक्राउ गरेको छ। भ्रष्टाचार मुद्दामा अदालतबाट सजाए पाएका उप्रेतीलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता सुधिर राज शाहीले बताए। गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको आरोपपत्र सहित अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा उप्रेतीलाई दोषी ठहर गर्दै २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाएको फैसला गरेको थियो। फैसला कार्यान्वयनका लागि उप्रेतीलाई डिल्लीबजार कारागार चलान गरिएको सीआईबीले…