Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१६चैत। काठमाडौं महानगरपालिकाको कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ। राजावादीहरुले महानगरपालिका क्षेत्रमा फोहोर गरेको भन्दै पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको हो। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्‍याएको क्षति मूल्यांकन गरेर विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो। महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको छ। हेर्नुहोस् पत्रहरु : 

Read More

बारा,१६चैत। सशस्त्र प्रहरीले बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटारका ४४ वर्षीय मिलन भोलान र ४७ वर्षिय गोपाल प्रसाद गौतम रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोले हेटौडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको ईलेक्ट्रिक गाडी चेकजाँच गर्दा उनीहरुलाई अफिमसहित पक्राउ गरेकोे हो। साथै, उनीहरुको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोवाईल लगायतका सामानहरु समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

Read More

कैलाली, १६ चैत। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन्। मन्त्री चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्। उनले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो। उनले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरुसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरे। उनले आफूले अडियोमा सुनिएजस्तो कुनै लेनदेन नगरेको दाबी गर्दै वन सम्बन्धि…

Read More

वीरगञ्ज, १६ चैत। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा एक महिलाको शव फेला परेको छ । शनिवार बिहान इलाका प्रहरी कार्यालय नगवाको अगाडि वीरगञ्ज–४ की अनसुइया अग्रवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं,१६चैत। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आजबाट सुरु हुँदैछ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको उद्घाटन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्नेछन्। उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ। काठमाडौं र ललितपुरले हालसम्म ४ वटा खेलमा आमने सामने भएका छन्। जसमा काठमाडौंले ३ खेलमा जित हात पारेको छ भने १ खेल ललितपुरले जितेको छ। यो प्रतियोगिता ७ टोलीले उपाधिको लागि खेल्नेछन्।

Read More

लुम्बिनी,१६ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयले घरघरमा बुद्ध शिक्षा पुर्याउन अभियानको थालनी गरेको छ। समाजको सकारात्मक रुपान्तरणका लागि विश्वविद्यालयको बौद्ध अध्ययन संकायले ‘विद्यालयमा बौद्ध शिक्षा’अभियानको थालनी गरेको हो। अभियान अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले शुक्रबार लुम्बिनीमा स्थानीय जनप्रतिनिधिसँग विद्यालयमा बौद्ध शिक्षा विषयक अन्तरक्रिया गरेको छ । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले समाजमा विकृति, विसंगतिको अन्त्य गरी नैतिकवान नागरिक तयार गर्न बुद्ध शिक्षा अनिवार्य गर्नुपर्ने बताए। ‘हामीले विश्वविद्यालयमा मात्रै अध्ययन–अध्यापन गर्ने गराउने होइन। हरेक घरघरमा बुद्ध शिक्षा पुर्‍याउन खोजिरहेका छौं। यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ’,उनले भने। बुद्धको शिक्षा जीवन रुपान्तरण गर्ने माध्यम भएको बताउँदै उनले यसलाई सबै नागरिकले…

Read More

काठमाडौ,१५चैत। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबारको घटनामा घाइतेहरुको उपचारको व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ। राजावादीहरुले तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भत्र्सना गर्दै उक्त घटनाको सत्य-तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

Read More

काठमाडौं,१५ चैत। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ। काठमाडौंमा शुक्रवार भएको घटनाका सम्बन्धमा अनुसन्धानका लागि मिश्र र राणालाई पक्राउ गरिएको उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले जानकारी दिए। यस्तै प्रहरीले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पक्राउ गरेको जनाएको छ । शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो।

Read More

काठमाडौं,१५चैत। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर-तीनकुने क्षेत्रमा कर्फ्युको समय थप गरेको छ। राजावादीको प्रर्दशनका कारण अशान्त भएको क्षेत्रमा यसअघि साँझ साढे चार बजे देखि राति १० बजेसम्मका लागि कर्फ्युको आदेश जारी भएको थियो। अशान्त भएको क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै कर्फ्युको आदेश शनिवार विहान ७ बजेसम्मका लागि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। आदेश अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ।

Read More

काठमाडौं,१५ चैत। गृह मन्त्रालयले काठमाडौंको तिनकुने क्षेत्रमा राजावादीहरुको प्रर्दशनले निम्तिएको अवस्थाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ। शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारी अनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’ आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ। आन्दोलनमा जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै जिम्मा लिनुपर्ने मन्त्रालयले बतायो। राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए । उता राप्रपाका नेताहरुले आजका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

Read More