


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौ, २८ फागुन। मुलुकमा बढ्दो रोजगारी र डगमगाएको अर्थतन्त्रले युवापुस्ताहरुका साथै सर्वसाधरणहरुमा निराशा छाएको छ । वैदेशिक रोजगारीको सिलसिलमा युवाहरु विदेशिन बाध्य छन् । यही मौकामा विदेशमा आर्कषक तलब सुविधासहितको रोजगारीका लागि सर्वसाधरणहरु ठग/दलालको प्रलोभनमा समेत फस्दै गएका छन् । यस्तै, एक जना पीडितबाट रोजगारीका लागि अमेरिका पठाउने भन्दै पटक पटक गरी ५३ लाख लिएर सम्पर्कबिहिन भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ड नगरपालिका-८ का ४० वर्षीय ललित लिम्बु भन्ने ललित बहादुर ईवारम र सोही स्थानका ३३ वर्षीय दिपेश लिम्बु भन्ने दिपेश सुब्बा लिम्बु रहेको प्रहरीले जनाएको…
सर्लाही, २८ फागुन। सर्लाही प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय राम नारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवीलाईरहेको प्रहरीले जनाएको छ । भारतबाट बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको मलङ्गवा नगरपालिका–८ गोरखकालीस्थित सडकखण्डमा खानतलासी गर्दा कार्टुनमा प्याक गरी ल्याएको एक हजार दरका १७६ थान (एक लाख ७६ हजार) नक्कली…
भैरहवा, २७ फागुन। जवानीमा अपराध गरेर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ। जघन्य अपराध हत्या गरेर फरार भएका पर्वत जिल्ला महाशिला गाउँपालिका–५ का ५७ वर्षीय गम्भिर गुरुङ र सोही स्थानका ५५ वर्षीय तेज बहादुर गुरुङलाई ३७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पक्राउ परेका गम्भिर गुरुङ वर्षौ देखि रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवास्थित फ्यूचर लाइट ईङलिस बोर्डिङ स्कूल संचालन गरेर बसेका थिए। उनी विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) समेत हुन्। पर्वतबाट आएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। मुद्दाका फरार प्रतिवादी गम्भिर गुरुङलाई मायादेवी गाउँपालिका–८ बसडिलवाबाट र तेज बहादुर गुरुङलाई ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट पक्राउ…
महोत्तरी, २७ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुससहित मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजनालाई पक्राउ गरेको छ। सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ घुससहित खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी (लेखनदास) जिवछ महतोलाई कार्यालयबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।
भैरहवा, २७ फागुन। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल बनायो। मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ११ चौका र २ छक्काको मद्दतले ९२ रन जोड्न सफल भए । यस्तै, ओपनर तथा कप्तान अनिलकुमार साहले १० चौकाको मद्दतले ७५ रन बनाए । दिपेश दासले नटआउट ६० बलमा ७ चौका र…
काठमाडौं, २७ फागुन। काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा एमडी/एमएस अध्यापन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी अस्पतालमा एमडी/एमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो । जसका लागि मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नेपाल प्रहरी अस्तपाल र न्याम्सबीच सम्झौता भएको छ। नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजु र न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्कीले सम्झौता पत्रमा दस्तखत गरेका छन् । न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संरक्षकका रुपमा दस्तखत गरे । ‘अहिले प्रारम्भिक सम्झौता भएको छ’, न्याम्सका उपकूलपति प्रा.डा.बस्नेतले भने,‘अब प्रहरी अस्तपालमा कुन विषय कति सिट सञ्चालन गर्न सकिन्छ…
काठमाडौै, २७ फागुन । प्रहरीले काठमाडौंमा एक थान पेस्तोल, गोली र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशीलाई रहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जोशीको कोठामा खानतलासी गर्दा पेस्तोल, गोली र लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका जोशीको साथबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ।
दाङ, २७ फागुन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीहरुलाई आफैले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ भने ७ हजार ५ सय भन्दा बढी पूर्व विद्यार्थीहरु अभियानमा संलग्न भएका छन्। गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गरेका थिए। सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको ज्ञान, सीप र लगानीलाई प्रभावकारी रुपमा उपयोग गर्ने उद्देश्यले उक्त अभियान…
हृदयराम गुप्ता मर्चवार, २७ फागुन। मर्चवार निजी अंग्रेजी विद्यालय संघ रुपन्देहीको अध्यक्षमा पुनः जितेन्द्र कुमार सिंह चयन भएका छन्। संघको आठौं अधिवेशनबाट सिंह अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्। उपध्यक्षमा इन्सान अलि फकिर, सचिवमा सुखराम यादव, कोषाध्यक्षमा राजेश बरई, सह–सचिवमा सुदर्शन यादव, सह–कोषाध्यक्षमा सर्बेन्द्र मौर्य चयन भएको निर्वाचन समितिका संयोजक रामकेश धवलले बताए । त्यस्तै कार्यसमिति सदस्यमा बिनेश्वरी कोहार, विन्ध्याचल चौधरी र शिवनाथ यादव चयन भएका छन्। ०६४ सालमा स्थापना उक्त संघमा १९ विद्यालयहरु आवद्ध छन्। विद्यालयको हकहितमा काम गर्नुका साथै शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि संघले काम गर्दै आएको संस्थाका अध्यक्ष जितेन्द्र सिंहले बताए। ‘पहिलो कार्यकालको अनुभव र सुझावहरुलाई…
भैरहवा, २६ फागुन। प्रधानमन्त्री कप (पिएम) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत छुट्टाछुट्टै तीन स्थानमा भएको खेलमा त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले जित निकालेका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित निकालेको हो । पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२ रनको बलियो योगफल बनायो । सन्तोष कार्कीले ७६, विनोद भण्डारी अविजित ४७, त्रितराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्ले २६ रन जोडे । बलिङमा बागमतीका रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटाले…