Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौ, ४ चैत। गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थीत बनाउन कानुन बनाउन लागिएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै मन्त्री लेखकले हाल सरकारको निर्णयका आधारमा पूर्वविशिष्टलाई सेवा सुविधा दिइँदै आएकोमा अब त्यसलाई व्यवस्थीत बनाउन कानुन बनाउन लागिएको जानकारी दिए। सरकारले दिने सुविधानमा बैधानिक मापदण्ड नभएकाले कानुन बनाउन खोजिएको उनले बताए । उनले पूर्वविशिष्टलाई सेवा सुविधा दिँदा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सचेत रहेको जिकिर गरे। उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधासम्बन्धी कानुन सदनमा प्रस्तुत हुने भएकाले सुविधा बढाउने वा घटाउने भन्ने विषय सरकारको नभइ संसदको विषय हुने बताए । मन्त्रिपरिषदको २०८१ पुष ९…

Read More

काठमाडौं, ४ चैत। बाजुरा जिल्लामा ढुंगाले हानेर गाईलाई खोलामा बगाएको घटनाले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको छ । कांग्रेसका सांसद सीताकुमारी रानाले जिउँदो गाईलाई ढुंगाले हानेर खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी छिन् । ‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यतासम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’सांसद रानाले भनिन् । बाजुराको जगनाथ गाउँपालिका-६ काप्रेमा गौदान गरेको दृश्य भनेर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो। भिडियोमा एउटा कालो रङको गाईलाई ढुंगाले हानेर नदीमा लखेटिएको देखिन्छ ।

Read More

भैरहवा,४ चैत। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर सोमबार (आज) राति १२ बजेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशमा जाने लागेका कुँवरलाई सशस्त्र प्रहरी बल, नेपालले आइतबार विदाई गरिसकेको छ भने नेपाल प्रहरीको मुख्यालयमा पनि बिदाईको तयारी छ । कुँवरको अवकाशसँगै नेपाल प्रहरीले नयाँ कमाण्डर पाउनेछ । जसका लागि आज बस्ने मन्त्रिपरिषद्को बैठकले करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीको कमाण्डर तोक्ने (निर्णय) छ । संगठनको ३१ औं आईजीपीका लागि तीन जना एआईजी दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङबीच प्रतिस्पर्धा छ। यी तीनजना एआईजी मध्ये सरकारले जसलाई पनि प्रहरी प्रमुखको रुपमा नियुक्त गर्न सक्नेछ।…

Read More

काठमाडौं, ३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेको हुन्। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read More

भैरहवा, ३ चैत। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो । १ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउँदै पूरा गर्यो । एपीएफको जितमा दीपक बोहराले नटआउट सर्वाधिक ७० रन जोडे । यस्तै, सुमित महर्जनले नट आउट ३४, ओपनर आसिफ शेखले २५ तथा लोकेश बम र रोहित पौडेलले समान २२–२२ रन बनाए । कर्णालीका दिवान पुन र दीपेन्द्र रावतले समान २–२ तथा…

Read More

काठमाडौ, ३ चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । उनले सरकारले मुलुकलाई श्रीलंका हुनबाट भने जोगाएको जिकिर गर्दै अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए । विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भुमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको भन्दै भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको बताए। उनले भने– ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये…

Read More

भैरहवा, ३ चैत। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर चैत ४ गते (सोमबार) राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण कुँवर अवकाशमा गएसँगै नेपाल प्रहरीले नयाँ ३१ औं महानिरीक्षक (आईजीपी) पाउने भएको छ। तर, कुवँर अवकाशमा जानु एक दिनअघि सम्म पनि सरकारले ३१ औं आईजीपीको रुपमा नयाँ अनुहारको टुंगो लगाउन सकेको छैन । नेपाली सेनामा अवकाशमा जानु एक महिना अघि नै विदा बसेर नयाँ प्रधानसेनापतिलाई संगठनबारे बुझ्न निमित्त दिने चलन छ। तर, नेपाल प्रहरी संगठनमा राजनीतिक दाउपेच यदि हदसम्म पुगेको छ कि सरकारलाई पनि नेतृत्व छान्न सकस पर्ने गरेको छ। करिब…

Read More

भैरहवा, ३ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौ, ३ चैत। लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेश प्रहरीले उचालेको छ। नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गर्दै उपाधि उचालेको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे। गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी थिए।

Read More

काठमाडौं,३ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बनेश्वारस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बैठक डाकिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी लिए। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक २०८१, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। बैठकमा आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विध‍ेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Read More