Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, १ चैत। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन देखि क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क होस्टेल व्यवस्था सम्मका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ। संघले पत्रकार सम्मेलन गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘निःशुल्क वाईफाई व्यवस्थापन’ का लागि पहल गर्ने समेत जनाएको छ। विद्यार्थी स्वयमको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, सङ्ग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन, अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ। त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र संग्रह गरी अभिलेख निर्माण…

Read More

लुम्बिनी, १ चैत। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सकिएको छ। मायादेवी मन्दिर परिसरमा पाँचसय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुुरु भएको क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम सकिएको हो। प्रबज्या समापन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवद्र्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताए। उनले नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेष गरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपूर्ण रहेको बताए। गौतमबुद्धको पवित्र…

Read More

भैरहवा, १ चैत। आज होली अर्थात फागु पुर्णिमा तराईका विभिन्न जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईँदैछ। पहाडी र हिमाली क्षेत्रमा मनाइएको भोलीपल्ट तराईमा होली मनाउने गरिन्छ। रुपन्देही जिल्लाको विभिन्न स्थानको चोकमा साङ्गतिक कार्यक्रमका साथै एक आपसमा मित्रता, आत्मीयता र सद्भाव दर्शाउन परिवार, आफन्त, साथी भाईहरुलाई अबिर तथा रङ लगाई होली पर्व मनाईँदैछ। होली पर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि रुपन्देही प्रहरीले सुरक्षा योजना लागु गरेको छ। जसका लागि ८८० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा पिकेट, गाडी मोबाइल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, पैदल गस्ती लगायतका लागि प्रहरीका टिमहरु विभाजन गरी खटाइएको जिल्ला…

Read More

भैरहवा, २९ फागुन।प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका तीन खेलमा लुम्बिनी प्रदेश, विभागीय टोली त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लब विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि १४ रनको जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.५ ओभरमा २ सय १७ रन बनायो । जसमा म्यान अफ द म्याच प्रज्वल थापाले ७२ रनको अर्धशतकीय पारी खेले । बलिङमा गण्डकीका अमृत गुरुङले ३ तथा चन्द्र पौडेल र विपिन क्षेत्रीले २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको गण्डकीले ९ विकेट गुमाएर २ सय ३ रन मात्रै बनायो र पराजित भयो ।…

Read More

भैरहवा, २९ फागुन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होली पर्व सभ्य रुपमा मनाउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।साथै, पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागु गरिएको छ। जिल्लामा पिकेट, गाडी मोबाइल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, पैदल गस्ती लगायतका लागि प्रहरीका टिमहरु विभाजन गरी खटाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। होली पर्वलाई लक्षित गरी जिल्लाभर करिब आठ सय ८० जना प्रहरी परिचालन गरिएको उनले बताए । ‘सर्वसाधरणहरुलाई सभ्य रुपमा होली पर्व मनाउन अपिल गरेका छौं र पर्व लक्षित सुरक्षा योजना बनाएर लागु पनि गरेका छौँ’,उनले भने, ‘यदि पर्वमा कसैले नियम विपरित कार्य गरेको पाइए पक्राउ गरेर कारवाही गर्छौं।’…

Read More

कालिकोट,२९ फागुन। कालिकोटमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका–१० स्थित चौकीमा गएराति एक स्थानीयको घरको पूजा स्थलमा पुगेका युवाहरुबीच ग्याङ फाइट हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, भुपेन्द्र शाही घाईते भएका छन्।  घटनामा खुकुरीको प्रयोग गरिएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार घटनामा संग्लन आरोपमा पाँच जना युवाहरुलाई पक्राउ गरिएको छ। पक्राउ परेका सबै युवाहरु १८ वर्ष मुनि उमेर समूहका छन्। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाईएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

Read More

काठमाडौं, २९ फागुन। सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । नेपालमा वार्षिक…

Read More

भैरहवा, २९ फागुन। सामाजिक क्षेत्रमा काम गर्दै वीर फाउण्डेसन नेपालले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । फाउण्डेसनको अध्यक्ष विजया खत्रीले आफ्नो वुवाको वार्षिक पुण्यतिथिमा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकी हुन्। उनले बुधबार रुपन्देहीको एक र चितवनका चार गरी पाँचजना छात्रालाई जनही ३ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेकी हुन् । साथै, पाँचैजनालाई शैक्षिक सामग्री समेत उपलब्ध उनले बताइन्। ‘बुवा स्वर्गीय वीर बहादुर खत्रीको नामबाट स्थापना भएको वीर फाउण्डेशन नेपालले समुदायमा रहेर काम गर्दै आएको छ। साथै बुवाको वार्षिक पुण्यतिथिमा प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएका छौं’,उनले भनिन्। यस वर्ष स्नातक तहमा अध्ययनरत एक र प्लस टु मा अध्ययनरत…

Read More

दाङ, २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार सन्देश जारी गर्दै उनले मौलिक चाडपर्वहरुले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरे । असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागू पूर्णिमा (होली) पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उनको विश्वास छ । उनले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध साँस्कृतिक सम्पदा, परम्परा र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताए। यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा पनि उनको…

Read More

हेटौंडा, २९ फागुन। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विराग राष्ट्रिय संगीत पुरस्कार ०८१ रुपन्देहीका गायक हेमन्त शर्मा र राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटालाई प्रदान गरेको छ। प्रतिष्ठानले हालै हेटौंडामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंको साहित्यकार माया ठकुरीसहित ११ जनालाई जनही २५ हजार नगदसहित पुरस्कृत गरेको हो। कार्यक्रममा २० हजार रुपैयाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोकसंगीत पुरस्कार पर्वतका लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्मालाई, १५ हजार रुपैयाँ राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार मकवानपुरकै मेनका श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार मकवानपुरका…

Read More