


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, २२ फागुन । लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले सचिवहरुको जिम्मेवारी तोकेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको बैठकले सचिवहरुको जिम्मेवारी तोकेको हो । बैठकको निर्णयअनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गा लक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ । यस्ते, समपूरक तथा विशेष अनुदानका आयोजनाहरु स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ । प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्र माथि सैद्धान्तिक सहमति प्रदान गर्ने तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको संगठन संरचना तथा…
भैरहवा, २२ फागुन ।रुपन्देही प्रहरी केराउ लोड रहेको कन्टेनर (ट्रक) नियन्त्रणमा लिएको छ । प्रहरी चौकी खैरेनीको टोलीले जिल्लाको देवदह नगरपालिका-७ खैरेनीमा आठ लाख मूल्य बराबरको चार सय बोरा केराउ लोड रहेको ना ६ ख ४२७५ नम्बरको कन्टेनर (ट्रकं) नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए । साथै, प्रहरीले रामेछाप, मन्थली नगरपालिका-१३ का २८ वर्षीय ट्रक चालक सुजन अधिकारीलाई पनि पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा केराउको बिलबिजक शंकास्पद लागेपछि चालक र केराउसहित ट्रक आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।
दाङ, २२ फागुन । नेपालका लागि म्यानमारका राजदूत उ म्यो म्यिन्ट माउङले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले नेपाल–म्यानमार विकास साझेदारीलाई अझ मजबुत बनाउँदै दातृ निकायहरुसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको बताए । साथै, लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको र यी क्षेत्रहरूको प्रर्वद्धन तथा विकासका लागि म्यानमार सरकार तथा सम्बन्धित साझेदारहरुसँग सहकार्य गर्ने अपेक्षा रहेको उल्लेख गरे ।…
सलमान खानभैरहवा, २२ फागुन । नाम–अजय उर्फ अमिरीका थारु। वर्ष–४२ । पेश–मजदुरी । मुद्दा–कर्तव्य ज्यान । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अपराध अनुसन्धान शाखामा एक व्यक्तिको ‘अपराधिक’ परिचय हो यो । ०८० मंसिर २५ गते हातहतियार खरखजाना मुद्दामा पक्राउ परी जेल सजाए भोगेर बाहिरिएका थारु फेरी जघन्य अपराधमा जोडिएका छन् । जेठीले छाडेपछि घरमा कान्छी श्रीमती भित्राएका उनको सम्बन्ध कान्छीसँग पनि सुमधुर रहेन । कान्छीले पनि छाडेर परपुरुष गएपछि मजदुरी गरेर हाल सियारी गाउँपालिका–२ च्याङठामा चार वर्षीया छोरी र आमाको लालनपालन गर्दै आएका उनी हत्याको आरोपमा प्रहरी हिरासतमा छन् । मजदुरीको सिलसिलमा बुटवलमा बसेर लेबर काम गर्दै आएका थिए । सधैंझै…
भैरहवा, २१ फागुन। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसममा कारण अवतरण गर्न नमिलेको चिनको छेन्दुबाट आएको एयर चाइनाको विमान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको छ । काठमाडौंमा खराब मौसमका कारण अवतरण गर्न नमिलेको अन्तर्राष्ट्रिय वायुसेवाको विमान डाइर्भट भएर भैरहवामा अवतरण गरेको पहिलो पटक हो । बुधवार साँझ त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा विमान अवतरणका लागि हावाको गति अनुकूल नभएकोले एयर चाइनाको विमान डाइर्भट भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । उनले मलेसिया, भारत, कतार लगायत मुलुकका विमान देशबाहिरका विमानस्थलहरुमा डाइर्भट भएपनि खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नमिलेको अन्तर्राष्ट्रिय विमान पहिलो पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय…
हेटौंडा,२१ फागुन। मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी बजारको डम्पिङसाइट नवजात शिशुको शव फेला परेको छ । सालनालसहित डम्पिङसाइटमा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।मंगलबार अपराह्न साढे ५ बजे शव भेटिपश्चात प्रहरीले घटनाको अनुसन्धान थालेको छ । प्रहरीका अनुसार हालसम्म शिशुको शव फाल्नेको पहिचान भएको छैन।
काठमाडौं,२१ फागुन। गृहमन्त्री रमेश लेखकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनकामा भुमिका खेल्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्। बुधबार बिहान गृहमन्त्री लेखकले मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववियू निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिए। उनले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियू निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह गरे। ‘प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिम समेत गठन गर्न निर्देश गरेको छु’,गृहमन्त्री लेखकले भने,‘निर्वाचन हुने जिल्लामा आवश्यक समन्वयका लागि क्याम्पस प्रशासनलाई प्रमुख जिल्ला…
काठमाडौ, २१ फागुन । विभिन्न मुलुक अवैध रुपमा बसेका नेपालीहरु डिपोर्ट भएर फर्किने क्रम बढ्दै गएको छ । सन् २०२१ देखि २०२४ सम्म विभिन्न देशबाट ४ हजार ९ सय ९६ जना निष्कासन भएर फिर्ता भएका छन्। सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा मात्रै ४ सय ५० जना डिपोर्ट भएको तथ्यांक छ । अध्यागमन विभागका अधिकृत विवेक बिडारीका अनुसार पछिल्लो दुई महिनामा विभिन्न बहानामा अमेरिका पुगेका २९ नेपाली डिपोर्ट भएका छन्। यस्तै, कोरिया, जापान, थाइल्यान्डलगायत अन्य देशबाट पनि नेपाली डिपोर्ट भएर फिर्ता भएका छन्। अध्यागमन विभागका अनुसार सन् २०२१ मा विभिन्न देश पुगेका ८ सय ८० जना नेपाली डिपोर्ट भएर…
चितवन, २१ फागुन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्युजन्तुको आक्रमणका घटना बढ्न थालेको हो । चालु आर्थिक वर्षमा गैँडा, हात्ती र बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको हो । चालु आर्थिक वर्षमा जंगली जनावरका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ र घाइतेको उपचारका लागि दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम्म ९४ लाख ६१ हजार…
अर्घाखाँची, २१ फागुन। अर्घाखाँची प्रहरीले नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका-१ का १९ वर्षीय दिपक राना भन्ने यानबहादुर बस्नेत क्षेत्री रहेको प्रहरीले जनाएको छ । क्षेत्रीको साथबाट 9BR ०००१२६ २००० (दो हजार रुमाल) उल्लेखित नौ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं जगन्नाथ मरासिनीले जनाए । उनका अनुसार शितगंगा नगरपालिका वडा नम्बर १२ को ठूलो ढोडेनी पहिरोस्थित गोरुसिंगे सन्धिखर्क सडकखण्डबाट पक्राउ गरिएको हो। पक्राउ परेका क्षेत्रीलाई मुलुकी आचारसंहिता २०७४ को मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप…