Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,१९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेदहरु छलफल गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन्। भैरहवामा आयोजित कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जीवन्त र भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उल्लेख गरे। ‘हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छ।कतिपय कुराहरु नमिल्या हुन सक्छ। यी सबैकुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ’, उनले भने, ‘कांग्रेसलाई हिजो भन्दा अझ ठूलो पार्टी बनाउनुपर्छ।’ उनले लोकतन्त्र/प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धैरै भूमिका हुने बताए । ‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक…

Read More

भैरहवा,१९ फागुन। रुपन्देहीको भैरहवामा रहेका जिल्ला कारागारलाई स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखक र सिद्धार्थनगर नगरपालिकाका (भैरहवा) मेयर इश्तियाक अहमद खाँबीच भेटवार्ता भएको छ। बजारमै कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्नका लागि गृहमन्त्री लेखक सँग आग्रह गरेका छन्। उनले कारागारको जग्गा नगरपालिकालाई दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाइ अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्रीलाई गराएका थिए। जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिए। प्रस्ताव सकारात्मक र समय सापेक्ष रहेको उल्लेख गर्दै उनले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए । 

Read More

भैरहवा १८ फागुन। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बौद्ध स्थलहरुको पर्यटन प्रर्वद्धनका लागी आयोजित ‘बुद्ध ज्ञान साईकल यात्रा’ सकिएको छ। फागुन १६ गते भैरहवाको बुद्धचोकबाट सुरु भएको ‘बुद्ध ज्ञान साईकल यात्रा’ १७ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर सकिएको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए। साईकल सिटी भैरहवाको आयोजनामा गत बर्ष देखि सुरु भएको ‘बुद्ध ज्ञान साईकल यात्रा’को दास्रो संस्करणमा जर्मन, भारत र नेपालका गरी एक सय तिस साईकिलिष्टहरु सहभागी थिए। दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल सहभागी थिए। त्यस्तै जेष्ठ नागरिकमा…

Read More

भैरहवा,१८फागुन । नेपाली कांग्रेसले पार्टीको खम्बाको रुपमा रहेको प्रतिनिधिसभा क्षेत्रिय सभापति तथा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्ने भएको छ। भैरहवामा फागुन १९ र २० गते संचालन हुने कार्यक्रमको उद्घाटन सभापति एवम पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने बताइएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रममा देशभरका प्रतिनिधिसभा अन्र्तगतका १३० जना क्षेत्रीय सभापति र सोही संख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी कुल ३३० जनाको सहभागीता रहने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्ण…

Read More

भैरहवा, १८ फागुन। रुपन्देही प्रहरीले सियारी गाउँपालिका-२ भगदरीमा भएको महिलाको हत्याको गुत्थी सुल्झाएको छ। गत फागुन ८ गते भगदरी स्थित खेतमा परालले छोपिएको अवस्थामा दाङको लमही नगरपालिका-७ उच्च लिम्बुको संगिता चौधरी (४०) को शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीको कमाण्डमा गठित अनुसन्धान टोलीले नौ दिन अनुसन्धान गरेर हत्याको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१२ का अजय उर्फ अमिरीका थारु(४२)लाई पक्राउ गरेको छ। जसको विवरण प्रहरीले आईतबार सार्वजनिक गरेको छ। मादक पदार्थ सेवन गरी झैझगडा हुँदा अमिरीकाले ढुंगाले हानेर संगिताको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एंव सूचना अधिकारी सुरज कार्कीले जनाए। मृतक र आरोपी…

Read More

काठमाडौं,१८ फागुन। सर्वोच्च अदालतमा आइतबार (आज) इजलास नबस्ने भएको छ। नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको जानकारी दिए । ८४ वर्षकी पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । उनले ०६५ जेठ २० मा अवकाश पाएकी थिइन् ।

Read More

काठमाडौं,१८ फागुन। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार केन्द्रीय कार्यालय च्यासलमा अपराहन्न २ बजेदेखि बैठक बस्ने कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए। उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ।सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ।सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

Read More

धनगढी, १८ फागुन। कैलालीको एक सामुदायिक जंगलमा दुई जना युवाको शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा धनगढी उपमहानरपालिका–१० का ३० वर्षीय देवल चौधरी र सोही स्थानका ३२ वर्षीय कैदा रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए । उनका अनुसार चौधरीको शव जामुनको रुखमा झुडिएको अवस्थामा र रानाको शव रुख भन्दा २० मिटर टाढा भुईँमा फेला परेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

धनगढी,१८ फागुन। बैतडीमा गोली प्रहार गरेर युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट घाइते भएका विष्टको उपचारका क्रममा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए। नातामा दाजु पर्ने कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ। घटना पश्चात कर्ण फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएकोले सोही विषयलाई लिएर शनिवार साँझ उनीमाथि गोली प्रहार भएको हुन सक्ने आशंका गरिएको छ ।

Read More

बुटवल,१८फागुन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रुपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेपनि प्रभावकारी नतिजा ल्याएको उल्लेख गरे । अनुसन्धान प्रक्रियालाई अझ परिस्कृत गर्दै नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। ‘प्रहरीले गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ।अहिले धेरै साईबर अपराध हुन थालेका छन्, तसर्थ…

Read More