Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, २ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा छाड्ने आदेश भएको छ । मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौं न्यायाधिश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेका हो । आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । हेर्नुहोस् आदेशको पूर्णपाठः

Read More

काठमाडौ, २ माघ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भएको छ । मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधिश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेका हो । न्यायाधिश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसपछि काठमाडौंमा दर्ता भएको सहकारी ठगी मुद्दामा उनी आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । काठमाडौंको…

Read More

काठमाडौं, २ माघ। नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आफ्नो मागहरुप्रति सरकारले सुनुवाई नगरेको भन्दै महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो १४ बुँदे माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो । आफ्ना मागका बारेमा माघ १५ गतेसम्मको अल्टिमेटमका साथ प्रधानमन्त्री,सम्बन्धीत मन्त्री, प्रदेश मुख्यमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइने महासंघले जनाएको छ । माघ १५ गतेसम्म आफ्ना माग सम्बोधन नभए माघ १८ गते माइतिघरमा धर्ना दिने,२० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने महासंघले जनाएको…

Read More

काठमाडौ, २ माघ । आफुलाई सामाजिक अभियान्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए । विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकी थिइन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, २ माघ। काठमाडौंको काँडाघारीबाट ठूलो परिमाणमा रक्तचन्दन बरामद भएको छ। बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बोरामा बाँधेर राखिएको ४ सय ६२ किलो रक्तचन्दन बरामद गरेको हो। रक्तचन्दनका साथै प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । तर, उनीहरुको पहिचान खुलाइएको छैन्।

Read More

बुटवल, २९ पुस । लायन्स क्लबका जन्मदाता मेल्वीन जोन्सको १४६ औ जन्मोत्सवको अवसरमा बुटवलमा लायन्स डिष्ट्रिक ३२५ पी अन्र्तगतका एरिया ३ र ४ को संयोजनमा र्याली सहित विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गर्भनर पुरुशोत्तम भक्त प्रधानाङ्गले क्लबहरुले गरेको काम समाजिक क्षेत्रमा उदाहारणीय भएको बताए । उनले सबैको साथ र सहयोगबाट नै सामाजिक क्षेत्रमा रहेका क्लबहरुले सकारात्मक उर्जा सहितको कार्यक्रम गर्न सफल भएकोमा धन्यावाद व्यक्त गरे । सप्ताहब्यापी मेल्विन जोन्स अभियानमा सबैभन्दा बढी सामाजिक क्षेत्रमा योगदान दिने एरिया ३ बाट रिजन चेयरपर्सन सुरेन्द्र भारी, कृष्ण प्रसाद पाण्डे, जोन चेयरपर्सन अन्जील खान, शान्ति…

Read More

भैरहवा,२९ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुपन्देही लिलाराम माध्यमिक विद्यालयले उचालेको छ । ११ स्वर्ण, १२ रजत, १० कास्य पदक प्राप्त गरी लिलारामले प्रतियोगिताको उपाधि उचालेको हो । १० स्वर्ण, ७ रजत र ५ कास्य पदक प्राप्त गर्दै मुनलाइट आवासीय माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित काशी नोबल एकेडेमी तृतीय भएका छन् । प्रतियोगिता अन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल भएका थिए । भलिबलतर्फ १९ विद्यालयका छा त्रहरुको १६ र छात्राहरुको १६ वटा टीमको सहभागीता थियो ।त्यस्तै, कबड्डीतर्फ १३ विद्यालयका छात्रहरुको ११ टीम र छात्राहरुको १० टीमको…

Read More

भैरहवा, २९ पुस। लायन्स सामाजिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रतीक पौडेल पुरस्कृत भएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देही र लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीबीचको सहकार्यमा स्थापित उक्त पुरस्कारबाट पौडेल पुरस्कृत भएका हुन् । सोमबार भैरहवामा लायन्स भैरहवा ग्रीन सिटीले एक कार्यक्रमको आयोजना गरी उनलाई नगद दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष मनोज क्षेत्रीले बताए । पत्रकारिताको माध्यमबाट लायन्सका गतिविधिहरु सम्प्रेषण गरी सर्वसाधारणसम्म पुर्याएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेललाई सम्मान गरिएको क्लबका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक डेपुटी सेक्रेटरी गोविन्द प्रसाद गिरीले बताए । सन् २०२० सालमा…

Read More

सलमान खान भैरहवा, २९ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित मायादेवी फलफुल तथा तरकारी बजार (कान्छी बजार) संचालनका लागि आह्वान गरिएको शिलबन्दी बोलपत्रको प्रक्रियालाई लिएर जिल्ला अदालत रुपन्देहीमा रिट दायर भएको खुलेको छ । गत कार्तिक ९ गते श्री नारायणस्थान (मन्दिर संचालन समिति) ले २२ लाख २० हजारमा कम नहुने गरी बजार संचालनका निम्ति जग्गा तथा उक्त जग्गामा बनेको संरचना पाँच वर्ष भाडामा दिनका लागि बढाबढको शिलबन्दी बोलपत्रको आह्वान गरेको थियो । सोही बोलपत्रको प्रक्रिया नमिलेको भन्दै निषेधाज्ञा आदेशको माग गर्दै एक निर्माण व्यवसायीले श्री नारायणस्थान भैरहवा, संचालक समिति र सचिवालयलाई विपक्षी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेको स्रोतले…

Read More

भैरहवा, २९पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा धन आर्जन गरेको भन्दै जलस्रोत तथा सिँचाइ विभागका पूर्वइन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०४६ सालमा सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०७७ असारसम्मको अवधिमा गैरकानुनी रुपमा करिब ५ करोड रकम आर्जन गरेको आयोगको प्रारम्भिक अनुसन्धान देखाएको छ। उक्त अवधिमा श्रेष्ठले ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपियाँको सम्पत्ति भेटिएको आयोगको जनाएको छ । आयोगले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गर्दै ४ करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको…

Read More