


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २५ पुस। रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित पडसरीमा खुल्ला नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । युथ क्लब अफ पडसरीले स्थापना दिवसको अवसरमा खेलकुदको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले यस्तै किसिमको प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै पालिकाबाट आवश्यक साथ सहयोग रहने बताए । ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरीले क्लबले धेरै राम्रो सामाजिक क्रियकलापहरु गर्दै आईरहेको भन्दै पालिकाले उच्च मूल्याङ्कन गरेको बताईन् । उनले प्रतियोगितामा विभिन्न स्थानबाट आएका खेलाडीहरुबीच सम्बन्ध स्थापित भई राम्रो हुने बताउँदै यस्तै प्रतियोगिताले पालिकामा विभिन्न विधाका लागि खेलाडीहरु उत्पादनमा सहयोग पुगेको जनाईन् । उनले गाउँपालिकाको…
पोखरा, २५ पुस। स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा गर्ने आदेश भएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी नियन्त्रयणमा रहेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहसका क्रममा सहकारी ठगी गरेको पर्याप्त प्रमाण भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका थिए।लामिछानेमाथि…
अफजल अहमद खान आजका युवा भोलिको नेता हुन भन्ने भनाइलाई अनुशरण गर्ने हो भने नेता बन्न केही समय लाग्छ। तर समाजमा युवाले नेतृत्व लिनुपर्छ भन्ने सामाजिक मनोविज्ञान धेरै पहिलेदेखि छ। यही सोच अहिले नेपाली समाजमा व्याप्त छ। हो, युवा नेतृत्व अहिलको आवश्यकता हो। युवामा जोश, जाँगर र दृढ इच्छाशक्ति हुन्छ। एकपटक गहनरुपमा सोचौँ त के जोश र जाँगर भएर मात्र नेतृत्व गर्न सकिन्छ? नेतृत्व गर्न कठिन छ। तर फेरी नेतृत्व भनेको मानिस हुर्कँदैदेखि नै सामाजिक क्रियाकलापमा सहभागी हुँदै नेतृत्वको विकास हुन्छ भन्ने विज्ञको मत छ। नेतृत्व विकासमा समाजको अहम् भूमिका हुन्छ जसका कारण कुनै पनि व्यक्ति जन्मिदैँ नेता भएर जन्मिएको…
भैरहवा, २४ पुस। रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएका दुई खेलमा युनिक होम र बुटवल कालिका क्याम्पस विजयी हुँदै सेमिफाइनल पुगेका छन् छन् । युनिक होमले राममणि क्याम्पसलाई ७ विकेट र कालिकाले भैरहवा नमूना उच्च माविलाई ४५ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । यसअघि प्यारामाउण्ट कलेज र रुपन्देही क्याम्पस सेमिफाइनल पुगिसकेका छन् । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको राममणिले निर्धारित २० ओभरमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनायो । उसका लागि थमन…
भैरहवा, २४ पुस । भारतका बलिउड अभिनेता सलमान खानलाई ‘सुरक्षा थ्रेट’ बढेपछि मुम्बई स्थित ग्यालेक्सी अपार्टमेन्टमा बुलेटप्रुफ सिसा जडान गरिएको छ । गत अप्रिल महिनामा अभिनेता खानको अपार्टमेन्ट बाहिर गोली प्रहारको घटना भएको थियो । त्यसपछि उनी निकट बाबा सिद्दिकीको हत्या गरिएको थियो । साथै, उनलाई पटक-पटक आइरहेको धम्की लगायतका घटनालाई विश्लेषण गर्दै घरको बालकोनी क्षेत्रमा बुलेटप्रुफ सिसा लगाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । घटनाहरु पश्चात मुम्बई प्रहरीले अभिनेता खान र परिवारका सदस्यहरुलाई बालकोनी र सडकको झ्यालतर्फ नजान सुझाएपछि अभिनेता खानले बालकोनी क्षेत्रलाई सुरक्षित बनाउँदै बुलेटप्रुफ सिसा लगाएका छन् । महाराष्ट्र सरकारबाट ‘वाइ’ श्रेणीको सुरक्षा पाएका अभिनेता खान हाल सुरक्षाकाबीच…
काठमाडौं, २४पुस। सरकारले सशस्त्र प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गतेबाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो । डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यीनैमध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो पनि खुलेको छ । गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्।…
लुम्बिनी, २४ पुस । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । स्थानीय तह, प्रहरी लगायत सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोली गणना गरिदै आएको र दानपेटिकाबाट संकलित रकम कोषको महत्वपूर्ण आम्दानीको स्रोत भएको बताए । दानपेटिकामा संकलित दानलाई सीसीटिभीको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो…
भैरहवा,२३ पुस। भैरहवा तथा आसपास क्षेत्रको मौसम अझै दुई-तीन दिन हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना रहेको छ। सोमबार घाम लागेपनि मंगलवार बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले छोपेको छ। दिउँसोदेखि शीतलहर चल्न थालेको छ । हुस्सु र शीतलहरसँगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन प्रभावित छ । ‘केही समय-समयका लागि मौसम खुलेपनि समान्यतया अझै दुई–तीन दिनसम्म मौसम सफा हुने अवस्था देखिँदैन’, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान शाखाका प्रमुख तथा मौसमबिद् सुभाष रिमालले भने, ‘त्यसपछिका दिनमा मौसम कस्तो रहन्छ भन्ने अहिले नै पूर्वानुमान गर्न सकिँदैन ।’ मंगलबार बिहानै देखिको हुस्सु, कुहिरोका कारण भिजिविलिटी कम हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट…
काठमाडौ,२३ पुस । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान थालेको सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब ६१ ग्राम तौल बराबरको सुन जस्तो देखिने धातुको ढिक्का १ थान र औठी १ थानसहित चितवन, भरतपुर महानगरपालिका-१२ का २५ वर्षीय संजय तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एयर इन्डियाको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
भैरहवा, २३ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोबाइल पसलमा चोरी भएको छ । चोरले मोबाइल लगायत सामग्री चोरी गर्नका लागि बोरा नै लिएर पुगेको सीसीटीभी फुटेजमा देखिएको छ । नगरपालिकाको कोटिहवास्थित रोहित मोबाइल एण्ड टीभी सर्विसमा सोमबार राती चोरी भएको प्रहरीले जनाएको छ । पसल संचालक संजय कुमार चाइका अनुसार मर्मत र बिक्रीका लागि राखिएका ७ लाख बढी मूल्य बराबरको मोबाइल लगायतका सामग्री चोरी भएको छ । ‘चोरहरुले निस्फिक्री समान चोरी रहेका छन्। यस अघि पनि मोबाइल पसलहरुमा चोरी भएको छ। नसमातिदा उनीहरु मनोबल झन बढेको छ’,मोबाइल व्यवसायी समितिका उपाध्यक्ष हरि पाण्डेले भने ‘यस्तै अवस्था रहे मोबाइल व्यवसायीहरु विस्थापित हुने…