Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

हृदयराम गुप्ता मर्चवार, २ पुस । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१/०८२ को आय व्यय प्रस्तुत गर्दै सम्मरीमाई-५ पाण्डेयडिह स्थित संस्थाको प्रांगणमा उक्त सभा सम्पन्न भएको हो । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वावलम्बनका अध्यक्ष जयराम गडेरियाले आर्थिक वर्ष ०८०/०८१ मा ५ लाख ९५ हजार १ सय शेयर पुँजी बृद्धि भई ४९ लाख ७० हजार ७ सय कायम भएको बताए । यस्तै बचत रकम आर्थिक वर्ष ०८०/०८१ मा ५५ लाख २७ हजार ४ सय २५ रुपैयले बृद्धि भई ५ करोड ६० लाख २२ हजार १ सय ५५…

Read More

भैरहवा, २ पुस । रुपन्देहीको भैरहवामा आयोजित नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म १२ दिनसम्म महोत्सव संचालन भएको थियो । महोत्सवमा क्रेता–विक्रेताबीच प्रत्यक्ष भेटघाट भएको र यसले उद्योगी–व्यवसायी र उपभोक्ताबीचको सामिप्यतालाई अझै प्रगाढ बनाएको आयोजकले जनाएका छन् । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिकेको संघले दावी गरेको छ । महोत्सव समापनको अवसरमा बोल्दै संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मेलामा आन्तरिक…

Read More

भैरहवा, २ पुस । रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो । संघीय सरकारका गृहमन्त्री रमेश लेखक र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष उपस्थितिमा सुरक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीलाई सम्बोधन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सूचीका अधिकार कार्यान्वयन गर्न संघीय सरकारले सघाउनुपर्ने बताएका छन् । प्रदेशमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्ने देखी प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन समेत प्रदेश सरकारलाई रोकेको बताए । उनले तत्काल प्रदेशमा प्रहरी समायोजन…

Read More

धरान, १ पुस । प्रहरीले एक क्विन्टल २३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रदेश १-०२-००२ ह १६५५ नम्बरको टेम्पोमा गाँजा राखिएको अवस्थामा टेम्पो र चालक धरान-१७ का धनबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको डीएसपी प्रकाश जबेगुले बताए। पक्राउ परेका भण्डारीलाई सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको छ। पछिल्लो समय धनकुटामा उत्पादन हुने गाजा तस्करहरुले धरान हुँदै इटहरी, विराटनगरबाट भारततर्फ लैजाने गरेका छन्। धरान प्रहरीले १५ दिन अगाडि पनि दुइटा सरकारी नम्बर प्लेटको गाडीमा गोली हानेर ७ सय केजी गाजा बरामद गरेको थियो।

Read More

पोखरा, १ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पोखरामा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माका अनुसारलामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ ।

Read More

दाङ, १ पुस । दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै लु१ज ४२९८ नम्बरको सवारी (विङ्गर) लमही नगरपालिका-९ च्याउखोला बक्सकटिङ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही स्थानको ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार थिए । तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने प्रवक्ताले थापाले जानकारी दिए ।

Read More

भैरहवा, १ पुस । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’ भएको छ । आइतबार रातिदेखि वेभसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिएकी छन् । महाशाखाको वेभसाइट (www.mfd.gov.np) ह्याक भएको भन्ने सूचना देखाइएको छ । ‘ह्याक भएको हो । राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो । राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन् । समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको उनको भनाई छ । महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर, वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।

Read More

काठमाडौं, ३० मंसिर । राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान भएकोले सोमबार (भोली) देखि रात्रिकालीन उडान सुरु हुनेछ । इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली सहायताले कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्छ । प्रणाली जडान भएपछि बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरुसहित परिक्षण उडान गरेको थियो । उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ । यसअघि, उक्त विमानस्थलमा पाँच हजार मिटरको भिजिबिलिटी हुँदा मात्रै उडान अवतरण हुने गरेको थियो ।

Read More

काठमाडौं,३० मंसिर । नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको छ । जारी विज्ञप्तिमा भनिएको छ ,‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चारमाध्यमहरुमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ।’ नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यामहरुमा सम्प्रेषण गर्न एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

सिरहा, ३० मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका-१० जिरोमाइलमा दुर्घटना भएको कारबाट एक क्विन्टल तीस किलो गाँजा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिदाँ दुर्घटना भएको थियो । त्यसपछि प्रहरीले खोजतलासका कारमा गाँजा बरामद गरेको हो । ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको र कारका चालक फरार भएको प्रहरीले जनाएको छ ।

Read More