


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २१ पुस । रुपन्देहीको सियारी गाउँपालिकाको कार्यालयद्धारा आयोजित पालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मैनहिया माध्यमिक विद्यालयले उचालेको छ । सियारी–४ स्थितपब्लिक माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा मैनहिया मावि ८ वटा विधामा प्रथम, २ वटा विधामा द्वितीय र ४ वटा विधामा चौथो हुँदै प्रतियोगिताको उपाधि उचालेको हो । मैनहिया मावितर्फ पनि प्रथम भएको छ । मावितर्फ मैनहियाले ७ विधामा प्रथम, २ वटा विधामा द्वितीय र २ वटा विधामा तृतीय भएको छ । मैनहियाले १७ हजार ५ नगदसहित शिल्ड तथा कप प्राप्त गरेको गाउँपालिका कार्यालयले जनाएको छ । पालिकाका अनुसार आधारभूत तहतर्फ गड्सारी र देर्गादेवी उत्कृष्ट भएका छन् ।…
भैरहवा, १९ पुस। मारवाडी युवा दिवसको अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन केन्द्रीय समिति र यसअन्तर्गत रहेका मारवाडी युवा मंचहरुले मुलुकका २० सहरमा रक्तदान गरेका छन् । रगत अभावमा कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यकासाथ मुलुकका मुख्य सहरहरुमा एकैपटक शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको मारवाडी युवा संगठन केन्द्रीय समितिले जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले आफूहरुले विगतदेखि नै मारवाडी युवा दिवसका अवसरमा रक्तदान गर्दै आएको बताए । ‘यसपटक अलि बृहत् रुपमा रक्तदान गरेका छौं’, उनले भने, ‘सबै ठाउँमा उल्लासमय तरिकाले रक्तदान भएको छ । यसले पक्कै पनि रगतको अभाव भएकाहरुको ज्यान जोखिममा पर्नबाट बच्नेछ भन्ने हाम्रो…
भैरहवा, १९ पुस। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले केही दिन यता अनलाइन ठगीको घटना बढेपछि सर्वसाधरणहरुलाई सचेत रहन आग्रह गरेको छ । शुक्रबार सीआईबीले प्रेस विज्ञप्ती जारी गर्दै धोकापूर्ण तरिकाले प्रलोभनमा पारी अनलाइन ठगीको घटना बढेकोले त्यसबाट जोगिनका लागि सर्वसाधरणहरुलाई सचेत रहन आग्रह गरेको हो। सामाजिक संजाल (फेसबुक, भाइबर, म्यासेन्जर, इन्सटाग्राम, टेलिग्राम, इमो, ह्वाट्स एप लगायत) को माध्यम विभिन्न तरिकाले र ईसेवा, खल्ती जस्ता वालेट तथा बैंक बित्तिय संस्थाबाट बोलेको भन्दै अनलाइ ठगी भइरहेको सीआईबीले जनाएको छ । ठगीबाट सजग रहनका लागि सीआईबीले सर्वसाधरणहरुलाई केही सुझाव समेत दिएको छ। यस्तो छ सीआईबीको सुझावः (हेर्नुहोस् पत्र)
पर्वत,१९ पुस । पछिल्लो समययता पर्वत प्रहरीले धमाधम फरार प्रतिवादीहरुलाई पक्राउ गर्न थालेको छ। अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाए पाएका फरार प्रतिवादीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । पुस महिनाको १९ दिनमा मात्र २९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पवर्तका सूचना अधिकारी एवं प्रहरी निरक्षिक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष ०८१/०८२ को पुस १९ गतेसम्म ६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । ‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’…
भैरहवा, १९ पुस। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिन यता अनलाइन ठगी बढेकोले सर्वसाधरणहरुलाई सचेत रहनका लागि आग्रह गरेको छ। शुक्रबार सीआईबीले प्रेस विज्ञप्ती जारी गर्दै धोकापूर्ण तरिकाले प्रलोभनमा पारी अनलाइन ठगीको घटना बढेकोले त्यसबाट जोगिनका लागि सर्वसाधरणहरुलाई सचेत रहन आग्रह गरेको हो। ठगीका लागि हालसम्म पाँच सय बढी शंकास्पद फोन नम्बरहरु सक्रिय भएकोले अपरिचित नम्बरहरुबाट आएको फोन कलहरु नउठाउन र म्यासेजको रिप्लाई नगर्नका लागि आग्रह गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। इसेवा र खल्तीजस्ता वालेटसहित बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी संस्थाको आधिकारिक व्यक्ति भनेर फोन सम्पर्क गरेर समेत ठगी हुने गरेको ब्यूरोले जनाएको…
काठमाडौ, १९पुस। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले थप ६ अर्ब ८० करोड रुपैयाँ सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत ०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसीसी अन्तर्गतका आयोजनाका लागि उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रुपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरुमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसीसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ’, एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा…
काठमाडौं, १९पुस । गृहमन्त्री रमेश लेखकले परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन्। शुक्रवार गृह मन्त्रालयले आयोजना गरेको जिल्ला सुरक्षा समितिसँग भर्जुअल बैठकलाई सम्बोधन गर्दै उनले लागुऔषध नियन्त्रण,आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनका बीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्। ‘अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक-अर्कासँग सम्बन्धित छन्’, उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरेर लाग्नुहोस् ।’ उनले सीमामा हुने अपराध, चोरी, तस्करी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे। मन्त्रालयले कानुनी,नीतिगत…
भैरहवा, १९ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित पक्लिहवा माध्यमिक विद्यालयमा निःशुल्क कपाल काट्ने कार्यक्रम गरिएको छ । युनिसेक्स सैलुन, भैरहवाको प्राविधिक सहयोगमा विद्यालयमा अनुशासन कायम राख्न र विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा छात्रतर्फ ५७ र छात्रातर्फ १ जना गरी कुल ५८ जना विद्यार्थीहरु कपाल काट्ने सेवाबाट लाभान्वित भएको विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गले यस किसिमको कार्यक्रमले गाउँ घरका विपन्न परिवारका विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुग्ने र कार्यक्रमले विद्यालयको अनुशासन कायम राख्नमा टेवा पुग्ने भन्दै यसको निरन्तरतामा जोड दिए । विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता…
भैरहवा,१९पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपलिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ। नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक तथा शारीरिक बिकासलाई लक्षित गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागिएको सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । उनका अनुसार पुस २७, २८ र २९ गते नगरपालिका वडा नं. १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा प्रतियोगिता हुनेछ । आवश्यकताको अवस्थामा पक्लिहवा कृषि क्याम्पसको खेल मैदानलाई समेत प्रयोग गर्न सकिने गरी निर्णय भएको पनि नगरपालिकाले जनाएको छ । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनोट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिकाका…
दाङ, १९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । राप्ती गाउँपालिका–८, मिलनडाँडामा निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्याएको उल्लेख गरे । उनले यसखाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने जनाए । ‘अमानवीय व्यवहारले मानिसलाई सडकमा पुर्याएको छ । यसखाले समस्या समाधानका लागि मानिसमा चेतना बढाउन जरुरी छ’, उनले भने, ‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ रु कारण खोजेर चेतना अभिवृद्धिका लागि…