


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,११पुस। भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीवार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दिल्लीस्थित एम्स अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनको बिहीवार राति ९ः५१ बजे निधन भएको हो । कांग्रेसका नेता रहेका ९२ वर्षीय सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए। ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो’, जारी विज्ञप्तीमा भनिएको छ, ‘बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै…
भैरहवा, ११ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालय र वडा नम्बर २ जंगलटोलस्थित श्री बहिरा बाल माध्यमिक विद्यालयबीच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको छ। विद्यार्थीहरुबीच भातृत्व, परिचय, सिकाई, प्रविधिको परस्पर साटासाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको श्री पक्लिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले यस्ता प्रतियोगिताले विद्यार्थीको शारीरिक विकासका साथै बौद्धिक विकासमा टेवा पुग्नुका साथै बाल–बालिकाहरुमा भएको मोबाइलको लत केही भएपनि हटाउन सकिने बताए । पक्लिहवा माविको खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत छात्रतर्फ बहिरा बाल विद्यालयले पक्लिहवा मा.वि.लाई २५–१७, २५–१६…
भैरहवा, ११ पुस। शान्तिका अग्रदुत गौतम बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १०औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो । ‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी,…
भैरहवा, ११ पुस। रुपन्देहीको भैरहवामा विद्यार्थीहरुमा लागुऔषध दुव्र्यसन लगायत विषयमा सचेतना फैलाइएको छ । जसका लागि सिद्धार्थनगर नगरपालिकाले बिहीवारदेखि सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं १ स्थित बेलहिया मा.वि.बाट सुरु गरिएको अभिमुखीकरणको उद्घाटन गर्दै नगर प्रमुख इश्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यन गर्दा विद्यार्थीहरु बहकाउमा परेर लागुऔषध दुव्र्यसनमा पर्न सक्ने भएकाले सोको रोकथामका लागी अभियान सुरु गरिएको बताए। उनले विद्यार्थीहरुको अनुशासन महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविष्यमा सवल, सक्षम एवं सफल व्यक्ति बन्न लागुऔषध सेवनबाट टाढा रहनु पर्ने बताए । सिद्धार्थनगर नगरपालिकाको उप प्रमुख उमा अधिकारीले…
भैरहवा, ११ पुस । राज्यको ढुकुटीमा रकम अभाव रहेको भन्दै निर्माण व्यवसायीहरुको पसिनाको कमाई दिन नसेकेको सरकारसँग निर्माण व्यवसायीहरुका नेताहरुले भुक्तानीका लागि फेरी पहल गर्ने भएका छन् । जसका लागि नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सबै सदस्यहरुलाई पुस ८ गते चलानी नम्बर ४५४ ले भुक्तानी बाँकीको विवरण उपलब्ध गराउनका लागि पत्राचार गर्दै अनुरोध गरेको छ । पत्रमा प्रदेश, संघिय र स्थानीय तह अन्र्तगत हाल निर्माणाधिन अवस्थामा रहेका तथा सम्पन्न भएका आयोजनाहरुबाट रकम पाउनु पर्ने लगायत विषयको विवरण भुक्तानी पाउनुपर्ने निर्माण व्यवसायीहरुसगँ उपलब्ध गराइएको ढाँचामा माग गरिएको छ । सोही पत्रका अनुसार लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका महासचिव प्रितम रौनियारले आर्थिक…
भैरहवा, ११ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा थप ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरिएको छ । गत आर्थिक वर्षमा भैरहवामा उक्त प्रणाली पहिलो पटक जडान गरिएको थियो । सीमावर्ती शहर भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले उक्त प्रणाली जडान गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए। सवारी दुर्घटना देखि अपराध न्यूनिकरण तथा अनुसन्धानका लागि उक्त प्रणालीको सहायताले सहज हुने बताइएको छ । नगरलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप नगरपालिकाको कार्यालय विभिन्न कार्यहरु गर्दै आएको छ । जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको रंग, फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा…
भैरहवा, ११ पुस । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानकारी पश्चात इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जबरजस्ती करणी आरोपमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियारमा सोही स्थानको २१ वर्षीया कविता चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । रन्यौरा प्रहरीले उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको छ । पक्राउ परेकाहरु उपर जबरजस्ती करणी सम्बन्धि कसुरमा मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
काठमाडौं, ११ पुस । विभिन्न तराईका जिल्लामा कार्यरत सशस्त्र प्रहरी बल, नेपालका चार जना एसपीहरु हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमितताको आरोप र राजस्व गडबडी भएपछि प्रधान कार्यालय तानेर उनीहरु माथी छानबिन थालिएको छ । छानबिनका लागि तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी छन्। गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ। बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन्। सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार ती एसपीहरुमाथी केही बुझ्नुपर्ने भएकोले प्रधान कार्यालय झिकाइएको हो । डीएसपी र इन्सपेक्टरहरु पनि झिकाइए भन्सार…
भैरहवा, १० पुस । भैरहवामा जिल्लास्तरीय अन्तर कलेज टी–२० साई ग्लोबल कप–२०८१ हुने भएको छ। रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल कलेजको प्रायोजनमा पुस ११ गते बिहीबार देखि भैरहवाको सिद्धार्थ किक्रेट रंगशालामा प्रतियोगिता हुने भएको हो। रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारीका अनुसार पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ वटा टीमको सहभागीता हुनेछ । नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्कवापत ८ हजार रुपैयाँ तोकिएको संघका कार्यसमिति सदस्य तथा प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए । प्रतियोगिताको विजेतालाई ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २५ हजार ५ सय ५५ हजारसहित ट्रफी, मेडल र…
भैरहवा, १० पुस । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाउने बताएका छन् । रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सियारी पर्यटन करिडोरको शिलन्यास तथा दयानगर दानव लिफ्ट सिचाई योजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उल्लेख गरे । उनले कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने बताउँदै सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने बताए । उनले कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्न सरकारले रणनीतिक रुपमा काम गरिरहेको र सुधारका संकेत देखिन थालिसकेको बताए…