


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
झापा, २८ साउन । झापा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर रहेको प्रहरीले जनाएको छ । दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट गजमेरलाई पेस्तोल र म्यागजिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार गजमेरको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल र २ थान म्यागजिन बरामद भएको छ ।
भैरहवा, २७ साउन । रुपन्देहीको तिलोत्तमामा रहेको यशोदा फुड्स प्रालिले बढी बुझाइएको रकम अग्रीम दाखिला रकममा कायम गरिदिन भन्दै नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । प्रा.लि.ले आइतबार दाखिला भएको रकम आगामी दाखिला गर्नुपर्ने महसुल रकममा हिसाब मिलान गर्नेगरी अग्रीम दाखिला रकममा कायम गरिदिन प्राधिकरणलाई पत्राचारमार्फत अनुरोध गरेको छ । कम्पनीले नेपाल विधुत प्राधिकरण नयाँमिल वितरण केन्द्र मणीग्राम, रुपन्देहीलाई पत्राचार गर्दै प्राधिकरणसगँ कहिले पनि ट्रंक/डेडिकेटेड लाइन माग नै नगरेकोमा अवस्थामा पनि लाइन लिएको भनी विशेष दर लगाई छुट प्रिमियम महसुल रकम माग गरी पत्राचार गरेकोमा असन्तुष्टि जनाएको छ । ‘…पत्राचार प्रति उद्योगलाई चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र सिफारिस बमोजिम…
भैरहवा, २७ साउन । रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको अध्यक्ष आकाश पौडेल निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न क्लबको तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा वर्ष २०२४–२०२५ का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल लामो समयदेखि विभिन्न समाजिक क्षेत्रमा क्रियाशील छन् । उनले विभिन्न संघसंस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । जसले गर्दा उनलाई रोट्रयाक्ट क्लबको पनि नेतृत्व गर्ने अवसर मिलेको हो । निर्वाचन समितिका अनुसार क्लबको उपाध्यक्षहरुमा अर्जुन प्रधान, रेश्मीराज पंगेनी, आशिष पन्थी, सचिवमा निर्वीक ढुंगाना, कोषाध्यक्षमा अंकित कान्दु र सहसचिवमा सचिन गुरुङ सर्वसम्मत चयन भएका छन् । यस्तै, क्लबका सदस्यहरुमा विज्रेश बानियाँ, ईश्वर हिताङ, राज वर्नवाल,…
काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीसहितको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता गरेको हो। भेटका क्रममा दुई पक्षीय हित र पारस्परिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल,नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायत उच्च अधिकारीहरू सहभागी थिए। विदेश सचिव मिश्री परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा आज काठमाडौं आएका हुन्। दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्रीले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भैरहवा, २७ साउन । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज’ (शवलाई सुरक्षित राख्ने फ्रिज) सेवा शुल्कको दर घटाएको छ । यस अघि एक हजार रुपैयाँ सेवा शुल्क लिदै आएको अस्पतालले दर घटाएर पाँच सय रुपैयाँ कायम गरेको हो । नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझावअनुसार अस्पताल विकास समिति बैठकले सेवा शुल्कमा पाँच सय रुपैयाँ घटाएको अस्पतालको प्रमुख एवं मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले बताइन् । ‘हामीले सकेसम्म मर्चुरी फ्रिज सेवालाई निःशुल्क रुपमा उपलब्ध गराउने प्रयास गरेका हौं’, उनले भनिन्, ‘तर विद्युत, मर्मतसम्भार लगायत खर्चका कारण तथा अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी पाँच सय रुपैयाँ कायम गरेका हौँ…
भैरहवा, २५ साउन । गृह मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) गैरहाजिर भएपछि स्पष्टिकरणसहित उपस्थित हुन उनको नाममा सूचना जारी गरेको छ । पर्साको साविक हरिहरपुर विर्ता- २ की प्रहरी निरीक्षक डा. प्रिति मिश्र नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल, रुपनी सप्तरीमा कार्यरत रहेको जनाइएको छ । ०८१ बैशाख १० गतेदेखि १५ दिन घरविदा स्वीकृत गराएर विदा बसेकोमा विदा भुक्तान गरी अस्पतालमा हाजिर हुन आउनुपर्नेमा आफुखुशी गैरहाजिर रहेकोले मन्त्रालयले शुक्रवार स्पष्टिकरणसहित उपस्थित हुन सात दिने सूचना जारी गरेको हो । ‘…प्रक्रिया पुरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर…
काठमाडौँ, २५ साउन । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न लागेको श्री एयरलाइन्सको विमानमा रहेका यात्रुहरुबीच होहल्ला भएपछि विमानलाई धावनमार्गबाट फर्काइएको छ । श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार शुक्रवार बिहान साढे ७ बजे काठमाण्डौँँबाट सुर्खेतका लागि उडानको क्रममा विमानमा रहेका यात्रुहरुबीच होहल्ला भएपछि विमानलाई धावनमार्गबाट पार्किङमा फर्काइएको हो । विमानमा रहेका यात्रुबीच होहल्ला भएमा अन्तर्राष्ट्रिय नियमअनुसार ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराइन्छ । यात्रुका कारण उडान सुरक्षामा कुनै खतरामा नहोस् भनेर यसो गर्ने गरिन्छ । विमान पार्किङमा फर्काएर होहल्ला गरेका यात्रुहरुबीच मिलापत्र गराएर पुनः उक्त विमान सुर्खेत उडाइएको उनले जानकारी दिए ।
भैरहवा, २५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमी पर्व आज शुक्रवार परम्पराअनुसार देशभर मनाइँँदै छ । घरको मूल ढोकामा नागको पूजा गरी नागको चित्र टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र…
काठमाडौँ, २४ साउन । नेपाली सेनाका वरिष्ठ रथी अशोकराज सिग्देलले कायममुकायम (कामु) प्रधान सेनापतिको जिम्मेवारी पाएका छन् । गत साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । जसअनुसार प्रधान सेनापति प्रभुराम शर्माले बिहिवार सिग्देललाई कार्यभार बुझबुझारथ गरेको बुझिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन् । तीन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनी बिदामा बस्न लागेका हुन् । सैनिक सेवा नियमावली-२०६९ को दफा ९८ मा भएको व्यवस्थाबमोजिम प्रधानसेनापति पदावधि सकिनुभन्दा एक महिनाअघिबाट बिदामा बस्ने र कायममुकायम प्रधान सेनापतिलाई कमान्ड बुझबुझारथ गर्ने प्रचलन रहेको छ ।
२४ साउन, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा लागुऔषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । हवाइमार्ग हुँदै नेपाल भित्रिएको ती विदेशी नागरिको साथबाट ६ किलो कोकिन बरामद भएको छ ।६ किलो कोकिनसहित बिहिवार विदेशी नागरिक पक्राउ परेका हुन् । घटना विवरणबारे बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने लागुऔषध ब्यूरोले जनाएको छ ।