Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बर्दिया, ५ पुस । लुम्बिनी प्रदेशको पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले ‘घुम्न जाउँ बर्दिया’ अभियान सुरु गरेको छ । प्रदेश सरकारले ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरेर घुम्न जाउँ बर्दिया अभियान सुरु गरेको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम नीति तथा कार्यक्रम अन्र्तगत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जस अन्र्तगत आन्तरिक र बाह्य पर्यटकलाई आर्कषित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो । अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान…

Read More

लुम्बिनी, ५ पुस । लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुईवटा बस बिहीबारदेखि सञ्चालन सुरु गरेको छ । एसियाली विकास बैंंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएकामध्ये दुईवटा बसको परीक्षणका लागि सञ्चालन सुरु गरिएको हो । एसियाली विकास बैंकको अुनदान सहयोगमा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । मन्त्रालयले सेतो नम्बर प्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानूनी उल्झनका कारण बस र भ्यान सञ्चालन…

Read More

भैरहवा, ४ पुस। युनाईटेड बिजनेश कर्प प्रालीले भैरहवामा हिरो कम्पनीको दुई वटा ‘एक्स्ट्रिम १६० आर फोरभी’ र ‘एक्स्ट्रिम १२५ आर’ नयाँ मोडेलको मोटरसाइकल सार्वजनिक गरेको छ । प्रालि हिरोको भैरहवा क्षेत्रको लागि आधिकारिक विक्रेता हो । एक्स्ट्रिम १६० आर फोरभीको तीन लाख ८४ हजार ९ सय तथा एक्स्ट्रिम १२५ आरको सीबीएस भेरियन्टको दुई लाख ८९ हजार ९ सय रुपैया र एबीएस भेरियन्टका लागि तीन लाख १९ हजार ९ सय रुपैया रहेको प्रालीका सञ्चालक दिपेन्द्र यादवले बताए । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल भएको उनले दावी गरे । यसलाई अझ उच्च स्तरको…

Read More

काठमाडौं, ४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आठ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीबाट बरिष्ठ नेता राजेन्द्र महत्तो बाहिरिएपछि अध्यक्ष महन्थ ठाकुरले धमाधम केन्द्रीय समिति विस्तार गर्दै लगेका छन् । केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछ प्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ । केन्द्रीय सदस्य थपिएसँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।

Read More

बर्दिया, ४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रर्वद्धनबाट प्रदेशले समृद्धि हाँसिल गर्ने लक्ष्य राखेको बताएका छन्। उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति र प्रकृति बिषय नीति संवाद कार्यक्रमलाई सम्वोधन गर्दैै उनले आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरेर कार्यान्वयनमा लगेको बताएका हुन् । उनले प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषित गरेको, पर्यटनमैत्री पूर्वाधार र सम्पदाहरुको संरक्षणमा सरकारले प्राथमिकता राखेर योजना अघि सारेको बताए। लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटन क्षेत्रलाई जोड्नेगरी सरकारले अभियान थालेको…

Read More

महोत्तरी, ४ पुस । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा प्रेमी पक्राउ परेका छन् । प्रहरीका अनुसार बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्याको आरोपमा फरार रहेका सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई वीरगञ्जबाट पक्राउ गरिएको छ । असोज २२ गते महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने र सँगै जीवन बिताउने वाचा गरेर फर्किने क्रममा विवाद हुँदा रायको हत्याको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि यादवले रायको घाँटी डोरीले कसेर हत्या गरी फरार भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए । असोज २३…

Read More

मस्को । रूसले बुधबार हजारौं टन तेल समुद्रमा चुहिएर  ५० किलोमिटर क्षेत्र प्रदूषित भएपछि सफाइ अभियान विस्तार गरेको छ। यो घटना तेल ट्यांकर जहाजहरू एउटा आँधीमा दुर्घटनाग्रस्त भएपछि भएको थियो। एउटा पुरानो रूसी तेल ट्यांकर टुक्रिएर डुबेको थियो भने अर्को मस्को–एनेक्स्ड क्रिमिया र दक्षिणी रूसको क्रास्नोडार क्षेत्र बीचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएको थियो। रूसको आपत्कालीन मन्त्रालयले बुधबार अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने र कूल ७० किलोमिटर समुद्र तटमा गस्ती गर्ने काम गरिरहेको बताएको छ। दुई ट्यांकरले करिब ९ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको…

Read More

बर्दिया, ४ पुस । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव वन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माणबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका पदाधिकारीसँग छलफल गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले र बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायत सम्बद्ध पक्षसँग छलफल गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक वर्ष २०८०/८१ मा पाँच जनाको मृत्यु र आठजना घाइते भएको प्रदेश वन…

Read More

भैरहवा,४ पुस । रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयले सबै सेवा एकै स्थानबाट प्रवाह गर्नका लागि घुम्ती शिविर सुरु गरेको छ । स्थानीयवासीहरुलाई सहजरुपमा वडास्तरबाटै पालिकाका सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको हो । वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले ओमसतिया वडा नम्बर ६ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले बताए। सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको उनको भनाइ छ । ‘गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ’, उनले भने,…

Read More

काठमाडौं, ३ पुस । नेपाल प्रहरीले आर्थिक अपराधको कारण अन्य अपराधका घटनामा बढेको जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकका कार्य र प्रगति सार्वजनिक गर्दै नेपाल प्रहरीले प्रविधिको बढ्दो दुरुपयोगबाट सिर्जित अपराधहरू चुनौतीको रुपमा रहेको र आर्थिक अपराधको कारण अन्य अपराधहरु बढेको तथ्याङ्कले देखाएको जनाएको हो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले विद्यमान स्रोत साधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशिल रहेको बताए। उनले चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा देशभर १९ हजार ४९८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये आर्थिक अपराधका मुद्दाहरु धेरै रहेको बताए। यसबाहेक बलात्कारका कसुरका मुद्दाहरुको संख्या पनि धेरै छ । सोही…

Read More