Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ४ मंसिर । भैरहवाका उद्योगी–व्यवसायीले यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको र यसलाई निरन्तरता दिनुपर्नेमा सबै लाग्नुपर्नेमा जोड दिए । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) लेभैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको स्वागत तथा परिचयात्मक कार्यक्रम उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि विगतमा संगठनले दबाबमूलक कार्यक्रम गरेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्छ । लामो समयदेखि निर्माण सुरु…

Read More

भैरहवा, २ मंसिर । रष्ट्रिय कर सप्ताहको अवसरमा भैरहवामा सेवाग्राहीलाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाले कर सप्ताह अन्र्तगत दोस्रो दिन आइतबार कार्यालयमा सेवा लिन आएको पहिलो सेवाग्राही राजु कौशललाई सम्मान गरेको हो । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ कोटिहवामा लक्ष्मी साइकल सर्भिस संचालन गर्दै आएका कौशललाई प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले माला, खादा टीका लगाएर सम्मान गर्दै कर चुक्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कर सप्ताहको पहिलो दिन शनिवार परेकोले आइतबार कार्यालय आएका पहिलो सेवाग्राहीको रुपमा कौशललाई सम्मानित गरिएको कार्यालयका सूचना अधिकारी एवम कर अधिकृत धनिश्वर अर्यालले बताए । आफु कार्यालयमा कर चुक्ता प्रमाणपत्र लिन आउदा…

Read More

भैरहवा,२ मंसिर । ट्राभल व्यवसायीहरुको साझा संस्था नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन् ।संस्थाको १५ औँ साधारसभा तथा अधिवेसनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार प्रदेशको बरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पान्डे, द्धितीय उपाध्यक्षमा गोबिन्द सिंह, तृतिय उपाध्यक्षमा अन्जन कुमार श्रेष्ठ, महासचिवमा सिता बसेल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदीप कुमार पोखरेल र सहकोषाध्यक्षमा बिराट श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा बरुण ज्ञवाली, जिवनाथ पौडेल, गणेश भट्टराई, टंक काफ्ले, गौरब पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्र शरण शर्मा चयन भएका निर्वाचन समितिले जनाएको छ ।

Read More

काठमाडौं, २ मंसिर। गृहमन्त्री रमेश लेखक र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बल नेपाल र एसएसबीले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ । भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सहकार्य गर्न जोड दिए । गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल-भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने…

Read More

दाङ, २ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी प्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । पोख्रेल परिवारको निवास दाङको घोराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेलप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोख्रेलले खेलेको भूमिका र पुर्‍याउनु भएको योगदानलाई पार्टी पंक्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् । ‘दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ’उनले भनेका छन्,‘समाज रुपान्तरण र परिवर्तनका लागि महत्वपूर्ण भूमिका रहेको छ…

Read More

झापा, २ मंसिर । झापामा हात्तीको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार हात्तीले छिमेकीको घर भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा हात्तीको आक्रमण्ले भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

Read More

काठमाडौ,२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा बढाए वायुसेवा कम्पनीहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । वायुसेवा कम्पनीहरुले यात्रुहरुसगँ एकैदिन र एकैसमयको उडानमा फरक भाडा लिदै आएका छन् । काठमाडौं विमानस्थलको ट्याक्सी वे मर्मत सम्भारका कारण दैनिक १० घण्टा विमानस्थल भइरहेकोले वायुसेवा कम्पनीहरुले त्यसको फाइदा उठाउँदै मनपरी भाडा बढाएको भन्दै यात्रुहरुको गुनासो छ । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई उनले निर्देशन दिए। उनले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताए। तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल…

Read More

भैरहवा,२ मंसिर। मुलुकका विभिन्न क्षेत्रमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू हुने जनाएको छ । आयोगका अनुसार सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको जनाएको छ । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।…

Read More

भैरहवा, ३० कार्तिक । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालमा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारको खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । बुटवल–११ क्रिकेट क्लबलाई ले ९५ रनले पराजित गर्दै देवदह विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि दीपक भण्डारीले नआउट ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै, अर्जुन रायमाझीले ३१, संकेत भट्टराईले २७ र कृतिमान ढकालले १५ रनको योगदान गरे । बलिङमा बुटवल ११ का दिवेश खातीले ३, सुदन श्रेष्ठ,…

Read More

भैरहवा, ३० कार्तिक । थारु समुदायहरुको राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन भैरहवामा हुने भएको छ । सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म भैरहवास्थित पटवा बैंक्वेटमा महाधिवेशन हुने जनाएको छ । ‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबार (भोली) देखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीले बताए । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने बताइएको छ । महाधिवेशनमा थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौं, उपत्यकासहित २६ जिल्ला र…

Read More