Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२० जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन्। सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार पूर्वाग्रही ढंगले अघि बढिरहेको आरोप लगाए। ‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला’,उनले भने,‘राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजक तन्त्र कति समयको पाहुना हो। लामो समय चल्न सक्दैन ।’ प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका उनले विभिन्न राजनीतिक शक्तिहरुको भूमिका र पछिल्ला घटनाक्रमलाई सही ढंगले बुझ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र संगठित बनाउने बनाउने दिशामा कार्यशाला केन्द्रित हुने बताए। साथै,…

Read More

बुटवल, २० जेठ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएपछि नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको छ। पार्टी स्रोतका अनुसार, रुपन्देहीका तुलसीप्रसाद चौधरी, गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे र बाँकेका रत्न खत्री मन्त्रीका लागि सिफारिस भएका छन्। खत्रीले यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका थिए। जस अनुसार मन्त्रीहरु भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले पदबाट राजीनामा दिएका हुन्। कांग्रेससँगको सत्ता साझेदारी र सरकार पुनर्गठनको तयारीबीच एमालेले मन्त्री…

Read More

भैरहवा,२० जेठ। सरकारले स्थलमार्ग सीमा नाकाबाट आवतजावत गर्दा एक सय रुपैयाँ भन्दा बढीको सामान महसुल विना ल्याउन वा लैजान नपाइने नियमको सीमा बढाएको छ।अर्थ मन्त्रालयले नयाँ नियम सार्वजनिक गर्दै यसअघि एक सय रुपैयाँसम्म कायम रहेको छुट सीमा बढाएर ५ सय रुपैयाँ पुर्‍याएको हो। राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ ।’ तर, स्थलमार्ग प्रयोग गर्ने यात्रुलाई हवाईमार्गबाट यात्रा गर्ने यात्रुसरहको सुविधा भने उपलब्ध गराइएको छैन। भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा भने आफ्नो प्रयोगका लागि लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार…

Read More

भैरहवा, २० जेठ । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरुले राजीनामा दिएका हुन्। मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए। तीमध्ये चार जना भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् । एमालेले सरकारमा रहेका पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ। नेकपा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कडेँलका अनुसार मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न अधिकार प्रत्यायोजन भएको बताए। कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि…

Read More

कुशीनगर, १९ जेठ । भारतको कुशीनगर जिल्लामा नेटवर्किङ कारोबारको नाममा नेपाली नागरिकलाई ठगी गरेको आरोपमा भारतीय प्रहरीले १० जनालाई पक्राउ गरेको छ । भारतको कुशीनगरका एसपी केशव कुमारका अनुसार, नेपाली नागरिकहरुलाई प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको हो । कुशीनगर प्रहरी, स्वाट टिम, सर्भिलान्स सेल र एसटीएफ गोरखपुरको संयुक्त टोलीले छापा मारेर ९ जना नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । रोजगारीको र आकर्षक आम्दानीको प्रलोभनमा पारेर त्यहाँ रहेका ४५३ जनालाई नेपाली नागरिकहरुको उद्दार गरेर शनिवार नेपाल ल्याइएको थियो। जसपश्चात यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि १९ जनामाथी अनुसन्धान जारी राखेको छ । पक्राउ…

Read More

बुटवल,१९ जेठ। बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ। पसलबाट करिब ८० तोला सुन तथा सुनका गरगहना चोरी भएको प्रारम्भिक अनुसन्धानमा पाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। पसल सञ्चालक पोखरा गएको र पसलको सीसीटीभी क्यामेरा बिग्रिएको अवस्थामा घटना भएकोले घटना शंकास्पद देखिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए। घटनाका आइतबार रातिको भएपनि संचालक दीपक सेन्चुरी पोखराबाट सोमबार साँझ बुटवल फर्किएपछि घटनाका सम्बन्धमा प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ। घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए।

Read More

काठमाडौं,१९ जेठ। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकले गरेका चारवटा प्रमुख निर्णय सार्वजनिक गरेका हुन्। प्रवक्ता पोखरेलका अनुसार, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अञ्जनीकुमार पोखरेललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु– –युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने । –सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने । –२०८२ साल भदौ २३ र…

Read More

काठमाडौं,१९ जेठ। सरकारले सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेललाई एआईजीमा बढुवा गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए। गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

Read More

भैरहवा, १९ जेठ । रुपन्देहीको भैरहवास्थित महिन्द्रा गाडीको विक्रेता समृद्धि इन्टरप्राइजेजबाट आफुहरु ठगिएको पीडितहरुले गुनासो गरेका छन्। पीडितहरुले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर समृद्धि इन्टरप्राइजेजले वर्षौ अघि गाडीको सम्पूर्ण रकम लिएर गाडी नामसारी नगरी ठगी गरेको बताएका छन्। थुप्रै व्यक्तिहरुलाई इन्टरप्राइजेजका संचालक दीपक श्रेष्ठले पैसा लिएर गाडी बेचेको तर नामसारी नगरी बिचल्लीमा पारेको उनीहरुको दावी छ । संचालकले विक्री गरेका गाडीहरुको भैरहवास्थित ग्लोबल आइएमई बैंकबाट ऋण लिएको उनीहरुको भनाई छ। ‘मैले ०८० कार्तिक १३ गते समृद्धि ईन्टरप्राईजेजलाई सबै रकम दिएर महिन्द्रा कम्पनीको बोलेरो पिकअप गाडी किनेको थिए, मैले बैंकबाट एक रुपैयाँ ऋण पनि लिएको छैन’, सिद्धार्थनगर नगरपालिका १० का गौतम…

Read More

काठमाडौं,१८ जेठ। विशेष अदालतले विद्युतीय चुरोट (भेप) भित्र सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले महरासँग एक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Read More