Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

मर्चवार,२४ बैशाख । रुपन्देहीको मर्चवारमा जबरजस्ती करणी (बलात्कार) प्रकरणमा श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयका आरोपी कर्मचारीलाई निलम्बित गरिएको छ । विद्यालयका सहायक लाइब्रेरियन विकास यादवले सोही विद्यालयमा अध्यनरत एक छात्रालाई जबरजस्ती करणी गरेको विषयमा प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि विद्यालय व्यवस्थापन समितिले यादवलाई निलम्बित गरेको हो । विद्यालय व्यवस्थापन समितिको ०८३ बैशाख २३ गतेको निर्णयअनुसार कर्मचारी यादवलाई निलम्बन गरिएको विद्यालयले कर्मचारी यादवको नाममा जारी गरेको पत्रमा उल्लेख छ । विद्यालयको आधिकारिक सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा भनिएको छ–‘इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीको च.नं. १२४१ मिति २०८३/०१/२२ गतेको पत्र अनुसार तपाई श्री विकाश यादवमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेकोले…

Read More

काठमाडौं,२४ बैशाख। अब संघीय संसद्मा पनि सांसदहरुको डिजिटिल हाजिरी हुने भएको छ । जसका लागि संघीय संसद् सचिवालयले सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ। यसअघि सांसदहरुको कागजी हाजिरी हुने गरेको थियो । संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरिएको संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अगामी बैशाख २८ गतेसम्म बायोमेट्रिक विवरण संकलन हुने र सांसदहरुको औपचारिक तस्बिरसमेत खिचिने भएकाले औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ।

Read More

भैरहवा,२४ बैशाख। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले रुपन्देहीका सीमावर्ती प्रहरी इकाइहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणका क्रममा उनले इलाका प्रहरी कार्यालय मझगावाँसहित प्रहरी चौकी बगौली, पाण्डे पिप्रहवा, मुडिला करौता र रोईनिहवा प्रहरी चौकीको अवस्था अवलोकन गर्दै सीमा सुरक्षा, अपराध न्यूनीकरण, खुला नाका तथा सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाबारे आवश्यक निर्देशन दिएका हुन्। साथै, प्रहरी कर्मचारीलाई अनुशासन, ड्युटी व्यवस्थापन, ट्राफिक सुरक्षाका सामग्रीको प्रयोग, सरसफाइ तथा भौतिक संरचनाको मर्मत–सम्भारलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। निरीक्षणका क्रममा नेपाल–भारत सीमा क्षेत्रको अवलोकन गर्दै भारतीय…

Read More

काठमाडौं, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफुले कुनै गल्ती नगरेको र आफुमाथी मिडिया ट्रायल भएको बताएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा संचारमन्त्री हुँदा खरेलले स्मार्ट टेलिकमसँग घटनामा रकम हिनामिना गरेको भन्दै समाचारहरु प्रकाशित भएपछि बिहीवार उनले सामाजिक संजालमा स्ट्याटस लेख्दै आपत्ति जनाएका छन् । उनले आफ्नो नाम जोडेर नियोजित रुपमा ‘फेक न्युज’ फैलाइएको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरुलाई आग्रह गरेका छन्। यस्तो छ उनको स्ट्याटस:

Read More

भैरहवा, २४ बैशाख । भारतबाट भन्सार छलेर भित्राइएको विभिन्न सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकाको विभिन्न स्थानबाट ३ लाख बढी मूल्य बराबरको कपडा, मोटरपार्टस, कुखुरा लगायतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, बरामद सामग्री आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय र भन्सार कार्यालय बेलहियामा पठाइएको छ ।

Read More

दाङ,२४ बैशाख। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ। स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार, बिहीवार बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव राम पराजुलीलाई सरुवा गरेको छ भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सचिव जानुका पण्डितलाई ल्याउने निर्णय गरेको छ । यस्तै, अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । बैठकले गुल्मी जिल्लास्थित इस्मा गाउँपालिकाको केन्द्र वडा नम्बर ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री सारुले जनाए । उनका अनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति…

Read More

काठमाडौं,२४ वैशाख। प्रहरीले जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको पातारासी गाउँपालिका–५ का ४१ वर्षीय वडाअध्यक्ष दत्त बहादुर बुढा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। जबरजस्ती करणी गरेको भन्ने महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले बढुालाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,२४ बैशाख। नेपालको स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ ।बिहीबार सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ। बुधबार ५ हजार ८०० रुपैयाँले बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार प्रतितोला सुन २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य वृद्धि भएसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। बुधबार सोही परिमाणको चाँदी ५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Read More

काठमाडौं,२३ बैशाख । सरकारले ११ सहसचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र अन्तर्गत कार्यरत सहसचिवहरुको सरुवा गरेको हो। सरुवा सूचीअनुसार ,प्रधानमन्त्री कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा पठाइएको छ भने सञ्चार मन्त्रालय अन्तर्गत रहेका आदेश खड्कालाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ। कसको सरुवा कहाँ ? हेर्नुहोस् सूची :

Read More

भैरहवा,२३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला–नगरतर्फको उपाध्यक्षमा भैरहवाका व्यवसायी कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार शर्माले ८७ मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित शर्मा सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको पूर्वअध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निवर्तमान अध्यक्ष हुन् । त्यस्तै महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ९ सय ७ मत प्राप्त गरी भैरहवाका युवा उद्यमी सुरज उप्रेती निर्वाचित भएका छन्।इन्जिनियर समेत रहेका उप्रेती रुपन्देहीमा होटल, रियल स्टेट, बैंक तथा बित्तीय संस्था, शिक्षण संस्था, खाद्यन्न लगायतका व्यवसायमा छन् । यस्तै प्रतिष्ठित औद्योगिक घराना पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ…

Read More