


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,९ बैशाख। गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै राख्ने भएका छन्। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएसँगै शाहले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।
कमल रायमाझीबर्दिया (राजापुर), ९ बैशाख। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बर्दियाको राजापुरमा निर्माणाधीन सेवा केन्द्र भवनबारे सामुदायिक स्तरमा छलफल कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघ परियोजना सेवा कार्यालय (यूएनओपीएस) को समन्वयमा नेपाल सरकार तथा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित “महिला उत्थानशील परियोजना” अन्तर्गत इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाको परिसरमा उक्त भवन निर्माण भइरहेको छ। निर्माणपूर्व चरण (प्री–कन्स्ट्रक्सन फेज) अन्तर्गत आयोजना गरिएको सामुदायिक परामर्श बैठकले भवनलाई थप व्यवस्थित, पहुँचयोग्य र सेवामुखी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने यूएनओपीएसले जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र सर्वसाधारणले सक्रिय सहभागिता जनाउँदै भवन निर्माणका विभिन्न पक्षमा सुझाव दिएका थिए। सहभागीहरुले…
काठमाडौं, ९ बैशाख। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनले अहिले केही समयका लागि धक्का खेपेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालैको निर्वाचनमा नेकपाले कहाँ कमजोरी गर्यो भन्ने विषयमा वस्तुनिष्ठ मूल्याङ्कन आवश्यक रहेको बताए। उनले निर्वाचन परिणामलाई आत्मसमीक्षा गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा राखे। पूर्व प्रधानमन्त्री प्रचण्डले लामो समय सत्तामा रहँदा पार्टीभित्र विभिन्न कमजोरी र विकृति जम्मा भएको स्वीकार गर्दै अहिलेको परिणामले ती “फोहोरमैला” हटाउने मौका दिएको उल्लेख गरे। उनले अहिले नेकपालाई जनताले घृणा गरेको नभई, नुहाइधुहाइ गरेर सफा भएर आउ भनेर सबक मात्र सिकाएको बताए । उनले यो अवस्थालाई पार्टी शुद्धीकरण…
काठमाडौं,९ बैशाख। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायी दीपक भट्टसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोपपछि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा राजीनामा दिएको बताएका छन् । स्ट्याट्समामा उनले ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन’ भन्दै सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्व अनिवार्य भएको उल्लेख गरेका छन्। उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन जेड आन्दोलनले पनि सार्वजनिक नेतृत्व स्वच्छ हुनुपर्ने सन्देश दिएको बताएका छन्। उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष…
काठमाडौं,९ वैशाख। खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मेवारी प्रदेश र स्थानीय तह दिइएको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ अनुसार बजार अनुगमनमा प्रदेश र स्थानीय तहलाई सक्रिय बनाउने तयारी गरेको हो । जसअनुसार प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र र स्थानीय तहहरुले आफ्नो पालिका क्षेत्रमा बिक्री हुने खाद्य पदार्थको गुणस्तर परीक्षण तथा नियमन गर्नेछन् । मन्त्रालयका अनुसार यस कदमले उपभोक्ताको स्वास्थ्य अधिकारलाई स्थानीय तहबाटै सुनिश्चित गर्ने लक्ष्य राखेको छ । साथै, उक्त अधिकार कार्यान्वयनका लागि स्थानीय तहहरुले आफ्नै कानुनी व्यवस्था अनुसार खाद्य निरीक्षक नियुक्त गर्न सक्नेछन्। आवश्यक योग्यता पुगेका व्यक्तिलाई खाद्य…
पछिल्लो केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ। तराईका जिल्लामा तातो हावाको लहर (लू) चल्न थालेको छ। के हो ‘लू’ ? अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजनाका अनुसार अत्यधिक गर्मीका कारण सिर्जना हुने मौसमी अवस्थालाई तातो हावाको लहर (लू) भनिन्छ। नेपालको सङ्घीय तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा यसलाई ‘तातो हावाको लहर’ भनेर उल्लेख गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चैतदेखि भदौ महिनासम्मको अवधिमा तापक्रमका आधारमा तातो दिनहरु छुट्याइन्छन् । अधिकतम तापक्रम विगत ३० वर्षको ९० प्रतिशतभन्दा माथि पुगेमा त्यसलाई तातो दिन भनिन्छ।…
काठमाडौं,८ बैशाख। मौसम पूर्वानुमान महाशाखाले वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। यस अवधिमा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार,रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, बाँके, दाङ, बर्दिया,कञ्चनपुर, कैलाली, डोटी जिल्लाहरूमा तातो लहर चल्ने सम्भावना छ। जल तथा मौसम विज्ञानले आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जनाएको छ। भैरहवामा ४४ डिग्री, धनगढी र नेपालगञ्जमा ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । त्यस्तै मधेश प्रदेशका सबै भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका…
काठमाडौं,८ बैशाख। नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले घण्टी चुनाव चिन्हमा भोट हाल्नेहरूलाई क्षमापूजा गर्न सुझाएका छन्। रास्वपा नेतृत्वको सरकारका मन्त्रीहरु विवादमा पर्दै गएपछि उनले यस्ता कटाक्ष गरेका हुन्। मंगलबार सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘फाटेको जालोले छेकेको छेके पनि छर्लङ्ग देखेको हेर नेपाली हो-घण्टीमा भोट दिएकाले क्षमापूजा गर हो !’
काठमाडौं,८ बैशाख। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरुलाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक नबोकाउन निर्देशन दिएको छ। सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन जारी गर्दै केन्द्रले सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक, पाठ्यपुस्तक, स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको हो । केन्द्रले जारी गरेको परिपत्रमा केही निजी प्रकाशकहरुले कानुनको उल्लङ्घन गर्दै बढी मूल्य तोकेको, न्यून गुणस्तरको कागज प्रयोग गरेको र पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नलिई पाठ्यपुस्तक बिक्री गरिरहेको गुनासो प्राप्त भएको उल्लेख छ। नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त आर्थिक बोझ नदिन केन्द्रले निर्देशन दिएको छ । केन्द्रले स्थानीय…
काठमाडौं,८ बैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ-नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिए। ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई तीन पटक सुनिरहिन्छ । घरि के घरि के भनेर,’ उनले सुझाव दिँदै भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’