Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले रुपन्देहीको बुटवल स्वास्थ्यको हब बन्दै गएको बताएका छन् । उनले शिक्षासँगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हब बन्दै गएको बताएका हुन् । बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै उनले अब बुटवलवाट बिरामी अन्यत्र जान नपर्ने बताए । निजी क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि.सबै हिसाबले उपयुक्त बनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नुपर्ने उनले बताए । उनले बुटवल हस्पिटल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताए । बुटवलवाट रिफर भएर भारत तथा काठमाडौं जाने बिरामीहरुले धेरै दुःख र हैरानीका साथै ठगिएको गुनासो आउने गरेको उनको भनाइ छ । उक्त…

Read More

भैरहवा,२४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पनि उडानको सुरुवात गरेको छ । शनिवार दिउँसो २:३५ बजे १५९ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको फ्लाई दुबलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो । १५९ मध्ये १० जना भैरहवा ओर्लिएको र पुन बाँकी १४९ यात्रुसहित उक्त विमान भैरहवाबाट काठमाडौं प्रस्थान गरेको र त्यहाँबाट दुबई जाने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । फ्लाई दुबईको उडान भोली आईतबारको भएतापनि एकदिन अघि शनिवार नै उडान गर्दा विमानले भैरहवाबाट यात्रु नपाएको बताईएको छ । विमानस्थलबाट शनिवारदेखि एकैदिन नेपाल एयरलाइन्स, जजिरा एयरवेज र…

Read More

भैरहवा, २४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात गरेको छ । विमानस्थल संचालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले शनिवार देखि पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ । शनिवार बिहान ७ः४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । विमानस्थलमा अवतरण भएको जजिराको पानीको फोहोराले स्वागत गरिएको थियो । जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३०…

Read More

भैरहवा, २३ कार्तिक । थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एशियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ । एयर एशियाको यो नियमित उडान हो । यस अघि कार्तिक १८ गते सर्वसाधरण यात्रु बिहिन आएर गएको उक्त विमान शुक्रवार यात्रु सहित आएको र गएको छ । शुक्रवार दिउँसोमा १२ः३० बजेमा सात यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट ३२ जना यात्रु लिएर १ः१० बजे बैंकक प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले बताए । उनका अनुसार विमानमा आएका सात जना विदेशी र यहाँबाट जाने ३२ जना नेपाली नागरिक थिए । थाई एयर एशियाले भैरहवा विमानस्थलबाट सातामा…

Read More

दाङ, २३ कार्तिक । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ । प्रदेशको आर्थिक विकासलाई नयाँ उचाईमा पुर्‍याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ। स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ । ‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तीव्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’ स्वास्थ्य…

Read More

भैरहवा,२३ कार्तिक ।रुपन्देहीमा भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएको चिनी बरामद भएपछि सशस्त्र प्रहरी र कर्मचारी माथी ढुंगामुढा भएको छ । ढुंगामुढाले सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन् । बिहीवार राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल राजस्व प्रहरी ईकाई बुटवलबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना गाउँको ३२ वर्षीय दिलिप लोधको घरमा अवैध रुपमा भण्डारण गरिएको १ सय १२ बोरा चिनी बरामद गरेको थियो । चिनी बरामद गरेर फर्किने क्रममा करिब २०० जना स्थानीयहरुले बाटो अवरोध गरेर चिनी लुटपाट गर्नका लागि सशस्त्र प्रहरी र कर्मचारीमाथी ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हेडक्वाटर…

Read More

सलमान खान भैरहवा, २३ कार्तिक । रुपन्देहीको भैरहवा स्थित गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान भएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडान तालिका समेत बुझाइसकेका छन् । टिकट बुकिङ समेत खुला छ । भैरहवाको भविष्यसँग जोडिएको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले सेवाप्रदान गर्ने खबरले यस क्षेत्रका नागरिक हर्षित छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । यसमध्ये एयर एशियाले…

Read More

भैरहवा,२२ कार्तिक । नेपालको स्थानीय बजारमा तिहारअघि सम्म उकालो लाग्दै सुनको मूल्य तिहार पछि निरन्तर ओरालो लाग्दै गएको छ । बिहीवार सुन प्रतितोला चार हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको बिहीवार प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बिहीवार चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

मर्चवार,२२ कार्तिक । रुपन्देहीको मर्चवार क्षेत्रका युवाहरुले मर्चवारीदेवी मन्दिर परिसरमा सरसफाई गरी मन्दिर समितिलाई विभिन्न सामान हस्तान्तरण गरेका छन् । मर्चवारीदेवी मन्दिर परिसरमा रहेको हनुमान मुर्तीमा रंगरोगन गर्ने आवश्यक देखिएपछि कोटहीमाई गाउँपालिका-६ नकहियाका युवा शिवदास गुप्ताले सामाजिक संजाल मार्फत आर्थिक संकलनका लागि अभियान चलाएका थिए । तर, मुर्ती रंगरोगन अर्कै निकायबाट हुने भएपछि संकिलत रकमले मन्दिर समितिलाई आवश्यक विभिन्न साम्रगी हस्तान्तरण गरिएको उनले बताए । कोटहीमाई गाउँपालिकाका कर्मचारी समेत रहेका गुप्ताले सामाजिक भावले आएको रकम सामाजिक कार्यमा नै लगाएको बताए । उनका अनुसार मर्चवारका युवाहरुको उपस्थितीमा बुधवार मन्दिर परिसरमा सरसफाई गरी २० थान डस्टबिन, फोहोर संकलनका लागि ४० थान बोरा…

Read More

भैरहवा, २२ कार्तिक । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्ध विद्वानहरूलाई बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरेका छन् । भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा भएको प्रथम एसियन बुद्धिस्ट समिट २०२४ लाई सम्बोधन गर्दै डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्न आफूहरु सधैँ तयार रहेको बताएका हुन् । उनले एसियन बुद्धिस्ट समिटजस्ता कार्यक्रमहरुले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्परागतहरूको बारेमा छलफल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । बौद्ध शिक्षाको माध्यमबाट एसियालाई विकसित बनाउन सकिने धारणा व्यक्त गर्दै बुद्ध मार्गले कला, साहित्य, वस्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोडेको उनले जनाए। एसियाली मुलुकहरूमा बुद्ध…

Read More