Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ७ कार्तिक। भैरहवा क्षेत्रमामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख एवं प्रहरी निरीक्षक नेत्र बुढाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका-८ बसडिलवाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुको साथबाट ९० हजार रुपैयाँ र तास बरामद भएको प्रहरी निरीक्षक बुढाले बताए। पक्राउ परेका व्यक्तिहरुको उपर जुवा ऐन अन्र्तगत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,७ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको गठनबन्धनको बैठकले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएकाले प्रश्न उठाउनु उचित नहुने निष्कर्ष निकालेको हो । ‘छानबिनमाथि प्रश्न उठाउने कुरा नैतिक रुपमा उचित कुरा होइन् । छानबिनको न्याय निरुपणमा आफ्नो विधि र प्रक्रिया हुन्छ’, बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘छानबिनको प्रक्रिया अघि बढिरहेका बेला सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित होइन…

Read More

भैरहवा, ७ कार्तिक। नेपाली कांग्रेस सिद्धार्थनगर समितिले प्रथम नगर क्रियाशिल भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । पार्टीले कार्तिक १० गते शनिवार हुने नगर भेलाको पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्घाटन गर्ने नगर सभापति कोसिस बहादुर खड्काले जानकारी दिए । भेलामा नगरमा रहेका १६ सय बढी क्रियाशिल सदस्य, भातृ एवं शुभेच्छुक संस्था, वडा सभापती लगायत सबै कांग्रेसप्रती आस्थावानहरुलाई सहभागी गराउने गरी तयारी गरिएको उनले बताए । उक्त भेलामा पूर्वनगर सभापतिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । विजया दशमी, शुभ दिपावली, छठ् पर्व र नेपाल सम्बतको अवसरमा कार्यक्रमको आयोजना गर्न लागिएको पार्टीले जनाएको छ।…

Read More

दाङ,७ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । पाँच वटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरी संगको भेटमा मुख्यमन्त्री आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताएका हुन्। ‘लुम्बिनी प्रदेशको नाम चिनाउन यहाँले गर्नुभएको मेहनत र परिश्रमको प्रदेश सरकारले उच्च प्रशंसा गर्दछ । आगामी दिनमा थप विधामा रेकर्ड बनाउनेगरी आफ्नो भूमिका बढाउनु होला’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय छ। युवा र खेलकुद क्षेत्रको विषय सोही मन्त्रालयले हेर्नेछ ।’ मुख्यमन्त्री संगको भेटमा गिरीले आफुले विभिन्न पाँच वटा विधामा विश्व रेकर्ड राख्न सफल भएको जानकारी गराएका…

Read More

भैरहवा, ७ कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही–११ नेपाल र भारतको लाइफ केयर क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन्। नेक्ससले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी माथि ७ विकेट र भारतको लाइफ केयरले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई १ सय १४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्। पहिलो खेलमा जितका लागि पाएको १ सय २१ रनको लक्ष्य नेक्ससले १७ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो । नेक्ससको जितमा शंकर रानाले ३७, मिर्नाल गुरुङले २६, आकाश त्रिपाठीले अविजित १९, विपिन विक्रम शाहीले १६ र वसिर अहमदले नटआउट १५ रनको…

Read More

भैरहवा,६ कार्तिक। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको छ। सोमबार प्रहरीले ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भित्राइएको तीस वटा आईफोन ब्राण्डका मोबाइलसहित विभिन्न सामग्री बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी लक्ष्मी खनालका अनुसार चेकजाँचको क्रममा एघार लाख ५१ हजार बढी मूल्य बराबरको मोबाइलसहित ७० जोर जुत्ता, आठ कार्टुन चकलेट, चार बोरा बुकि पेपर र ७० किलो ताजा फुल तथा फुलका विरुवाहरु बरामद भएको छ। बरामद साम्रगीहरु आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं, ६ कार्तिक। आर्थिक लेनदेनमा मुछिएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएपछि त्यहाँ रहेको घुमुवाहरु पनि अनुसन्धानमा तानिएका छन्। एसपी कार्कीलाई प्रहरी हेडक्वाटरमा तानेर एसपी राजन लिम्बुको मोरङमा काज सरुवा गरिएको थियो। तर, नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले लिम्बुको नामलाई लिएर असन्तुष्टि जनाएपछि उनको काज सरुवा रद्द गरेर मोरङमा एसपी नारायण प्रसाद चिमोरियालाई पठाइएको छ। मोरङमा प्रहरी सेटिङमै तस्करी र जुवा गतिविधि भएको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, हवल्दार खगेन्द्र राउत रसहायक हवल्दार सरोज श्रेष्ठलाई प्रदेशमा तानेर छानबिन प्रक्रिया अघि बढाएको छ। घुमुवा प्रहरीका रुपमा खटिँदै आएका चारै…

Read More

भैरहवा, ६ कार्तिक। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन सम्बन्धी कसुर मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई बयानका लागि भैरहवा ल्याइएको छ। कास्की प्रहरीको नियन्त्रणमा रहेका जोशीलाई बयानका लागि कास्कीबाट भैरहवा ल्याइएको हो। जोशीसगँ सोमबार नै केही समय बयान लिइएको थियो। र, आज मंगलबार पनि बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन्। ‘सम्भवतःमंगलबार उहाँ (जोशी) को बयान सकेर पोखरा नै पठाउन सकिने सम्भावना छ’, उनले भनिन् । जोशीको जिल्ला सरकारी वकिल कार्यालयमा बयान हुनेछ। सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको…

Read More

खोटाङ,६ कार्तिक। खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरी भन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई पुरस्कार दिने भएको छ। नगरपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि परम्परगत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत पुरस्कार दिने भएको हो । प्रोत्साहन स्वरुप किसानलाई रकम उपलब्ध गराइनेछ। सुक्खाग्रस्त क्षेत्रको उक्त नगरपालिका मात्रै बदामखेती हुने गर्दछ । जसलाई प्रवद्र्धनका लागि नगरपालिकाले योजनाले ल्याएको हो। नगरपालिकाले पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी पाँच सयका दरले दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप तीन सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जनाएको छ। नगरपालिका क्षेत्रमा उत्पादन हुने बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने…

Read More

भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको अनमोल नामको भैंसीको मूल्य थाहा पाउनुभयो भने पत्याउनै गाह्रो पर्छ ? मुर्रा जातको यो भैंसी २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन् । तर, पलविन्दर भने अनमोललाई बेच्न तयार छैनन् । यहाँ कुरा केवल एउटा भैंसीको मात्र होइन । कुनै पनि प्रजातिका जीवमा जब कुनै एउटा जीव वा उसका कोही उपप्रजाति अब्बल हुन्छन् भन्ने त्यसको माग उच्च रहन्छ । मुर्रा भैंसीको हकमा पनि यही लागू हुन्छ । आम रुपमा मुर्रा भैंसीको मूल्य एक डेढ लाखसम्म पर्न सक्दछ । तर, अनमोल नामको…

Read More