Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२४असोज। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउनका लागि उद्योगहरुलाई अनुरोध गरेको छ । बिहिवार प्राधिकरणले ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन अनुरोध गरेको हो। तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने विद्युत् प्राधिकरणले जनाएको छ। ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६१-०१-२७ को निर्णय तथा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१-०४-०७ को ९७९ औं बैठकको निर्णयानुसार डेडिकेटेड फिडर तथा ट्रक लाइन मार्फत विद्युत उपभोग गरे बापत तिर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाख सम्मको बक्यौता विद्युत महसुल बुझाउनका लागि वितरण केन्द्रहरूबाट विभिन्न मितिमा पत्राचार भएकै छ’ सूचनामा भनिएको छ, ‘सो सम्बन्धमा तपसिलका…

Read More

गोरखा,२४असोज। गोरखामा एक महिलाको हत्या गरिएको छ । पालुङ्टार नगरपालिका-७ पुर्ने पिपलस्थित घरमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी २८ वर्षीया रश्मि कुमालको हत्या गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापश्चात उपचारका लागि लक्ष्मी सामुदायिक अस्पतला हुँदै दमौली अस्पताल लैजादा चिक्तिसकले मृत घोषणा गरेको हो। घटनामा मृतककै आफन्त संग्लन रहेको प्रराम्भिक अनुसन्धानमा पाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

Read More

भैरहवा, २४ असोज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद जमुना ढकाल नियुक्त भएकी छन् । दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बुधबार दलको ढकाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतक रहेका बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सिनाले साउन २१ गते राजीनामा दिएपछि रिक्त उक्त पदमा ढकाललाई नियुक्त गरिएको हो । भदौ ३१ गते दल सचेतक निमा गिरीले पनि राजीनामा दिएकी छन् । रिक्त रहेको सचेतक पदमा पनि दशैलगत्तै अर्को सांसदलाई नियुक्त गरिने दलका नेता चौधरीले बताए । समानुपातिकतर्फ निर्वाचित रुपन्देहीकी ढकाल कांग्रेस कांग्रेस संस्थापन पक्षकी हुन् । सरकारमा सहभागी कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद…

Read More

दाङ, २४ असोज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले दुईवटा विधेयक प्रमाणिकरण र दुईवटा विधेयक फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि प्राप्त भएका दुईवटा विधेयक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका प्रदेश प्रमुखले दुई विधेयक भने प्रमाणीकरण गरेका हुन् । प्रदेश निजामती सेवा ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचारको लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले जनाए। प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरु…

Read More

भैरहवा,२३असोज। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको आकांक्षा पुरा नहुँदा आफुहरुको बेचैनी बढाएको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताएका हुन् । शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले…

Read More

भैरहवा,२३ असोज। नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट भएको तीन जनाको सरुवामा प्रदेश समन्वय विभागमा कार्यरत सन्जीव शर्मा दासलाई भारतको दिल्लीस्थित नेपाली दूतावासमा पठाइएको छ । दिल्ली दूतावासमा रहेका एसएसपी उमाप्रसाद चतुर्वेदीलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा ल्याइएको छ भने प्रधान कार्यालयको कार्य विभागमा कार्यरत एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा सरुवा गरिएको छ ।

Read More

पाल्पा, २३ असोज । पाल्पाको डुम्रेमा सवारी दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरी रहेको प्रहरीले जनाएको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले र सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठकुरी उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । साथै, मोटरसाइकलमा सवार घाइते भएका रामपुर–१ हाँगेपिपलका प्रवीण ठकुरी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा,२३असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले समाजको समस्या लिएर भेट्न आएका विद्यार्थीहरुलाई टिका र खादा लगाएर सम्मान गरेका छन् । साथै, उनले विद्यार्थीहरुले अवगत गराएको समस्याबारे तत्काल समाधान गर्न निर्देशन दिएका छन् । विद्यार्थीहरुले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २, मेउडिहवा स्थित जिसी पथमा कुलोको पानीका कारण सडकको अवस्थाका खराब भएकोले सडक र नाला निर्माण र तत्काल समस्या समाधानका लागि नदीजन्य पदार्थ खसाल्न मेयर समक्ष निवेदन लिएर पुगेका थिए । कक्षा ५ मा अध्ययनरत अनिल गुप्ता र ८ मा अध्ययनरत राजिव गुप्ताले राखेको उक्त गुनासो उपर उनले तत्काल कार्यवाही गर्दै समस्या समाधानका लागि सम्बन्धित शाखालाई निर्देशन दिए…

Read More

भैरहवा,२२ असोज। नेपाल एयरलाइन्सले ए-३२० न्यारोबडी विमान मार्फत काठमाडौं-भैरहवा उद्दार उडान गर्ने जनाएसँगै उडानको सबै टिकट बिक्री भएको छ । अविरल वर्षाका काण आएको बाढी,पहिरोले राजमार्गमा क्षति हुदाँ काठमाडौं आवगमनमा समस्या र दसैं पर्वमा आवगमनमा सहजताका लागि फुलपाती (असोज २४ गते) का दिन काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गरिने नेपाल वायुसेवा निगमले जनाएको थियो । निगमले भैरहवा उडानका लागि सोमबार टिकट बुकिङ खुल्ला गरेलग्त्तै ७० वटा टिकट विक्री भएपछि राति बुकिङ बन्द गरेर मंगलबार बिहान खोलेको थियो । मंगलबार बिहान बुकिङ खुलाएको केही समयमै बाँकी टिकट बिक्री भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । भैरहवा उडान गर्न लागेको विमान १५८ सिटको हो…

Read More

भैरहवा,२२असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More