


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
मर्चवार, ९ कार्तिक । मर्चवार आदर्श बहुमुखी क्याम्पसको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई–५ मझगावाँ स्थित उक्त क्याम्पसले एक कार्यक्रमका बिच आर्थिक वर्ष २०८०/०८१ को खर्च-आम्दानी सहित गरिएको विभिन्न गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा रुपन्देही जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीले मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारको शैक्षिक धरोहरको रुपमा रहेको बताए । मर्चवार क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसलाई संरक्षण गर्न सबैलाई आग्रह गरेका थिए । उनले भने ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन मर्चवार आदर्श बहुमुखी क्याम्पसले प्रभावकारी…
भैरहवा,८ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ । बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायधिश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले क्लिक लुम्बिनीलाई जानकारी दिए। उनका अनुसार सभापति लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो । अदालतको अनुमित दिएसँगै कास्की प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ ।…
सिमरा, ८ कार्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ। बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस लिएको अवस्थामा निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कलैया उपमहानगरपालिका-४ बाट घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए। पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि हेटौंडा लैजाने तयारी भइरहेको सूचना अधिकारी गौतमले बताए।
दाङ, ८ कार्तिक। नबालिकालाई जबरजस्ती करणीको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका दुई जना सुरक्षाकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सशस्त्र प्रहरी बल, नेपाल २९ नम्बर ज्वालामाई गण, दाङमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर रहेको प्रहरीले जनाएको छ। गत असोज २४ गते पिङ खेल्न आएको एक जना ८ वर्षीया नाबालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप छ । बलात्कारको आरोपपछि सशस्त्र प्रहरीले नै दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।
काठमाडौं, ८ कार्तिक । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बिहीबार बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ । अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औं…
भैरहवा, ८ कार्तिक। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले नगर क्षेत्रमा रहेका औषधि पसल, मेडिकल हल लगायतमा अनुगमन गरेको छ । नगरपालिका कार्यालयले बिहीबार भैरहवास्थित बैंकरोड र भीम अस्पताल क्षेत्रमा रहेका औषधि पसल, ल्याब तथा मेडिकल हलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश मोडिकलजन्य पसलहरुले नगरपालिका कार्यालयमा नवीकरण नगरेको पाइएको थियो । त्यस्ता पसलहरुलाई पहिलोपटकका लागि तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा कारवाही गरिने सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिको संयोजक उमा अधिकारीले जानकारी दिइन् । त्यस्तै म्याद गुज्रिएको औषधिहरु छुट्टै राख्नुुपर्ने, ल्याबहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधि विक्रीको अनिवार्य रुपमा बिल काट्नुुपर्ने लगायतका सुुझावहरु दिइएको नगरपालिका कार्यालयको स्वास्थ्य शाखा…
भैरहवा,८ कार्तिक। लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। बिहीवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन्। तीन जनामध्ये दुई नेपाली कांग्रेसबाट र एक जना जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका हुन्। नेपाली कांग्रेसबाट बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र जनता समाजवादी पार्टीबाट बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन्। लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन । युवा तथा खेलकुद मन्त्रालयमा…
भैरहवा,७कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खेलमा अली हुसेनको सम्हालिएको ब्याटिङ र समोनको उत्कृष्ट बलिङमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ । जावेद गोहारले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ४७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो । पाकिस्तानसँग पराजित भएसँगै श्रीलंकन टिम भने प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो खेलमा दुई खेलाडीको अर्धशतकको मद्दतमा भारतको लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ६३ रनको सहज जित निकाल्यो । यी दुबै टीम यसअघि नै सेमिफाइनल पुगिसकेका छन्…
नुवाकोट, ७ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताएका छन् । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको सम्बोधन गर्दै उनले तोकिएको मितिमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे। उनले पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमा दिन र आनकानी नगर्न पनि आग्रह गरे । डा. महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्न नसकेकोप्रति इंगित गर्दै भने, ‘बर्षामान पुन जी अर्थमन्त्री र हितबहादुर जी पर्यटन मन्त्री बन्नुभयो,…
बर्दिया, ७ कार्तिक। बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ। ‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनले स्थानिय रोजगार रणनीति निर्माण गर्ने बताइएको छ। बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यमशिलतामा जोड्नेगरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकार संग समन्वय गर्ने बताए। ‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ। स्वदेशमै उद्यमशिलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उनले भने,‘सिप सिकाउने र उद्यमशिलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं। म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना…